logo

महत्वाकांक्षी योजनाले निम्त्याएको समस्या

चिरञ्जीवी आचार्य
अहिले विश्व बजारमा सवारीसाधनहरुको माग बढ्दो क्रममा रहेको छ । त्यसमा पनि कारको व्यापार झन् बढ्दो क्रममा छ । यस्तोमा विश्वका कार निर्माताहरु विशव बजारमा सल्बलाउनु कुनै नौलो कुरा होइन । कारको बजार पनि अहिले फरक धारमा परिवर्तन हुने क्रममा रहेको छ । केही वर्षयता विश्वको वातावरणको विषयमा अत्यधिक चासो र चिन्ता बढेको कारण कार निर्माताहरु अहिले नवीकरणीइ ऊर्जाको सहयोगमा चल्ने किसिमका सवारीहरु निर्माण गरिरहेका छन् ।


कार वा अन्य सवारीसाधनको निर्माण गर्नुको प्रमुख उद्देश्य भनेको व्यापारिक सुधार हासिल गर्नु हो । यो योजना हासिल गर्नको लागि बजारमा माग भए अनुसारको कार ल्याउनु जरुरी हुन्छ । यस किसिमको नतिजा हासिल गर्नको लागि केही कम्पनीहरुले सामान्य र पूरा गर्न कुनै कठिनाइ नहुने योजनाहरु ल्याउँछन् भने केही कम्पनीहरु महत्वकांक्षाको कारण पूरा गर्न कठिन हुने किसिसमका योजनाहरु ल्याउँछन् । महत्वाकांक्षी योजना ल्याउनेमा पनि सबै सफल हुँदैनन् । यस्तै नियती अहिले अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले भोगिरहेको छ ।


टेस्लाको ठूलो महत्वाकांक्षाको साथमा बजारमा आएको मोडल ३ कार अहिले समस्यामा परेको हो । यो कारको व्यापारिक हिसाबमा राखिउको ठुलो लक्ष्य पूरा नहुने अवस्था आएको छ । कमपनीले मोडल ३ को उत्पादनमा ढिलाइ हुने विवरण सार्वजनिक गरिसकेको छ । टेस्लाले यसअघि राखेको योजना अनुसार आफ्नो नयाँ सवारीको उत्पादन नहुने भएको हो । एक महिना बाँकी रहेको अवस्थामा टेस्लाले यस्तो निर्णय गरेको हो । यस वर्षको तेस्रो त्रैमासिक अवधिमा देखिएको कमजोर नतिजाको कारण टेस्ला आफ्नो योजनाबाट पछि हटेको हो ।


टेस्लाले मोडल ३ का कारहरुको उत्पादन २०१८ को सुरुवातदेखि  प्रतिसाता पाँच हजार एकाइको दरले गर्ने योजना बनाएको टेस्लाले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो नोक्सानीको विवरण सार्वजनिक गरेसँगै समस्यामा परेको देखिएको हो । बिहीबार सार्वजनिक भएको विवरणसँगै टेस्लाको सेयर बजारमा पाँच प्रतिशतको गिरावट आएको छ । टेस्लाले यस वर्षको तेस्रो त्रैमासिक अवधिमा ६१ करोड ९० लाख अमेरिकी डलरबराबरको नोक्सानीको सामना गरेको विवरणले देखाएको हो । यो नतिजा अघिल्लो त्रैमासिक अवधिमा सामना गरेको नोक्सानीको तुलनामा करिब दोब्बरको नतिजा हो ।


अघिल्लो वर्षको सोही अवधिमा टेस्लाले दुई करोड १९ लाख अमेरिकी डलरको नाफा हासिल गरेको पाइएको हो । पछिल्लो समय मोडल ३ का उत्पादनहरुको विस्तारको तयारीमा रहेको अवस्थामा यस किसिमको नतिजा हासिल हुनुले टेस्ला कम्पनी समस्यामा परेको विश्लेषकहरुले बताएका छन् । मोडल ३ को उत्पादनको योजना नै केही समयका लागि पर सार्नुपर्ने अवस्थाले यसको पुष्टि गरेको उनीहरुको भनाइ रहेको छ ।  टेस्लाको नयाँ भर्सनको कारले समग्र विश्व बजारलाई नै आकर्षित गरेको अवस्थामा ढिलाइको विवरणले उसका लागि राम्रो नहुने बताइएको छ । टेस्लाले अहिलेसम्मकै सबैभन्दा सस्तो कार बजारमा ल्याएको हो । मोडल ३ को मूल्य विश्व बजारमा ३५ हजार अमेरिकी डलर तोकिएको थियो ।


टेस्लाले यस वर्षको तेस्रो त्रैमासिक अवधिमा टेस्लाले केवल दुई सय ६० ओटा मोडल ३ का कारहरु उत्पादन गरेको थियो । यो नतिजा कम्पनीले अनुमान गरेको उत्पादनको नतिजाको तुलनामा पाँच भागको एक भागभन्दा पनि कमजोर नतिजा हो । यसअघि कम्पनीले यो तीन महिनाको अवधिमा १५ सय कारहरु उत्पादनको लक्ष्य राखेको हो । अहिलेको देखिएको नतिजाले आगामी दिनमा टेस्ला कम्पनीको यो उत्पादनको भविष्यको विषयमा अनुमान गर्नु निकै कठिन रहेको विश्लेषकहरुले बताएका छन् । टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कले पछिल्लो केही समययता कम्पनीको मोडल ३ को उत्पादनको नतिजा निराशाजनक रहेको बताएका छन् ।


टेस्लाको राजस्वमा भने अघिल्लो वर्षको अवधिमा ३० प्रतिशतको वृद्धिदरको नतिजा हासिल गरेको देखिएको छ । यससँगै कम्पनीको राजस्व करिब तीन अर्ब अमेरिकी डलरमा पुगेको पाइएको हो । यस वर्षको अन्तिम तीन महिनामा भने टेस्लाले आफ्नो पुँजीगत खर्च एक अर्ब अमेरिकी डलरको रहने कम्पनीले अनुमान गरेको छ । यससँगै टेस्लाले यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा दुई अर्ब डलरको लगानी गर्ने देखिएको हो । अहिले देखिएको ढिलाइले आगामी दिनमा बजारमा ठूलो मागको सामना कम्पनीले गर्नुपर्ने अनुमान विश्लेषकहरुको रहेको छ ।


अमेरिकी कम्पनी कुनै पनि कार खरिदको हिसाबमा हेर्ने हो भने महँगो कम्पनी हो । यो कम्पनीले बिक्री गर्ने कारहरु निकै महँगा हुन्छन् । महँगो हुने भएको कारण टेस्लाका सवारीहरुको व्यापारिक नतिजा संख्यागत हिसाबमा कमजोर रहनु स्वाभाविक रहेको थियो । अहिले सार्वजनिक गरिएको सवारीको मूल्य  पनि कमजोर र  मूल्य पनि निकै कमजोर रहेको कारण मानिसहरुको आकर्षण यो उत्पादनमा पर्नु स्वभाविक हो । यद्यपि कम्पनीले यो उत्पादनको लागि महत्वाकांक्षी योजना ल्याउनु र त्यसको लागि तयारी करिब शून्यको हाराहारीमा गरिनु धेरै कारहरु उत्पादन हुन नसक्नुको परिणाम हो ।


टेस्लाले आफ्नो कारको उत्पादन उल्लेख्य राख्ने निर्णय ग¥यो तर त्यसका लागि आवश्यक जनशक्ति थप्ने तथा प्लान्टहरुको संख्या बढाउनेमा कुनै चासो दिएन । यो हिसाबमा सवारीको उत्पादन गरेको खण्डमा टेस्लाले आफ्नो महत्वकांक्षा पूरा गर्न नसक्ने भन्दै विश्लेषकहरुले यसअघि नै चेतावनी दिएका हुन् तर उनीहरुको चेतावनीलाई सामान्यरुपमा लिने भूल टेस्लाले गरेकै हो । यो भूलको सजायको रुपमा अहिलेको ढिलाई हात परेको हो । टेस्लाले यस किसिमको अवस्था आउँछ कि आउँदैन भन्ने कुराको परीक्षणको लागि पहिला मोडल ३ को केही समयको व्यापार हेरेर आगामी लक्ष्य बनाउने योजना बनाउनु जरुरी थियो । यदि तीन महिनाको व्यापारिक नतिजा र मागको आँकलन गरेको भए यति उत्पादन हुन्छ र यति उत्पादनको हिसाबमा यस किसिमको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने कुराको अनुमान कम्पनीलाई हुने थियो, जसको कारण उसलाई आफ्नो नयाँ कारको लक्ष्य हासिल गर्न कुनै किसिमको समस्या नहुने थियो ।


अहिले देपखिएको ढिलाइले स्पष्टरुपमा टेस्लाको नीति असफल भएका देखिएको छ । टेस्लाले एकैपटक दुई फरक किसिमको लक्ष्य राखेको कारण अहिले असफलताको सामना गर्नुपरेको हो । टेस्ला कम्पनीले मोडल ३ को सवारी बजारमा छुट्टै किसिमको प्रभावकै लागि भनेर बनाएको हो । यो उत्पादनको मूल्य टेस्लाका अन्य उत्पादनहरुको हिसाबमा करिब आधाको मूल्यमा बजारमा ल्याइएको हो । यो प्रयोगको कारण टेस्लाको यो सवारीमा नयाँ ग्राहकहरुको संख्या उल्लेख्य रहनु स्वाभाविक हो । त्यसका साथै आफ्नो क्षमताभन्दा पनि धेरै गुणा कार उत्पादनको योजना ल्याउनु कम्पनीको अर्को नयाँ प्रयोग हो । यी दुई प्रयोग कम्पनीको लागि विल्कुल नौलो किसिमको रहेको कारण पनि यो उत्पादनले लक्ष्यअनुसारको नतिजा हासिल हुन नसकेको पाइएको हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

बीमाका फाइदा र बढ्दो आकर्षण

मान्छेले जीवन सुरक्षित रहोस् वा कुनै दुर्घटना र भवितव्य परे केही राहत पाइयोस् भनेर जीवनबीमा गर्ने गरेका छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै