logo

अर्थतन्त्र विकासका लागि साना उद्योग अपरिहार्य : उद्योगमन्त्री थापा

काठमाडौं, असोज ३१ ।
उद्योगमन्त्री सुनिलबहादुर थापाले लघु, घरेलु तथा साना उद्योगबाटै देशको अर्थतन्त्र फस्टाउने भन्दै यस्ता उद्योगको विकास अहिलेको अपरिहार्य आवश्यकता रहेको बताएका छन् । लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग नै ठूला उद्योगको आधारस्तम्भ भएकाले देशमा यस्ता उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।


उनले भने, ‘मेरो लगाव पनि यस्ता उद्योगहरूसँग भएकाले देशका लागि यिनको योगदान मैले महसुस गरेको छु, देशको आर्थिक उन्नतिमा योगदान पु-याउँदै आएका यस्ता उद्योगको प्रवद्र्धनका लागि ऋण सहुलियतदेखि के–के कुरामा सहयोग पु-याउन सकिन्छ आउनुस् छलफल गरौं ।’ निर्यातको ८० प्रतिशत घरेलु उद्योगबाट निर्यात हुने गरेको जानकारी गराउँदै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका यस्ता उद्योगको विकास र यिनका उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिएर अगाडि बढेको प्रष्ट पारे ।


उद्योगीहरुले भोग्नुपरिरहेको अन्तरमन्त्रालय समन्वयका समस्याहरुलाई अबका दिनहरुमा उद्योग मन्त्रालयमार्फत सहजीकरण हुने व्यवस्था मन्त्रालयले मिलाउन लागेको जानकारी गराउँदै मन्त्री थापाले उद्योगहरुले आर्थिक वृद्धिमा पु-याइरहेको योगदानलाई बढाउन औद्योगिक विकास तथा रोजगारी सिर्जना गर्न जरुरी भएको भन्दै विदेशमा काम गरिरहेका नेपालीहरु नेपाल फर्किसकेपछि यहाँ काम नपाउने अवस्था आएमा त्यसले समाजमा समेत नकारात्मक असर पर्नेतर्फ उद्योगी व्यवसायीसमेत सचेत रहन आग्रह गरे ।


निजी क्षेत्रको विकल्प नभएको भन्दै उनले निजी क्षेत्रसँग सरकारको समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि आवश्यक ऐन कानुन पनि सरकारले तयार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।


हालको चुनौती नीतिगत सुधार रहेकाले यसलाई प्राथमिकतामा राखेर अघि बढ्ने र यसका लागि निजी क्षेत्रले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको कथन थियो । हाल निजी क्षेत्रले भोग्नुपरेका समस्याहरुलाई विद्यमान नीतिगत व्यवस्थाभित्र रहेर तत्काल सम्बोधन गरिने र दीर्घकालीन महत्वका विषयलाई क्रमशः नीतिगत तहबाट हल गर्दै लैजाने उनले विश्वास दिलाए । सो अवसरमा मन्त्री थापाले आत्मनिर्भर अर्थतन्त्र निर्माण र स्वच्छ औद्योगिक वातावरण सिर्जना गर्न क्रियाशील रहेका लघु, घरेलु तथा साना उद्योगीहरूसँग आपसी सहकार्य गरेर नै आफू अघि बढ्ने कुरामा ढुक्क हुन महासंघ प्रतिनिधिमण्डललाई आग्रह गरेका थिए ।


नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको गुनासो गरे । स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले निर्देशिका ल्याए पनि त्यो हालसम्म कार्यान्वयनमा जान नसकेको भन्दै उनले निर्देशिकाको अक्षरशः पालना गराउन मन्त्री थापासमक्ष आग्रह गरे ।


स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने अध्यक्ष गिरीको भनाइ थियो । महासंघको प्रतिनिधिमण्डलमा पूर्वअध्यक्ष वासु गिरी, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष मोहन कटुवाललगायतको सहभागिता रहेको थियो । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दातृनिकायहरुको ठेक्कामा प्रतिस्पर्धा गर्ने व्यवस्था मिलाउन आग्रह

नेपाल निर्माण व्यवसायी महासंघले एडीबी, जाइका, विश्व बैंकलगायतका विदेशी दातृनिकायहरुको ऋण सहयोगमा आह्वान हुने...

हेटौंडा औद्योगिक क्षेत्रको ५५औं साधारणसभा

हेटौंडा औद्योगिक क्षेत्रले आफ्नो ५५औँ साधारणसभा सम्पन्न गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका...

एमजी एक्सचेन्ज अफर

नेपालमा एमजी (मोरिस ग्यारेज) को आधिकारिक वितरक, पारामाउन्ट मोटर्सले शुक्रबारदेखि आज आइतबारसम्म नेपाल...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै