logo

उत्तरी र दक्षिणी क्षेत्रमा नमस्ते तथा स्काइ मोबाइल अवरुद्ध

रासस

खोटाङ, कात्तिक १९

उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ । दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल सेवा अवरुद्ध भएको हो । लामो समयसम्म नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध हुँदा दुर्गम क्षेत्रका हजारौंँ सेवाग्राही मारमा परेका छन् । दक्षिणी क्षेत्रको जन्तेढुंगा गाउँपालिका– ५ चिसापानीस्थित होङ पोखरीमा रहेको रिपिटर टावरमा जडान गरिएको ब्याट्री बिग्रिएपछि मोबाइल सेवा अवरुद्ध भएको हो ।

ब्याट्री बिग्रिएपछि मोबाइलले काम नगर्दा दक्षिणी क्षेत्रमा पर्ने काहुले, चिप्रिङ, लिकुवापोखरी, इन्द्रणीपोखरी, बाप्लुखा, सिम्पानी, लिच्किराम्चे, खोटाङ बजार, सावाकटहरे, बडकादियाले, डम्बर्खुशिवालय, चिसापानी, बोपुङ, दिप्लुङ, मौवाबोटे, देवीस्थान, पौवाशेरा, फाक्टाङ, बाराहपोखरी, सुन्तलेलगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही भूभागका सेवाग्राही कर्मामा परेका छन् ।

यस्तै उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिका–१ स्थित फेदीमा सञ्चालित रिपिटर टावरमा विद्युत् अभावका कारण ब्याट्री चार्ज नहुँदा मोबाइल सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । टेलिकमले दुई वर्षअघि फेदीमा सञ्चालनमा ल्याएको ९०० मेगाहर्जको एसडिआर जिएसएम बिटिएसले काम गर्न छाडेपछि पाथेका, खार्मी, बास्पानी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, जालपा, हौंचुर र कुभिण्डेलगायतका सेवाग्राही डेढ दुई घण्टा पैदल यात्रा गरेर टावर टिप्ने ठाउँमा जाने गरेका छन् ।

दुवै क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको लामो समय बितिसक्दा पनि टेलिकमले चासो नदिएको सेवाग्राहीको आरोप छ । मोबाइल सेवा अवरोधले आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका गतिविधि संकलनमा समेत असर पुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । “जिल्लाका सबै क्षेत्रमा सञ्चार सेवा उपलब्ध छैन ”, उहाँले भन्नुभयो, “कुन ठाउँमा के भइरहेको हुन्छ, पछि आएर मात्र थाहा हुन्छ ।”

जिल्लावासीको समस्यालाई बेवास्ता गर्दै टेलिकमका प्रमुख ज्योति चौधरी घर बिदामा बसेको लामो समय भएको स्रोतले जनाएको छ । अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन पटक पटक ताकेता गरिएको प्रजिअ एकदेव अधिकारीले जानकारी दिनुभयो । दक्षिणी क्षेत्रमा सञ्चालित मोबाइल सेवा गत वर्ष पनि पटक पटक अवरुद्ध हुने गरेको थियो । उत्तरी क्षेत्रको फेदीमा सञ्चालित टावरमा भने यस वर्षदेखि सौर्य प्रणालीले काम छाडेकाले मोबाइल सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अष्ट्रेलियन एड्मिसनस् डे कार्यक्रमको आयोजना

अष्ट्रेलियन एजुकेसन फेयर सुरु भएको छ । विद्यार्थीको शैक्षिक लक्ष्य प्राप्तिका लागि विभिन्न देश, देशका...

‘घरजग्गाको साथी’ ब्रान्ड सञ्चालनमा

घरजग्गाको कारोबार गर्दा आधारविहीन विभिन्न व्यक्ति, समूहमा भर पर्दा आइपर्ने विभिन्न झन्झटको अब अन्त्य हुने भएको...

शिखरको विन्टर सेल मेलामा थामिनसक्नु भिड, मेलामा १५ देखि ७० प्रतिशतसम्म छुट

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्न्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको थामिनसक्नु भिड...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै