logo

प्रविधिले खोस्यो रोजगार

रासस

ताप्लेजुङ , कात्तिक २५

“पहिले आराले काठ काटेर घरखर्च जुटाइन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो” सिरिजंघा– ७ का धनबहादुर सार्कीले भन्नुभयोे । काम गर्नसक्ने उमेरदेखि नै काठ काटेर गुजारा चलाउँदै आउनुभएका सार्कीको घरमा अहिले खिया लागेको अवस्थामा काठ चिर्ने आरा झुण्डिएको छ । दुई/तीन वर्षअघिसम्म उक्त आरा उहाँको काँधमा हुन्थ्यो । सार्की घरदेखि एक दिनको पैदलदुरीमा समेत काँधमा आरा बोकेर काठ काट्न हिँड्ने गर्नुहुन्थ्यो ।

यता सोही ठाउँकै भीम लिम्बू भन्नुहुन्छ–“त्यो समयमा काठ काटेरै कमाएको पैसाले घर बनाइयो, जस्तापाताले घरको छाना ओढाइयो अहिले आराले काठ काट्ने जमाना हरायो । हातमा भएको सीप प्रयोग गर्न नपाउँदा पैसा कमाइ गर्ने बाटो नै बन्द छ ।” सिदिंवा गाउँपालिकाका दलबहादुर मरातीको कुरा पनि उस्तै छ । “अहिले गाउँगाउँमा काठ चिर्ने मेसिन चलाउन थाले, हाम्रो आरा घरमै थन्कियो,” मराती भन्नुहुन्छ । उनीहरुले काठ काटेरै महिनामा रु १५ हजारदेखि रु २० हजारसम्मको कमाइ गर्थे ।

यि तीनजना आरावाल त उदारण मात्रै हुनुहुन्छ । आराले काठ काट्ने सीपबाट नै गुजारा गरिरहेका पहाडी क्षेत्रका सयौँ मजदुरको रोजगार काठ चिर्ने मेसिनले खोसिदिएको छ । पछिल्लो समय सहज र सरल तरिकाले काठ काट्नका लागि मेसिनको प्रयोग हुन थालेपछि काठ काट्ने मजदुरले काम पाउनै छाडेका छन् ।

पहिले भवन निर्माणका लागि चाहिने काठ काट्न ठेक्का दिएरै आरावाललाई काठ काट्न लगाइन्थ्यो । अहिले मेसिन किन्न सक्नेले मात्र काठ काट्ने काम पाउने गरेका छन् । रु सत्तरी हजारभन्दा बढीको लगानीमा मेसिन खरिद गर्ने आँट प्रायः आरावालमा छैन् । कतिपयले मेसिन किन्न सके पनि उनीहरुमा मेसिन चलाउने सीप छैन । मेसिन चलाउने सीपका लागि तालीम र औजार खरिदमा कतैबाट सुविधा पाए सहज हुने उनीहरुको भनाइ छ ।

घरमा आरा थन्क्याएर बसेका स्थानीय कुमार गुरुङ भन्नुहुन्छ–“मेसिन खरिद र मेसिन चलाउने सीप विकासका लागि कतैबाट सुविधा पाए हामी जस्ता गरिबले भौतारिनुपर्ने थिएन ।”

आजभोलि ग्रामीण क्षेत्रमा काठ चिर्ने मेसिन पुगेको छ । धेरै झन्झट नहुने साथै चाँडो र सरल तरिकाले काठ चिर्ने भएकाले चिर्ने मेसिनको प्रयोग बढ्दै गएको छ । आराले काठ काट्नेको रोजगार हराए पनि अर्कातिर मेसिन किनेर काम गर्नेले भने मनग्य आमदानी लिने गरेका छन् ।

मेसिन खरिद गरेर यसरी काम गर्दै आएका सिरिजंघा– ७ कै यामकुमार सार्कीले राम्रोसँग काम पाउँदा महिनामा रु ६०/७० हजारसम्म कमाइ हुने गरेको बताउनुहुन्छ । मेसिनले ठूल–ठूला रुख पनि सहजै तरिकाले चिर्ने भएकाले काम गर्न निकै सहज हुने प्रयोगकर्ताको भनाइ छ । आराले काठ काट्दा आरा धरान थापेर त्यसमाथि मुढा राखेर दुई जनाको सहायताले चिरिन्छ । यो धेरै झन्झटिलो छ । तर मेसिनको प्रयोगले एउटै व्यत्तिले पनि सहजै गर्न सक्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको राष्ट्रिय भेला शुरु

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेला भक्तपुरमा शुरु भएको छ...

बुटवलमै अर्को कार्यालय उद्घाटन ग-यो वल्र्ड लिंक

नेपालमै ख्याती प्राप्त नंं. १ ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ड लिङ्कले रुपन्देहीको बुटवलमा थप नयाँ कार्यालय...

नेपाल टेलिकमद्धारा चौधौं वार्षिकोत्वसको अवसरमा विशेष छुट अफर

नेपाल टेलिकमले आफ्नो स्थापनाको १४औं बार्षिकोत्सवको अवसरमा विशेष छुट अफर सार्वजानिक गरेको छ । कम्पनीको...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै