logo

नेपाली गीतसंगीत व्यावसायिक कि रहर ?

नेपाली गीतसंगीतमा लाग्ने कलाकार, सर्जकको अवस्था कस्तो छ त ? के साँच्चै नेपाली गीतसंगीत क्षेत्र आफैंमा आत्मनिर्भर बन्न सकेको छ त ? के साँच्चै सुनेका आधारमा, हेरेका आधारमा नेपाली गीतसंगीतको व्यावसायिक अवस्थाको बारेमा पूर्ण जानकारी लिन सकिन्छ त ? यसको व्यावसायिक अवस्था कस्तो छ ? त्यसका बारेमा धेरथोर गीतसंगीतको छेउकुनालाई खनजोत नगरी यसको जानकारी पाउन सकिँदैन । त्यसैले यसको व्यावसायिक अवस्थाका बारेमा यहाँ केही सान्दर्भिक कुराहरु केट्याउनुपर्ने नै हुन्छ ।


वास्तवमा नेपाली गीतसंगीतको सुरुवाती चरण्देखि अहिलेसम्म आइपुग्दा नेपाली गीतसंगीत अझैसम्म पूर्ण व्यावसायिक बन्न सकेको अवस्था छैन । केवल यस क्षेत्रलाई मनोरञ्जनको साधनको रुपमा मात्र प्रयोग गर्ने, यस क्षेत्रमा लागेका सर्जक, कलाकारको यस क्षेत्रको श्रम तथा मेहनतलाई श्रमको रुपमा नगनेर केवल रमाइलो गर्ने साधनको रुपमा मात्रै मान्ने संस्कार अझैसम्म पनि हट्न नसक्नुले नेपाली गीतसंगीतलाई व्यावसायिक सूचीमा नराखिएको ज्वलन्त उदाहरण तपाई हाम्रा सामुन्ने छर्लङ्ग देख्न सकिन्छ । राज्यका माथिल्लो निकायमा विराजमान  नेता गणहरुले आफू चुनावमा विजय हुनका लागि भातको भरमा विनापारिश्रमिक कलाकारहरुलाई प्रयोग गरेका हुन्छन् अनि सत्तामा पुग्छन्, संविधान बनाउँछन् तर तिनै गीतसंगीतका कलाकारहरुसँग लिएको सहयोग चटक्क भुलेर संविधानमा कलाकारहरुको अधिकारको सुनिश्चित गर्ने कामबाट टाढा बस्छन् । जसरी एउटा कृषकले घाँस दाउरा काट्ने काममा हँसिया, बन्चरोको प्रयोग गर्छ त्यस्तै गरेर घाँस, दाउरा काटिसकेपछि घरको अँध्यारो कुनामा फ्याँकिदिएको हुन्छ त्यस्तै किसिमबाट नेपाली गीतसंगीतमा लागेका सर्जक, कलाकारहरुको कारुणिक यथार्थ जीवनकथा रहेको छ । केही नेताका चिल्लो घस्नेबाहेक विनापारिश्रमिक केवल झूटो आश्वासनका भरमा आफ्नो सृजना बाँड्नुपर्ने तीतो यथार्थ कहीँकतै लुक्न सकेको छैन ।


अहिलेसम्मको नेपाली गीतसंगीतको यो दूर्दशालाई हेर्दा नेपाली गीतसंगीत क्षेत्र अहिलेसम्म पनि व्यावसायिक बन्न नसकेर केवल रहर र मनोरञ्जनको साधनको रुपमा मात्रै हेर्ने गरिएको छ । नेपाली गीतसंगीत सबैको मन मुटुमा बस्न सफल रहे पनि अहिलेसम्म कलाकार सर्जकहरुको अधिकारको सुनिश्चित हुन नसक्नु आफंैमा लज्जाको विषय हो । यहाँ जस्तै जसका गीतका लय शब्द चोरोस् कसैलाई मतलब छैन । जसले जतिपटक अरुका गीतलाई नसोधीकन रिमिक्स गरोस् यो पनि कसैलाई मतलब छैन । मिडिया पैसाले किन्न सक्यो भने ऊ रातारात हिट हुने परिपाटी र संस्कारको विकास भएको छ यहाँ । यस्तो अवस्थामा कसरी नेपाली गीतसंगीतले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ ?


अहिले नेपाली गीतसंगीतको प्रचारप्रसार नभएको भने होइन । पहिले नेपाली सञ्चार माध्यमका रुपमा केवल रेडियो नेपालमात्रै थियो भने अहिले आएर जिल्ला जिल्लामा एफएम रेडियो र टि.भी. समेत खुलेका छन् । त्यसैका माध्यमबाट कलाकारले आफ्नो गीतसंगीतको प्रमोसन गर्न पाएका छन् । तर पहिलेका तुलनामा नेपाली गीतसंगीतले व्यावसायिकता नलिएको भन्न यहाँ खोजिएको होइन कि नेपाली गीतसंगीत जति व्यावसायिक बन्नुपर्ने हो त्यति बन्न सकेको छैन भन्न खोजेको मात्रै हो । पहिले नेपाली गीतसंगीत सिक्नका लागि विदेश जानुपर्ने अवस्था थियो भने अहिले आएर काठमाडौंमा मात्रै नभएर नेपालका विभिन्न भागमा पनि संगीत पाठशालाहरु खुलेका छन् । देशका ठूला सहरहरुमा दोहोरी रेष्टुरेण्टहरु खुलेका छन् । दोहोरी रेष्टुरेण्टले विकृति त भित्र्याएका होलान् तर त्यसबाट दशौं हजार कलाकारहरुल्े आफ्नो रोजगार पाएका छन् । यस्तै गीतसंगीतका आइडल कार्यक्रमले पनि विजेता कलाकारको आर्थिक अवस्थामा सुधार ल्याउनुका साथै अन्य कलाकारमा पनि हौसला प्रदान गर्ने काम गरेको भने पक्कै छ ।


तर जति नै नेपाली गीतसंगीतको  व्यावसायिकताको सारङ्गी रटे पनि नेपाली गीत संगीत व्यावशायिक वन्न अझ धेरै वर्ष कुर्नु पर्ने हुन्छ । अहिले सम्म भए गरेका गीत संगीतबाट एक दुइ जना बाहेक अरु सर्जक कलाकारहरु पूर्ण व्यावसायिक बन्न सकेको अवस्था छैन । त्यसैले यो अवस्थालाई रहरको संगीत यात्रा नभनेर कसरी व्यावसायिक संगीत भन्न मिल्छ ? यस क्षेत्रलाई पूर्ण व्यावसायिक बनाउन त देशका सबै अंगले एकपटक सोच्नुपर्छ र नेपाली गीतसंगीतलाई पूर्ण व्यावसायिक बनाउन सकिन्छ   नत्र भने काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।

कलाकारहरुको आर्थिक हैसियत बढ्दै गएको छ : खड्का
काठमाडौं । पछिल्लो समय नेपाली कलाकारहरु आर्थिकरुपमा सबल बन्दै गएका छन् । राम्रा र व्यावसायिक चलचित्र निर्माणसँगै अहिले कलाकारहरुको आर्थिक हैसियत निकै बलियो बन्दै गएको छ ।


आफूले राम्रो र उत्कृष्ट अभिनय गर्न सकेको खण्डमा सधैं दर्शकहरुको रोजाइमा पर्न सफल कलाकारहरुको आर्थिक अवस्था पनि सुुदढ रहने गरेको नेपाल चलचित्र उद्योगमा निकै नै जमेका र रुचाइएका कलाकार उमेश खड्का बताउँछन् । विशेष गरी खलपात्रको रुपमा अभिनय गर्दे आएका खड्का अहिलेका निकै नै व्यस्त कलाकार हुुन् । भक्तपुरका स्थायीवासी खडकाले निर्माता सुशील पोखरेलको चलचित्र जीवनदातामा ‘कालले छोड्ला तर, कालीले छोड्दैन’ भन्ने संवादकै कारण निरन्तर नेपाली चलचित्र हेर्ने दर्शकको मनमा सधैं बस्न सफल भएका थिए । उनले विराज भट्टसँग काम गरेको सुनिल ढकालको चलचित्र गंगाजलमा राम्रो सफलता पाएका थिए । त्यसैगरी प्रमोद भण्डारीको चलचित्र शपथमा पनि उनी दर्शकको नजरमा पर्न सफल भएका थिए ।


हालसम्म चार दर्जनभन्दा बढी फिल्ममा खलचरित्र निर्वाह गरिसकेका खड्काले पछिल्लो समय केही फिल्ममा सकारात्मक भूमिकासमेत निर्वाह गर्ने गरेका छन् । अभिनयप्रतिको लगावले गर्दा ‘भिलेन’ बनेका भक्तपुर, दधिकोटका उमेशले पर्दामा निर्वाह गरेको नकारात्मक भूमिकाका कारण दर्शकबाट गाली पनि खाएका छन् । फिल्म बुझ्ने दर्शकबाट भने तारिफ पनि पाएको अनुभव उनको छ । ‘सानो, छोटो भूमिका मात्र पाएको मैले ०५८ सालमा मदन घिमिरेको निर्देशनमा ‘माया नमार’ फिल्ममा ‘मेन भिलेन’ बन्ने मौका पाएँ । उक्त फिल्ममा राजेश हमाल, रमीत ढुंगाना, अमीत ढुंगाना, सञ्चिता लुइँटेलजस्ता चर्चित कलाकार थिए । त्यो फिल्ममा मैले गरेको अभिनय दर्शक तथा फिल्मकर्मीले पनि निकै मन पराए । त्यो फिल्मबाट मैले बेस्ट भिलेनको अवार्ड जितेको थिएँ । यसबाट मलाई खलपात्रकोरुपमा अभिनय गर्न थप सहयोग पुुगेको छ,’ उनले भने । आगामी दिनमा पनि आम नेपाली दर्शक र श्रोताहरुको मन जित्ने गरी राम्रा चलचित्रहरुमा अभिनय गर्ने उनी बताउँछन् । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

एउटा असफलताले सफल बनेका गायक प्रकाश गुरुङ

गोरखा जिल्लाको उत्तरी क्षेत्र सिरानचोक ७ लप्सेमा बुबा इमानसिंग गुरुङ र आमा पुनमाया गुरुङको पहिलो पुत्रको...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै