logo
565 x 90 pixel-01.png

नेपाली चलचित्रमा हास्य कलाकार

रामप्रसाद पाठक
काठमाडौं, अहिले नेपाली चलचित्र उद्योगमा हास्य कलाकारहरुको दिन प्रतिदिन माग बढ्न थालेको छ । केही वर्षपहिले नेपाली हास्य व्यङ्ग्य क्षेत्रका कलाकारहरु केवल हास्य टेलिसिरियलमा मात्रै व्यस्त देखिन्थे भने अहिले आएर हास्य कलाकारहरुलाई खाना खाने फुर्सद पनि छैन । अहिले नेपाली चलचित्र उद्योगमा हास्यरसको व्यापक प्रयोग भएको पाइन्छ । नेपाली चलचित्र निर्माता, निर्देशकले चलचित्र बनाउनुभन्दा पहिला नै चलचित्रमा कुन–कुन हास्य कलाकार राख्ने भनेर छलफल शुरु गरिसकेका हुन्छन् ।


अझै यथार्थ रुपमा भन्नुपर्दा दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको पहिलो चलचित्र छक्कापञ्जा १ बाट हास्य कलाकारहरुको चलचित्रमा बढी प्रयोग भएको पाइन्छ । हास्य कलाकारहरुको नेपाली चलचित्रमा त्यसभन्दा अगाडि प्रयोग हुन्थेनन् भन्न खोजेको होइन कि सिंगो चलचित्रमा प्रायः सबै हास्य कलाकार र कथावस्तु पनि पूरै हास्य प्रकारको रहेकाले नेपाली दर्शले यो चलचित्रलाई मन पराइदिए र त्यसपछि यस्ता किसिमका चलचित्र बनाउने एउटा बाढी नै चल्न थाल्यो । छक्कापञ्जा चलचित्रको पहिलो चलचित्रबाट राम्रो कमाउन सफल रहेसँगै दोस्रो चलचित्र निर्माण गरेर प्रदर्शनसमेत गरी यसले पनि राम्रो कमाउन सफल भयो र यो चलचित्रको व्यावसायिक सफलताबाट उत्साहित भएर यो निर्माण युनिटले फेरि छक्कापञ्जा ३ बनाउने पूर्व घोषणासमेत गरिसकेको छ ।  यस्तै गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र फाटेको जुत्ता र धनवानमध्ये फाटेको जुत्ता पूर्ण हास्य चलचित्र हो । हास्य कला क्षेत्रमा आफ्नो अलग भूमिका देखाउन अब्बल अभिनेता सौगात मल्ल, प्रियंका कार्कीलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको यस चलचित्रले व्यावसायिक सफलता भने कत्तिको हात पार्न सक्ने हो त्यो त भविष्यले नै बताउला तर नेपाल चलचित्र उद्योगमा हास्यकलाको प्रयोग भने प्रचुर मात्रामा हुन थालेको छ । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी।। भिडियो

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक...

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै