logo

युवा क्रिकेट टोली एशिया कपमा सहभागी हुने

 

रासस

काठमाडौँ, कात्तिक २१

मलेसियामा हुने एशिया कप उन्नाइस वर्षमुनि –यू–१९० क्रिकेट प्रतियोगितामा लागि नेपाली युवा टोलीले भाग लिने भएको छ । पन्ध्र खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगिताको तयारीका लागि बंगलादेशमा पुगी तीन अभ्यास खेल खेलेर सोमबार मात्र नेपाल आइपुगेको टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिनुभयो ।

सहभागी खेलाडीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, असिफ शेख, अनिलकुमार शाह, पवन सर्राफ, सन्दीप सुनुवार, रोहितकुमार पौडेल, किशोर महतो, प्रनीत थापा मगर, साहब आलम, कमल सिंह, प्रकाश केसी, जीतेन्द्र सिंह, भीम सार्की र रसिद खान छन् ।

टोलीका मुख्य प्रशिक्षकमा विनोद दास र सहायक प्रशिक्षक कलम अली छन् । नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २५ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी दोस्रो खेल कात्तिक २६ गते भारतसँग तथा समूह चरणको अन्तिम खेलमा कात्तिक २८ गते आयोजक मलेसियाको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासहित बंगलादेश र भारत तथा समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । गत महिना मलेसियामा नै भएको इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्दै यू–१९ एसिया कपका लागि छनोट भएको हो ।


शिवाकोटी र पाठक विजयी
भक्तपुर – हर्षचोक ब्याडमिण्टन क्लबको आयोजनामा भएको ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुुशील शिवाकोटी र धु्रव पाठक जोडीले हात पारेको छ ।

सात टोलीले भाग लिएको प्रतियोगितामा विश्वराम खड्का र मेहन गुरुङको जोडीलाई सो जोडीले पराजित गरेको थियो । प्रतियोगितामा लक्ष्मीराज अधिकारी र अमित कार्कीको जोडीले कैलाश खड्का र गोपाल सुवेदीको जोडीलाई पाखा लगाउँदै तेस्रो स्थान हात पारेको थियो ।
विजयी खेलाडीलाई पुनरावेदन अदालत पाटनका न्यायाधीश विनोदप्रसाद शर्माले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । क्लबले आफ्ना सदस्यलाई एक एक जोर ट्रयाक सुटसमेत वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्ष्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सुरु

आईएमई फाउन्डेसनको आयोजना एवं अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटीए)को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई)को...

सर्वाधिक धन राशिको नाम्चे भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न...

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटबल मेला’

विश्वकप २०१८ नजिकिएसँगै सर्वत्र फुटबलको चर्चा सुरु भएको छ । सबै साथीभाइ र परिवार बसेर विश्वकप फुटबललाई...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै