logo

भएभरको पैसा घरजग्गा र धितोमा

काठमाडौं, कात्तिक १२ ।
बैंकहरुले आफूसँग भएको पैसा घरजग्गा र सेयरमा लगानी गरेका छन् । यसले बैंकिङ क्षेत्रमा निक्षेप सामान्य मात्रामा बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप एक दशमलव दुुई प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप क्रमशः एक दशमलव चार प्रतिशत र शून्य दशमलव छ प्रतिशतले बढेको छ । सो अवधिमा विकास बैंकहरुको निक्षेप भने शून्य दशमलव चार प्रतिशतले घटेको राष्ट्र« बैंकले जनाएको छ ।


वार्षिक विन्दुगत आधारमा २०७३ भदौ मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप १९ दशमलव आठ प्रतिशतले बढेको छ । सो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा तीन दशमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको तीन दशमलव आठ प्रतिशत, विकास बैंकहरुको दुुई दशमलव दुुई प्रतिशत र फाइनान्स कम्पनीहरुको एक दशमलव सात प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७३ भदौमा बैंक तथा फाइनान्स कम्पनीहरुको निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २७ प्रतिशतले बढेको छ ।


राष्ट्र« बैंकका अनुसार समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा चार दशमलव दुुई प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा दुुई दशमलव चार प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा चार दशमलव तीन प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा तीन दशमलव नौ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा तीन दशमलव छ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा चार प्रतिशतले बढेको छ ।


चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा बैैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलव छ प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाह भएको छ । यसैगरी १५ दशमलव दुुई प्रतिशत कर्जा चालू सम्पत्तिअन्तर्गत कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको राष्ट्र« बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९ दशमलव चार प्रतिशत र १२ दशमलव नौ प्रतिशत रहेको थियो । २०७३ भदौसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा दुुई सय ६० अर्ब एक करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । उक्त कर्जामध्येमा एक करोड रुपैयाँभन्दा कमको आवासीय कर्जाको अनुपात एक सय ४९ अर्ब ५० करोड रुपैयाँ रहेको राष्ट्र« बैंकले जनाएको छ । उक्त कर्जा बैंक तथा फाइनान्स कम्पनीहरुबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हुन आउने राष्ट्र« बैंकले जनाएको छ ।


यसैगरी चालू आवको दोस्रो महिनासम्मममा बैंक तथा फाइनान्स कम्पनीहरुले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको दुुई दशमलव एक प्रतिशत अर्थात् ३७ अर्ब ३३ करोड रुपैयाँ रहेको राष्ट्र« बैंकले जनाएको छ । वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा भने कुल कर्जाको दुई दशमलव पाँच प्रतिशत अर्थात् ३६ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट अर्थात् आयात कर्जा नौ दशमलव नौ प्रतिशत अर्थात् छ अर्ब ७२ करोड रुपैयाँ रहेको राष्ट्र« बैैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव छ प्रतिशतले बढेको थियो । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ११ लाख ९५ हजार

कर्णाली डेभपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन...

नेपाल बंगलादेश बैंकको शाखा धनुषा र सिराहामा

नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ६८ र ६९औं शाखाहरु सञ्चालनमा ल्याएको छ । यस...

मेगा बैैंकद्वारा शाखा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको छ । शाखा सञ्जाललाई...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै