logo

कुखुरापालनबाट मनग्य आम्दानी

रासस

तेह्रथुम, कात्तिक २६

जिल्लाबाट वर्षेनी युवा रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ । परदेशमा मनग्य कमाइ हुन्छ भन्ने सोच सबैमा देखिन्छ । विदेशमा नेपालमा भन्दा दुःखकष्ट बढी भोग्नुपर्छ । तर विदेशको जस्तो दुःखकष्ट आफ्नै देशमा भोगेपछि नेपालमै कमाउन सकिन्छ भनेर फर्किने पनि भेटिन्छन् । स्वदेश फर्किएपछि उनीहरुले घरैमा बसेर लाखौँ रुपैयाँ आम्दानी गरेका छन् ।

तिनै युवामध्ये एक हुनुहुन्छ छथर गाउँपालिका–५, ओख्रका ३१ वर्षीय लिलम बुढाथोकी । मनग्य कमाउने सोचले अलिअलि भएको पैसा पनि म्यानपावरलाई बुझाएर कहिले कतार त कहिले मलेसिया पुगेका बुढाथोकीले छवर्ष विदेशमा बिताउनुभयो । पछि स्वदेशमै केही गर्ने सोचले फर्किनुभयो । अहिले उहाँले व्यावसायिक कुखुरापालनलाई आम्दानीको स्रोत बनाउनुभएको छ ।

चार वर्षदेखि कुखुरा फार्म खोलेर व्यावसायिक बन्नुभएका बुढाथोकीले सात सयभन्दा बढी कुखुरा पाल्नुभएको छ । शुरुवातमा रु ५० हजारमा कुखुरापालन व्यवसाय शुरु गर्नुभएका उहाँले मासिक रु ३५ हजार बचत गर्नुहुन्छ । व्यवसायमा लगानी पनि बढ्दो छ । विसं २०५८ मा १० कक्षा उत्तीर्ण गरेपछि उहाँ प्राविधिक सीपकोे खोजीमा मोरङ झर्नुभयो । उर्लाबारीमा ६ महिना बिजुली सम्बन्धि तालिम लिनुभयो ।

“परिवारबाट टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन,” उहाँले भन्नुभयो । गाउँ/गाउँमा फ्रेस हाउस खुलेपछि उहाँलाई बजारको कुनै समस्या छैन । ओख्रे बजारमा बुढाथोकीको आफ्नै फ्रेस हाउस समेत छ । अहिले फार्ममा रु पाँच लाखभन्दा बढी लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानी बैंकमा रु तीन लाख बचत गर्नुभएको छ । व्यवसायबाटै उहाँ ऋणमुक्त हुनुभएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चार टन बीउ वितरण

रङ्गेली नगरपालिकाले तरकारी खेतीअन्तर्गत चार टन ओलको तरकारी बीउ किसानलाई वितरण गरेको छ...

सहकारी शिक्षा तथा लेखासम्बन्धी एक दिने तालिम

रुपन्देहीको तिलोत्तमा नगरपालिको १४ को वनकट्टीमा अवस्थित महिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने...

सहकारी शिक्षा तथा लेखासम्बन्धी एक दिने तालिम

रुपन्देहीको तिलोत्तमा नगरपालिको १४ को वनकट्टीमा अवस्थित महिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै