logo

देशभक्ति चलचित्र निर्देशनमा अमर वली

रामप्रसाद पाठक
अहिलेको नेपाली चलचित्र क्षेत्रको व्यावसायिक हिसाबको कुरा गर्ने हो भने पहिलेभन्दा अहिले केही व्यावसायिक सुधारको संकेत देखिन्छ । तर यतिले मात्रै नेपाली चलचित्र व्यवसायमा सन्तुष्टि लिने अवस्था भने छैन । तर नेपाली चलचित्रको व्यावसायिक भविष्य भने राम्रो भएको संकेत भने देखिन्छ । यस क्षेत्रलाई केवल रहरले मात्रै अँगाल्ने नभएर अहिले आएर यही क्षेत्रलाई पूर्ण व्यावसायिक बनाएर अगाडि बढेसँगै यस क्षेत्र माथि उठ्न खोजेको संकेत पाइन्छ । अहिले आएर यस क्षेत्रमा पढेर, धेरै दख्खल भएर आएसँगै यस क्षेत्रको व्यावसायिक उचाइ माथि जान खोजेको हो । अहिले आएर यही चलचित्र क्षेत्रमात्रै नभएर चलचित्र क्षेत्रको एउटा पाटोलाई मात्रै व्यवसाय बनाएर पनि कलाकार निर्देशक, लेखक, संगीतकार, गीतकारले आफ्नो जीवन चलाउनसक्ने अवस्था सिर्जना भएको छ भन्न सकिन्छ ।  विगत लामो समयदेखि नेपाली देशभक्ति धारका चलचित्र निर्देशनमा व्यस्त चलचित्र निर्देशक हुन्– अमर वली । दाङको श्रीगाउँ गा.वि.स. वडा नं. ३ मा पिता भीमबहादुर वली र माता छविता वलीको कोखबाट जन्मेर विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रका विविध विधामा लागिपरेका कलाकार वली नेपाली चलचित्र निर्देशनको फरक धार समातेर अगाडि बढिरहेका एउटा लगनशील चलचित्र निर्देशक हुन् ।
अध्ययनका सिलसिलामा वि.स.ं २०५६ सालमा दाङबाट काठमाडौं प्रवेश गरेका बहुप्रतिभाशाली कलाकार वली नेपाल आर्टस् एकेडेमीमा एक वर्षे नृत्य प्रशिक्षण लिएर यस क्षेत्रमा होमिएका हुन् । उनी कला केन्द्रमा आठ वर्षसम्म नृत्य प्रशिक्षकको रुपमा रहेर त्यसपछि विस्तारै म्युजिक भिडियो खेल्नुका साथै निर्देशनको क्षेत्रमा हामफाल्दै नेपाली चलचित्र अभिनयका साथै निर्देशनतिर अग्रसर बन्नथाले । नेपाल टेलिभिजनको कार्यक्रम ट्वाक्कटुक्कबाट ०५६ सालबाटै कलाकारिता क्षेत्रमा औपचारिकरुपमा यस क्षेत्रमा आएका कलाकार वली ‘.... बुटोलकी नानी’ भन्ने दोहोरी गीतको म्युजिक भिडियो निर्देशनबाट यस क्षेत्रमा देखिएका हुन् । विस्तारै अन्य म्युजिक भिडियो हात पर्न थालेका उनले अहिलेसम्म दुई सयको हाराहारीमा म्युजिक भिडियो निर्देशन गरेका छन् । यस्तै गरेर ०६८ मा राष्ट्रभक्ति चलचित्र निर्देशनबाट नेपाली चलचित्र निर्देशनमा आएका निर्देशक वलीलाई त्यसपछि क्रमशः अरु चलचित्रहरु पनि हात पार्दै, पर्यटकीय तथा सांस्कृतिक सम्पदा झल्काउने चलचित्र वे टु इन्जोरी र आरोप जस्ता ठूलो पर्दाको चलचित्र निर्देशन गरिसकेका छन् भने अबको केही समयपछि चलचित्र चोट र अर्को नाम जुराउन बाँकी रहेको चलचित्रको गृहकार्यमा जुटेका निर्देशक वली अलिक चुजी निर्देशकको रुपमा चिनिन्छन् । उनले आफूसँग निर्देशन गर्न आएका चलचित्रमा देशभक्ति र अलिकति अलग धारका चलचित्र निर्देशन गर्न मन पराउँछन् । साथै आफू पनि कहिलेकाहीँ चलचित्रमा खेल्ने गरेको बताउँछन् ।


विगत बीस वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय निर्देशक वली आफ्नो परिवारमा कलाकारिता क्षेत्रमा लाग्ने एक्लो सदस्य हुन् । सानैदेखि नाच्ने, अभिनय गर्ने स्वभाव भएका कलाकारलाई आफूले योजना नबनाएको क्षेत्रमा सक्रिय र यसैबाट जीवन निर्वाह गर्ने व्यवसाय बनाउन पाएकोमा भने मख्ख छन् । अहिलेसम्म यही क्षेत्रले आफूलाई बचाएको र भविष्यमा पनि आफू यही क्षेत्रमा लागिपरिरहने बताउँदै यस क्षेत्रमा लाग्न हौसला दिने नाताले फुपू पर्ने चर्चित लोक गायिका कोमल वलीलाई पनि सम्झिँदै उनको हौसलाले आफू यो स्थानसम्म आएको बताउँछन् । नेपाली चलचित्र क्षेत्रमा मात्रै लागेर यस क्षेत्रमा बाँच्न सकिने अवस्था छ त ? भनेर जिज्ञासा राख्दा उनी अहिले गुणस्तरीय चलचित्र क्षेत्रको काम गर्ने जुनसुकै चलचित्रकर्मी पनि खानबाट मर्नु नपर्ने जवाफ दिन्छन् । अब केही समयपछि आफूले निर्देशन गर्ने चलचित्रले अहिलेका चलचित्रभन्दा अलग धार र नयाँ स्वाद नेपाली दर्शकलाई दिने पनि उनले बताए । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

‘ए परदेसी फर्क’ गीतको भिडियो सार्वजानिक (भिडियोसहित)

नेपाली समुदायको दर्दनाक पिडालाई मध्येनजर गर्दै श्रीमान् परदेशमा दुख कष्ट गरेको र श्रीमतीले घरमा बसेर बिलौना...

चाडबाडको बेला चलचित्र प्रदर्शनको होडबाजी किन चल्छ ?

पाँच छ महिना पहलेदेखि सुटिङ सम्पन्न गरेका चलचित्रहरु पनि विकास बोर्डमा गएर तारन्तार पछाडि मिति सार्दै चाडवाडको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै