logo

चिसो बढेपछि चौँरी गोठ बेँसीतर्फ झर्नथाले

गोविन्द लामिछाने (रासस)

इलाम, कात्तिक १७

जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेसँगै चौँरी गोठहरू न्यानो स्थान खोज्दै बेँसीतर्फ झर्न थालेका छन् । इलामका सन्दकपुर, कालापोखरी, ताप्लेजुङको टिम्वुपोखरी, कालीखोला, पाँचथरको फालोटलगायत स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो । अत्यधिक चिसो हुन थालेपछि चौँरी आफ से आफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौँरीपालक किसानले सोही अनुसार पुरानो खर्कतिर गोठ सार्ने गरेका छन् ।

टिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरु भइसकेको छ । ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । सन्दकपुर र कालापोखरीका खर्कमा त्यस क्षेत्रमा रहेका गोठहरू आउने गरेका छन् । यहाँका गोठहरू अझ तल मानव बस्ती नजिक झार्न थालिएको चौँरीपालक बताउँछन् ।

अत्यन्तै चिसो हुने क्षेत्रमा रहेका गोठहरू क्रमशः कम चिसो हुने क्षेत्रमा ल्याइन्छ । त्यहाँ रहेका गोठहरू केही तल झारिन्छ । चौँरी बस्दै आएको स्थानमा चिसो बढेकाले त्यहाँभन्दा न्यानो स्थानमा चौँरी बस्न रुचाउँछन्, सन्दकपुर गाउँपालिका, जमुनाका कुमार गुरुङले भन्नुभयो । गोठसँगै गोठधनी पनि खानेबस्ने सबै सरसामान लिएर न्यानो स्थानतर्फ झर्ने गर्छन् । सामूहिक रूपमा खर्कमा बनाइएका गोठहरूमा सर्ने गरेको उहाँले बताउनुभयो ।

इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करिब पाँच दर्जनभन्दा बढी चौँरी गोठ चिसोबाट न्यानोतर्फ सरेका हुन् । असोज महिनादेखि गोठ उधौँली झर्ने क्रम शुरु हुन्छ । न्यानोपना नआएसम्म ती गोठहरू बेसींमै रहन्छन् । मुख्यतया वैशाख महिनादेखि गोठ उधाँैली लैजाने क्रम शुरु हुने गरेको मावुका दण्डु लामाले बताउनुभयो ।

उधाँैली झरेको अवस्थामा चौँरीबाट उत्पादन राम्रो हुने गरेको किसान बताउँछन् । चौँरीसँगै भेडीगोठ पनि उँधो सर्न थालेका छन् । सयौँको सङ्ख्यामा रहेका भेडासहितको गोठ तल झार्न थालिएको हो । भेडीगोठ खर्क–खर्कमा केही दिन राख्दै तल गाउँसम्म ल्याउने गरिन्छ । जाडोयाममा टिम्वुपोखरीदेखि माथिका क्षेत्रमा पशु र मानिस बस्नसक्ने अवस्था हँुदैन । यसपालि शुरुमै चिसो भएकाले चौँरी गोठहरू बेसीतर्फ झार्न थालिएको हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अलैंची उत्पादन घट्यो

लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ । मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै...

चियाबाट भविष्य बनाउँदै किसान

इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ...

सुन्तला उत्पादनमा कमी

यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै