logo

भेडापालन व्यवसाय संकटमा

रासस

पोखरा, कात्तिक २०

“पहिले पहिले हिमाली क्षेत्रमा ऊन कि सुन भन्ने उखान जनजिब्रोमा निकै प्रचलित थियो”, अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भन्नुभयो । पछिल्लो पुस्ता भेडापालनतर्फ आकर्षित हुन नसक्दा हिमाली कृषि परम्पराको महत्वपूर्ण पाटोका रुपमा रहेको यो व्यवसाय संकटमा पर्दै गएको छ ।

अन्नपूर्ण पदमार्ग क्षेत्रमा एक दशकअघिसम्म भेडी गोठ पर्याप्त संख्यामा रहेकामा अहिले जम्मा दुईवटा गोठ मात्र छन् । हिमाली कृषि परम्परालाई बचाऊनकै लागि अध्यक्ष गुरुङले अन्नपूर्ण आधार शिविर नजिकै एउटा भेडी गोठ राख्नुभएको छ । एउटा भेडी गोठमा करिब ५०० वटा भेडा रहेका छन् ।

विगतमा जस्तो भेडाको ऊन निकालेर राडी तथा काम्लो बनाऊन छोडिएका कारण यो व्यवसाय संकटमा पर्दै गएको गुरुङ बताउनुहुन्छ । “भेडा पाल्नेले एक वर्षमा दुई पटक ऊन काट्नु पर्छ”, उहाँले भन्नुभयो, “राडी तथा पाखी बनाउने जनशक्ति अभावका साथै बजारमा आएका सस्तो सिरक डसनाका कारण भेडाको ऊनबाट बन्ने सामानको लागत बढी पर्ने गरेको छ ।”

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथमको आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा विगतमा पदयात्रामा आउने पर्यटकलाई तिनै भेडी गोठमा बस्ने खाने व्यवस्था गरिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा २०४३ सालपछि होटल बन्न थाले पनि त्यसअघि तिनै भेडी गोठले पर्यटकलाई जसोतसो होटल तथा लजका रुपमा सेवा दिएको स्थानीयवासी बताउँछन् ।

यहाँका भेडी गोठसँग अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने पूजनीयम् वराहको प्रत्यक्ष सम्बन्ध रहेको अर्का स्थानीय समाजसेवी एवं संरक्षण व्यवस्थापन उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङले बताउनुभयो ।

भेडी गोठ लैजाँदा अनिवार्यरुपमा पूजनीयम् वराहको पूजा गर्नु पर्ने यस क्षेत्रको प्राचीन प्रचलन रहेको छ । उहाँका अनुसार पूजनीयम् वराहको शक्तिका कारण यस मन्दिर वरपर भेडाले आवाज ननिकाल्ने जनविश्वास अहिले पनि कायमै छ । हिमाली कृषि परम्परा र यहाँको संस्कृतिमा महत्वपूर्ण पक्षका रुपमा रहेको भेडापालन व्यवसायलाई बचाउनु आवश्यक भएको र यसका लागि राज्यले चासो लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई...

छ सय ११ मेट्रिकटन रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११।२ मेट्रिकटन...

रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११ दशमलब २०० मेट्रिक टन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै