logo

पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै

रासस

पाल्पा, कात्तिक २६

तानसेनस्थित शीतलपाटीमा रहेको राणकालीन मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत कला र कौशल प्रयोग गरी निर्माण गरिएको मूल ढोकाप्रति तानसेन घुम्न आउने पर्यटक आकर्षित हुन्छन् । तस्बिर खिच्नेको भीड लाग्ने यो ढोका सबैलाई लागि हेर्न लायक सम्पदा बनेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको चासोका साथ मूल ढोका अवलोकन र तस्बिर लिनकै लागि अहिले यहाँ निकै चहलपहल बढेको स्थानीय बासिन्दा तीर्थप्रसाद गौतमले बताउनुभयो । काष्ठकलाका भरपूर नमूना रहेको सो ढोका हेर्नका लागि दैनिक एक सयदेखि पाँच सयसम्म पर्यटक आउने गर्दछन् ।

यो मूल ढोका दक्षिण एसियाकै ठूलो काठकोे ढोका रहेको पाल्पालीको दाबी छ । तात्कालिन प्रधानमन्त्री जंगबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा विसं १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएको बताइन्छ । सुरक्षा नीतिअनुसार नै दरबार क्षेत्रमा ढोका बनाएको हुनसक्छ ।

अहिले सो ढोकाभित्र पाल्पा दरबार संग्रहालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, अनुसन्धान कार्यालय र विद्युत् प्राधिकरण छन् । पुराना बस्तुको अवलोकन गर्ने परिपाटीको विकास भएकाले पाल्पाका रानीमहल, मूल ढोका, भैरवमन्दिर र करुवा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको होटल व्यवसायी बताउछन् ।

ढोकाको संरक्षण वा पुनःनिर्माणमा ध्यान पुग्न नसक्दा जीर्ण भई भत्कनसक्ने खतरा छ । पाल्पामा ऐतिहासिक सम्पदा रहेपनि त्यसको संरक्षण हुननसक्दा पाल्पा ओझेलमा परेको होटल व्यवसायी जीवलाल सुवेदीले बताउनुभयो । पर्यटकीय महत्वको ढोका संरक्षण गर्नुआवश्यक भएपनि खासै पहल हुननसकेको होटल उहाँको गुनासो थियो ।

विसं.२०६२ माघ १८ गने तत्कालीन माओवादीको पाल्पा दरबार आक्रमणमा मूल ढोकासमेत जलेको थियो । टालटुल गरेर निर्माण गरिएको मूलढोकालाई तानसेन गुठीले रंगरोगन गरेर ढोकाको ऐतिहासिक महत्वबारे जानकारी समेटिएको बोर्ड राखेका कारण यसको महत्व झनै बढेको हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

केएल मोबाइल मेलाको समय थप छ मोडलमा एउटा किन्दा अर्को सित्तैमा

चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हबले सञ्चालन गरेको अफरभित्रको अफरसहितको मोबाइल मेलामा ग्राहकहरुको...

गोंगबुको बिजीमलमा सामसुङ मोबाइलको नयाँ सर्भिस सेन्टर

सामसुङ नेपालले हालै काठमाडौंको गोंगबुस्थित बिजीमलमा आफ्नो आधिकारिक सर्भिस सेन्टर शुभारम्भ गरेको छ । बिजीमलमा...

वीरगञ्जमा सुजुकीको सुविधाजनक सर्भिस सेन्टर

सुजुकीका चार पाङ्ग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

करको सकसमा सङ्घीयता

‘गाउँ–गाउँमा सिहंदरबार’ को नारा स्थानीय तह निर्वाचनको बेला जोडतोडले उठेको थियो । मुलुकमा अहिले अर्को कहर...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै