logo

पुरानाभन्दा नयाँमाथि बढी लगानी

राजेन्द्र श्रेष्ठ
गतसाता हङकङमा सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियसनसिपमा नेपाली टोली हङकङसँग पहिलो प्रतियोगितामा पराजित र दोस्रो प्रतियोगितामा आँधी र वर्षले गर्दा हङकङसँग १–१ नम्बर प्राप्त गरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली डिभिजन दुईमा झरेको अवस्था छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतल हङकङसँग हारेपछि नेपाल पहिलेकै अवस्थामा पुगेको हो । नेपाल डिभिजन एकमा उक्लेको करिब तीन वर्ष भएको थियो । तर नेपालको क्रिकेटको विवादले गर्दा नेपाली क्रिकेटको दुर्दशा हुन थालेको हो । यस्तै विवाद र पतनको स्थितिमा पनि नेपाली क्रिकेटमा उत्साह कमी भएको छैन । यसको उदाहरण एभरेस्ट प्रिमियर लिगमा खेलाडीको उत्साहजनक अक्सनमा हेर्न सकिन्छ ।


आगामी पुसमा हुने प्रतियोगिताको लागि सहभागि ६ टोलीले प्रत्येकका लागि आवश्यक १० खेलाडी किनेर सेट तयार पारेको छ । मार्की खेलाडी अथवा टोली प्रमुख खेलाडी पहिले नै पक्का भइसककेको थियो । जसमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, दिपेन्द्र सिंह ऐरी, शक्ति गौचन र सोमपाल कामीले टोलीको नेतृत्व गर्नेछन् । उनीहरु प्रत्येकले २÷२ लाख पारिश्रमिक लिएका छन् ।


तर उनीहरुको हाराहारीमा नयाँ खेलाडीहरु पनि देखिएका छन् । बलर करण केसी र सन्दीप लामिछाने तथा ब्याटसम्यान आरिफ शेख आईतबार भएको अक्सनमा १ लाख ७५ हजार रुपियाँमा खरिद भएका छन् । उनीहरु अहिले पारसहरुसँग केवल २५ हजार रकमको मात्र दुरीमा छन् । यसले के देखाउँछ भने नेपालमा पुराना खेलाडीभन्दा नयाँ खेलाडीमाथि विश्वास बढेको छ । त्यसो त सबैभन्दा बढी रकममा बिकेका चार खेलाडीमा एक खेलाडी पुरानै अनुहारका छन् । तिनी हुन् आक्रामक ब्याट्सम्यान विनोद भण्डारी । उनलाई पनि १ लाख ७५ हजारमा किनिएको छ ।


यो अक्सन हुन अगाडि सन्दीप र आरिफ ए श्रेणीमा थिएनन् । उनीहरुले हङकङविरुद्ध राम्रो प्रदर्शन गरेका थिए । यही आधारमा यी दुबैलाई आयोजकद्वारा ए श्रेणीमा बढुवा गरियो । ए श्रेणीमा हुन राष्ट्रिय टोलीबाट तीन वर्ष खेल्नु पर्ने प्रावधान रहेको छ । ए श्रेणीका खेलाडीको अक्सन न्युनतम १ लाख २५ हजारबाट शुरु गरिएको हो । आरिफलाई भैरहवा ग्लाडिएटर्सले आफनो टोलीमा सामेल गर्दा सन्दीप ललितपुर प्याट्रोइट्समा आबद्ध भएका छन् । करण भने विराटनगर वारियर्सका सदस्य बनेका छन् ।


ए श्रेणीमा रहेका केही खेलाडीको लागि दुर्भाग्य पनि बनेको छ । उनीहरु अक्सनमा बिकेनन्। आश्चर्य यो छ कि यसमा राष्ट्रिय टोलीबाट खेलेका अनिल मण्डललाई समेत भाउ दिएन । त्यस्तै नेपाली टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा तहलका मच्चाइसकेका राहुल कुमार विश्वकर्मा पनि रत्तो हातमै चित्त बुझाउनु परेको छ । उनलाई कसैले आँखा लगाएनन् । त्यस्तै सन्जम रेग्मीको घरेलु क्रिकेटमा पुनरागमन गर्ने बाटो बन्द भएको छ । अमृत भट्टराई, मन्जित श्रेष्ठ, दिपेश खत्री जस्ता खेलाडी समेत इपीएलमा देखा नपर्ने भएका छन्।


एभरेस्ट प्रिमियर लिगमा ६ टोलीले सहभागिता जनाउनेछन् । प्रत्येक टोलीले अक्सनमा १० लाख खर्च गर्न पाउने नियम राखिएको थियो । त्यस्तै प्रत्येक टोलीलेल ए श्रेणीका कम्तीमा दुई र बढीमा चार खेलाडी किन्न पाउने व्यवस्था गरिएको थियो । त्यस्तै बी श्रेणीबाट कम्तीमा चार र बढीमा ६ खेलाडी राख्न पाउनेछ । टोलीमा नपुग भएका सी श्रेणीबाट खेलाडी किन्न पाउने विकल्प राखिएको थियो ।


यो पहिलो चरणबाट खेलाडी किन्ने काम भइसकेको छ । अब प्रत्येक टोलीले विदेशबाट तीन खेलाडी लिन बाँकी रहेको छ । यो अनिवार्य पनि गरिएको छ । यस्तै टेलेन्ट हन्टमार्फत् एक स्थानीय खेलाडी पनि हरेक टोलीले राख्न सकिनेछ । यसको लागि पनि टोलीले कोसिस गरिरहेका छन् । उनीहरु अहिले खेलाडी छनोट गर्न गृह कार्य गरिरहेका छन् ।


इपीएलमा सहभागि टोलीमा भैरहवा ग्लाडिएटर्स र विराटनगर वारियर्सले पुरै १० लाख खर्च गरेका छन् । यी दुबै टोलीले मापदण्डमा राखिएको १० लाख खर्च गरेपछि उनीहरुसँग कुनै रकम बाँकी रहेन । दोस्रो बढी खर्च गर्नेमा काठमाडौं किंग्स इलेभेन र ललितपुर प्याट्रोइटस रहेका छन् । यी दुबैले ९ लाख ९५ हजार खर्च गरेर ५ लाख बचत गरे । त्यस्तै पोखरा राइनोजले ९ लाख ८० हजार रुपियाँ लगानी गर्दा २० हजार जोगाएको छ । तर चितवन टाइगर्सले भने सबैभन्दा बढी ८० हजार रकम सुरक्षित राखेको छ । कम खर्च गर्ने क्रममा चितवनले ९ लाख २० हजार रकम लगानीमा लगाएको छ ।


एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)को अक्सनमा राष्ट्रिय टोलीका चार सदस्य विनोद भण्डारी, सन्दिप लामिछाने, करण केसी र आरिफ शेखमाथि महंगो बोली लागेको छ । अक्सनमा उनीहरुमाथि १ लाख ७५ हजारको बोली लागेको छ । आरिफलाई भैरहवा ग्लाडिएटर्स, करणलाई विराटनगर वारियर्स, सन्दिपलाई ललितपुर र विनोलाई पोखरा राइनोजले किनेको छ । विनोद, सन्दिप र आरिफमा एक भन्दा बढी टिमले १ लाख ७५ हजारको बोली लाएपछि चिठ्ठा गरिएको थियो ।


भैरहवाले प्रदिप ऐरीलाई १ लाख ६० हजार, कृष्ण्न कार्की र भुवन कार्कीलाई समान १ लाख २५ हजार, रोहित पौडेललाई ९५ हजार, प्रकाश केसी र दिपेश श्रेष्ठलाई समान ७५ हजार, भूपेन्द्र थापा र हरि शंकर साहलाई ६० हजार र अविनाश बोहारालाई ५० हजारमा अनुवन्ध गरेको छ । बिरानगर बारियर्सले बसन्त रेग्मीलाई १ लाख ६० हजार, आसिफ शेखलाई १ लाख २५ हजार, अनिलकुमार साहलाई १ लाख ५ हजार र अभिनाश कर्णलाई १ लाखमा भित्र्याएको छ । यस्तै पुष्प थापा, प्रनित थापा मगर र रामनरेश गिरीलाई समान ७५ हजार, सुमित महर्जनलाई ६० हजार र अकास विष्टलाई ५० हजारमा बिराटनगरमा अनुवन्धित भएका छन् ।


चितवनले पृथु बास्कोटालाई १ लाख ४० हजार, साहब आलमलाई १ लाख २५ हजार र ललित भण्डारी १ लाख २५ हजारमा अनुबन्ध गरेको छ । यागेन्द्र कार्की १ लाख ५ हजार, सुवास खकुरेल १ लाख, सन्दिप सुनार, दिलिप नाथ र सुनम गौतम समान ७५ हजार र कमल सिंह ऐरी र भिम सार्की समान ५० हजारमा चितवनमा आवद्ध भएका छन् ।


अक्सनमा सागर पुन काठमाडौंका महंगो खेलाडी बने । उनी १ लाख ५० हजारमा अनुवन्धित हुँदा सुशील कँडेल १ लाख २५ हजार, जितेन्द्र मुखिया र नरेश बुढायर समान १ लाख २० हजार र सिद्धान्त लोहनी १ लाख १५ हजारमा टिममा आवद्ध भए । राजु रिजालम ९५ हजार, अमर सिंह रौतेला ७५ हजार, विक्रम भुसाल ७० हनार र पुरन विक ५० हजारमा अनुवन्धित भए ।


ललितपुरले मेहबुब आलमलाई १ लाख ५० हजार खर्चिएको छ भने पवन शरार्फ र कुशल भुर्तेललाई १ लाख ३५ हजार, ललित राजवंशीलाई १ लाख ५ हजार तिरेको छ । यस्तै राजिव सिंह ८५ हजार, शंकर राना ७५ हजार, सुन्दिप जोरा ५५ हजार तथा सोनु तामाङ र रसिद खान समान ५० हजारमा ललितपुरमा आवद्ध भए ।


सौरभ खनाललाई १ लाख २५ हजारमा किनेको पोखराले राजेश पुलामीलाई १ लाख २० हजार, सुनिल धमला र किशोर महतोलाई १ लाख १५ हजार र सुुशन भारीलाई १ लाख ५ हजार तिरेको छ । विक्रम शोव ७५ हजार र भुपेन खत्री, नुरध्वज शेन र सन्तोष भट्ट समाान ५० हजारमा अनुबन्धित भए । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले...

नेपालद्वारा हङकङ पराजित

थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले...

युवा टोलीको उपलब्धिपूर्ण यात्रा

सन् २०१२ बाट सुरु भएको युथ एसिया कपको चौथो संस्करणमा नेपाली टोली पहिलोपटक सेमीफाइनलमा पुगेको हो । उमेर समूहको...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै