logo

पुष्प प्रदर्शनीमा ५२ लाखबराबरको कारोबार

ललितपुर, असोज ३१ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको ११औं गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनीमा ५२ लाख रुपैयाँबराबरको कारोबार भएको पाइएको छ । ललितपुरको जाउलाखेलमा असोज २६ देखि ३० गतेसम्म सञ्चालन गरिएको उक्त प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने रहेको आयोजकले जानकारी दिएको छ ।


चार दिनसम्म सञ्चालित प्रदर्शनीमा ३७ हजार अवलोकनकर्ताले अवलोकन गरेको फ्यानले जानकारी दिएको हो । विभिन्न व्यवसायीहरूले उत्पादन गरेका फूलहरू आम जनमानसलाई देखाउन र गुणस्तरीय फूलको व्यापार गर्नका लागि प्रदर्शनी गरिएकोे बताइएको छ । प्रदर्शनीमा विभिन्न चार जातका गोदावरी फूल छुट्टै स्टलका साथ प्रतिस्पर्धामा राखिएको थियो भने अन्य विभिन्न जातका फूल तथा बोटबिरुवाका साथै बीउबिजनहरु पनि राखिएको थियो । मिहिनेत गरेर उत्पादन गर्ने पुष्प व्यवसायीहरूलाई प्रोत्साहित गर्नका निमित्त पुरस्कारसमेत प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा प्रथम सम्झना नर्सरी, द्वितीय अजिमा नर्सरी र तृतीय सिस्टता नर्सरी रहेका फ्यानले जानकारी दिएको छ । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

प्रदेश ५ लाई घरबारविहीन, बेवारिसे र सडक मानवमुक्त प्रदेश बनाइने

घरबारविहीन, बेवारिसे एवं खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको व्यवस्थापनका लागि...

ब्रिटिश अल्फा बेटा कप कलेजस्तरीय फुटसल प्रतियोगिता

‘द ब्रिटिश कलेज’ र ‘अल्फा बेटा इन्सिट्युट प्राइभेट लिमिटेड’को संयुक्त आयोजनामा ‘ब्रिटिस अल्फा बेटा कप...

पाल्पा सोमादी सम्पर्क समाज रुपन्देहीद्वारा भित्तेपात्रो विमोचन

पाल्पा सोमादी सम्पर्क समाज रुपन्देहीले २०७५ सालको भित्तेपात्रो विमोचन गरेको छ । भित्तेपात्रो विमोचनको अवसर...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेस किन पराजित भयो ?

नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै