logo

पर्यटकको रोजाइमा ‘गाईघाट झरना’

रासस

बागलुङ, कात्तिक २०

जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित ‘गाईघाट झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । प्राकृतिक सुन्दरतायुक्त झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो छ । वर्षौंदेखि ओझेलमा परेको झरना प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माणले चर्चामा आएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले तीन वर्षअघि झरनालाई पर्यटकीय गन्तव्य बनाउन योजनाबद्धरुपमा काम थालेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट अहिले झरनाले नयाँ स्वरुप पाएको छ ।

झरना छेउ पौडी पोखरी, वनभोजस्थल, विश्रामस्थल, पदमार्गलगायतका संरचना निर्माण गरिएको छ । महत्व भएर पनि पछाडि परेको झरनामा पूर्वाधार बनेपछि वर्षायामबाहेकका सबै महिनामा आगन्तुकको भीड लाग्ने गरेको छ ।

पर्यटकीय याममा दैनिक सयौँ आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि पुग्ने गरेको केन्द्रका उपाध्यक्ष राज थापाले बताउनुभयो । पूर्वाधार निर्माणकै क्रममा झरनाको भित्रपट्टि फेला परेको गुफाले पनि पर्यटकीय आकर्षण थपेको छ । चालीस जनाजति अट्ने गुफालाई धार्मिक आस्थासँग जोडेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गाईघाटदेखि नजिकै रहेको भूताह गल्छीसम्म पुग्न पदमार्ग बनाउने योजनामा केन्द्र छ ।

“पचास मिटर अग्लो झरनामा क्यानोनिङ सञ्चालन गर्ने योजना छ”, सचिव थापाले भन्नुभयो । गाईघाट झरनासँगै भूताह गल्छीको पर्यटकीय विकास गर्ने उद्देश्यले काम अघि बढाइएको उहाँले बताउनुभयो । गर्मी याममा झरना अवलोकनसँगै प्राकृतिक तलाउमा स्नान र पौडीका लागिसमेत पर्यटक आउने गरेका छन् । पछिल्लो समय झरना क्षेत्र वनभोज जानेको रोजाइमा पर्ने गरेको छ ।

बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थी शैक्षिक अवलोकन भ्रमणका लागि जाने गरेका छन् । दरमखोला किनारमा अवस्थित झरना माछा मार्न रुचाउने पर्यटकको समेत रोजाइमा पर्छ । गाईघाट झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारका रुपमा समेत लिने गरिन्छ ।

सदरमुकामदेखि १० कोष पश्चिममा अवस्थित झरनालाई पर्यटकीय गन्तव्य बनाइने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेटमा प्राथमिकता दिएको उल्लेख गर्नुभयो । पर्यटनसँग सम्बन्धित संस्थासँग मिलेर योजनाबद्ध रुपमा काम गर्ने उहाँ बताउनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

होण्डाको दशैँतिहार अफर विजेतालाई पुरस्कार वितरण

काठमाडौं, मंसिर २० । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...

भैरहवा महोत्सवमा सबैले लिने नाम बन्यो वल्र्ड लिंक

रुपन्देही, मंसिर १ । सिद्धार्थनगर नगरपालिका भैरहवाको अञ्चलपुरमा सञ्चालन भैरहेको चौथो राष्ट्रिय औद्योगिक...

पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै

तानसेनस्थित शीतलपाटीमा रहेको राणकालीन मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत कला र कौशल...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै