logo

आयातमुखी अर्थतन्त्रले देश अघि बढ्न सक्दैन

वीरेन्द्र रावल
प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै नेपाल विश्वका विकसित मुलुकहरुको दाँजोमा आर्थिक र सामाजिक रुपले निकै नै पछाडि परेको देश हो । नेपाली जनताको जीविकोपाजर्नको मुख्य आधार भनेकै कृषि क्षेत्र हो । विगतमा नेपाललाई कृषिप्रधान देशको रुपमा चित्रण पनि गरिन्थ्यो । दुई दशकपहिलेको नेपाली कृिष प्रणाली र हालको कृर्षि प्रणालीमा आकाश–पातालको फरक रहेको छ । दुई दशकपहिले नेपालको पूरा अर्थतन्त्र कृषिले धानेको अवस्था थियो भने पछिल्लो समयमा आएर नेपालको अर्थतन्त्र रेमिट्यान्स, भन्सार र वन क्षेत्रले धानेको छ । नेपालको अर्थतन्त्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले भारतीय र चिनियाँ बजार व्यवस्थाले चलाइरहेको छ ।


नेपालमा रहेका सबै औद्योगिक निगमहरु विस्तारै राजनीतिकरण हुँदै धराशायी बनेको अवस्था देखिन्छ । नेपालमा उत्पादन हुने कागज, जुट, छाला जुत्ता, चिनी उद्योग, फलाम खानी, तामा खानी, सिमेन्ट उद्योगलगायतका ठूला–ठूला उद्योग, मिल, कलकारखानाहरु बन्द भएका कारण आज सारा नेपाल र नेपालीको अर्थतन्त्र विदेशी बजारमा विलिन हुन पुगेको छ । नेपाली जनताको रोजगारी, समृद्धि र विकाससँग सरोकार राख्ने सबै कलकारखाना, उद्योगधन्दाहरु निजीकरण हुँदै बन्द हुने अवस्थामा पुगेका कारण पनि नेपालको अर्थतन्त्रमा निकै ठूलो ह्रास उत्पन्न हुन पुगेको छ ।


नेपालको  तराईका जिल्लाहरु अन्न भण्डारका रुपमा हेरिन्छ । पहाडी जिल्लाको तुलनामा तराईका जिल्लाहरुमा बढीजसो धान, गहुँखेतीलगायतका उत्पादनहरु हुने गर्दछन् भने सम्भावना पनि निकै बढिरहेको देखिन्छ । किसानहरुले बडो मिहिनेत गरेर धान, गहुँ वा अन्य कुनै पनि तरकारीदेखि फलफूल खेतीबाट उत्पादन गर्ने गर्दछन् ।


‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भने झैं नेपालको तराईका जिल्लामा उत्पादन हुने तोरी, लसुन, पहाडमा फल्ने विभिन्न जातका फलफूल, पशुपालन, चौपाया, गाईभैंसीको ध्यू, नेपाली पहिचान दिनेखालका विभिन्न जातका पसु, चौपायादेखि लिएर खाद्यान्न  र अन्य नेपाली उत्पादनको बजार व्यवस्थापनका लागि राज्यबाट कुनै प्रकारको पहल नभएका कारण नेपाली किसानदेखि लिएर आमउपभोक्ताले निकै ठूलो सास्ती खेप्नुपरेको देखिन्छ ।  हाल नेपालमा अलैँची, चिया, कफी, अदुवा, टिमुर, हल्दी, विश्वमा नपाइने विभिन्न खालका जडिबुटी पनि नेपालमा नै पाइने गर्दछन् ।


उच्च हिमालमा पाइने यार्चागुम्बा, जटामसीलगायतका जडिबुटी, उच्च हिमालमा पाइने चौँरी र त्यसबाट बन्ने चिज, तराईका फाँटमा फल्ने धान, गहुँ, मकै, मध्यपहाडमा पाइने  धान, गहुँ, मकै विभिन्न तरकारीहरु, पसुपालनलगायतका प्रशस्तै सम्भावना र भर्जिनिटी रहेको बारेमा नेपालका शासकहरुलाई जानकारी भएकै विषय हो ।


उत्खनन हुन नसकेका फलाम, तामा, सुन, पेट्रोल र मिथेन ग्यासको भण्डार पनि नेपालमै छ । यसका बाबजुद पनि पछिल्लोपटक त नेपाललाई जलस्रोत र वनक्षेत्रमा धनी राष्ट्रका रुपमा हेरिँदै छ । तर पनि ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उक्ति नेपालीका लागि नियतिसरह बनिरहेको छ ।


दक्षिण एसियामा नेपाल गरिब मुलुकको दर्जामा पर्दछ यतिखेर । नेपाल र नेपालीको आयस्रोत अन्य देशका जनताको तुलनामा निकै कम देखिन्छ । माल भएर पनि चाल नभएका हामी नेपाली जनता र यस देशका शासकहरुका कारण आज नेपाल जुन ठाउँमा छ २० वर्षपहिले थियौं ।ं मानिसहरुको  चेतनाको स्तरमा वृद्धि भए पनि त्यसको वैज्ञानिक व्यवस्थापन नभएका कारण सारा नेपालीहरुले  अभाव र गरिबीले सिर्जना गरेको सास्ती खेप्न बाध्य भइरहेका छन् । यतिसम्मकि माल भएर पनि चाल नभएजस्तै हाम्रो जीवनशैली चलिरहेको छ ।


सबै सम्भावनाका खानीहरुले हाम्रा नेता, सामाजिक आन्दोलनका अगुवा, सञ्चार जगत् र शासक र प्रशासकदेखि आमउपभोक्तालाई गिज्याइरहेको छ । नयाँ थप उद्योगधन्दा र कलारखानाको निर्माणको त कुरै छाडौं भएका पनि बन्द गर्ने र लिलाममा चढाउने असफल विगत र वर्तमान सरकारहरुका कारण सारा नेपाली जनताले अखाद्य र अयोग्य विदेशी मालसमानहरुको उपभोग जानीनजानी गर्न बाध्य भइरहेका छन् । नेपालका केही अराष्ट्रिय दरिद्र राजनीतिज्ञहरुका कारण दैनिकजसो नेपालबाट अर्र्बौंको रकम विदेशिने गरेको छ ।


नेपालमा उत्पादन छैन, खरिदका लागि भारतीय बजारमा जानुपर्ने नेपालीको नियति नै बनिसककेको छ । नेपाली उत्पादनमा सरकारले जोड लगाएको भए आज नेपालीको यो गति नै हुने थिएन होला । हरेक दिन नेपाली सीमावर्ती भारतीय बजारमा ‘ईसका दाम कित्ना है, उसका दाम कित्ना है’ भनेर बजार तताउनुपर्ने अवस्था नै आउने थिएन होला सायद ।


भारतीय बजारमा जब सोझासाझा नेपालीहरु सामान  खरिदका लागि जान्छन् तर भारतीय व्यापारीहरुले एकाधिकार बजारसरह नेपालीमाथि चर्को मूल्य असुल्ने गर्दछन् । अर्थशास्त्रको नियमलाई नै चुनौती दिँदै ‘ईस सामानका मूल्य कम नहीँ होगा । लेना है तो लो, नैतो चले जाओ’जस्ता शब्दहरु लादिएर निरीह बनेर चर्को मूल्यमा सामान खरिद गरेर नेपाल फर्किनुपर्ने अवस्था आमनेपालीको छ । यस्तै उत्तरतर्फ चीनसँग सिमाना जोडिएका क्षेत्रहरुमा पनि नेपालीहरुको अवस्था झन् उस्तै देखिन्छ । छाङ, छुङ गर्ने ल्हासा, खासाका व्यापारीहरुले सामानको मूल्य क्याल्कुलेटरमा थिचेर नेपालीलाई चर्को मूल्य ठेलेर सामानहरु बिक्री गर्र्ने परिपाटी कायमै छ । उत्तरको पेलाइ र दक्षिणको ठेलाइमा निर्भर नेपाली बजार केवल आयातमुखी मात्र भएका कारण पनि सारा नेपाली उपभोक्ताले गुणस्तरहीन मालसमानहरु लिएर नेपाली बजारमा अखाद्य र अयोग्य मालसामानहरु बिक्रीवितरण गर्न बाध्य भइरहेका छन् । नेपाली बजारमा पाइने अधिकांश मालसामानहरुमा  विदेशबाट ल्याइसकेपछि नेपालमै सरसामान  ट्याग र उत्पादन मिति उल्लेख गर्ने परिपाटी भएका कारण पनि अधिकांश नेपालीहरुले आद्य मालसामानहरु उपभोग गरिरहेको देखिन्छ ।


नेपालबाट बाहिर जाने मालसामानदेखि जडिबुटी, गलैँचालगायतका सामानहरु गुणस्तरयुक्त बनाएर बाहिर पठाइन्छ भने विदेशबाट नेपालमा ल्याइने मालसामानहरुको गुणस्तर के हो ? भन्नेबारेमा जाँचबुझ गर्ने विशेष ल्याबको विकास र प्रबन्ध नभएका कारण पनि नेपालमा आयात हुने मालसामानको गुणस्तरका बारेमा आमसर्वसाधारण र उपभोक्ता अनभिज्ञ रहन्छन् ।


अनुगमनको अभाव : नेपाली बजारमा मालसामानहरु आइपुग्दा पनि खासै अनुगमन गरिँदैन । कमजोर अननुगमनकारी संयन्त्रकका कारण कतिपय  व्यापारीहरुले गुणस्तरहीन मालसामान फाइदाका लागि नेपाल भित्र्याउने गरेको पाइन्छ ।


दक्ष जनशक्ति र प्रविधिको कमी : भारतीय क्षेत्रबाट नेपालमा आउने गहुँ, धान, मकै, लाही र तोरी ढुवानीमा प्रयोग हुने साधनहरुलाई सूक्ष्म ढंगबाट भन्सार र गुणनियन्त्रण कार्यालयले चेकजाँच गर्ने गरेको देखिँदैन । चेकजाँचमा झन्झट हुने भन्दै ट्रकमा रहेको मालसामानमध्ये १०÷२० बोरा या अन्य सामानहरु पछाडि देखिने र चेक गर्ने निकायले देख्न सक्ने ठाउँमा राख्ने गरेको भित्री कहानीलाई मिलेमतोमा प्रक्रिया मात्र पु¥याउने भन्सार र गुणनियन्त्रणका कर्मचारीका कारण अखाद्य वस्तुहरु सहजै नेपाल भित्रिने गरेको पाइन्छ ।


स्वास्थ्यजस्तो कुरामा सौदाबाजी : मानव स्वास्थ्यजस्तो गम्भीर कुरालाई भन्सार र गुणनियन्त्रणका कर्मचारीहरुले आर्थिक प्रलोभनमा परेर भ्रष्ट र माफिया व्यापारीहरुको चलखेल र कालोबजारीको सहयात्री बनेर सारा नेपालीको स्वास्थ्यमा प्रतिकूल असर पर्नेखालका मालसामानहरु नेपाल भित्र्याउने काममा सहयोगी बनिरहेका देखिन्छन् ।


नियमनकारी निकाय नै भ्रष्ट बन्दा : सहर बजारमा भइरहेको कालोबजारी नियन्त्रण, अवैध तस्करी रोक्ने र राष्ट्रिय राजस्वमा आइरहेको चुहावटलाई रोकथाम गर्ने  महत्वपूर्ण जिम्मेवारी बोकेका गुणनियन्त्रण, वाणिज्य विभाग, प्रहरी, प्रशासनलगायतका नियमनकारी निकायले आफ्नो कर्तव्यलाई सहीढंगबाट पालना नगर्ने गरेका कारण नेपाली बजारमा अयोग्य र अखाद्य वस्तुहरुको बिक्रीवितरण भइरहेको पाइन्छ ।


जनचेतनाको कमी : दुर्गम पहाडी जिल्लाहरुमा त पेय पदार्थहरु, खाने आटा, चामल, तेल, चाउचाउ, बिष्कुट, चियापत्ती, कपडालगायतका उपभोग्य वस्तुहरुको गुणस्तर समाप्त भइसकेको महिनौं दिनसम्म पनि जनचेतनाको कमीका कारण उपभोक्ताहरु अखाद्य र गुणस्तरहीन मालसामानको प्रयोग गरिरहेका देखिन्छन् । दुगर्गममा जाने जो कोही मानिसले अखाद्य वस्तुहरुको उपयोग गर्नुपर्ने त्यहाँको बाध्यता नै बनिसकेको छ ।


अनुगमनको शैली मौसमी :  अनुगमन केवल दशैँ–तिहारमा मात्र गरिने परम्परागत परिपाटीका कारण यसले कर्मचारीहरु र नियमनकारी निकायमाथि आर्थिक अनियमितताको आरोप लाग्ने गरेको छ । कर्मचारी वा नियमनकारी निकायलाई दशैं, तिहार, नयाँ वर्षको खर्च जोहो गर्नका लागि मात्र अनुगमन त्यो पनि देखावटीरुपमा मात्र गर्ने गरेको आरोपहरु सुनिने गरेको छ । अरु दिनहरुमा छड्के अनुगमन नगरिनाले पनि आमउपभोक्ता ठगिने गरेका देखिन्छन् ।

पूर्वसूचना दिने गलत कार्य : बजार अनुगमनका क्रममा व्यापारिक प्रतिष्ठानसँग कर्मचारी, उपभोक्ता मञ्च वा प्रहरी प्रशासनका मानिस जोकोही भए पनि कोही न कोही चिनजान वा नातापाता जोडिएको अवश्य नै हुन्छ । त्यस्तो अवस्थामा बजार अनुगमकारी टोली आउँदै छ मालसामान त्यस्तो केही छ भने बाहिर गराऊ या लुकाइहाल भनेर अग्रिम सूचना दिने गलत कार्यले पनि उपभोक्ताको स्वच्छ र सफा अनि गुणस्तरयुक्त वस्तुको प्रयोगको अधिकार पूर्णरुपले हनन गर्ने कार्य भएको पाइन्छ ।


निष्कर्ष : नेपालमा भएका उद्योगधन्दा कलारखानाहरुको स्थापना, भएका तर बन्द अवस्थामा रहेकालाई सुचारु गर्ने र नेपालको जलस्रोत, कृषि र पर्यटनमा आधारित उद्योगधन्दा कारखानालाई विकास गर्दै जनतालाई आत्मनिर्भर बनाउन जरुरी छ । जब नेपाली जनता आत्मनिर्भर हुनेछन् तब देशको अर्थतन्त्रमा वृद्धि आउनेछ । त्यसका लागि राज्यले आयातमुखी नभई निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सक्नुपर्दछ । तब मात्र देश आर्थिक, सामाजिक र राजनीतिक रुपले स्थायित्वको बाटोबाट अगाडि बढ्न सक्छ । (लेखक हाम्रो सेती साप्ताहिकका सम्पादक÷प्रकाशक तथा नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका केन्द्रीय उपाध्यक्ष हुन ।)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...

नेपालको घरेलु उद्योगमा अल्लो व्यवसायको योगदान

नेपाली भूगोलको १,२०० मिटरदेखि ३,००० मिटरको उचाइसम्म पाइने अल्लोलाई अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’, ठेट...

हिमाली अर्थतन्त्रको बलियो आधार बन्दै यार्सागुम्बा

जडीबुटीको राजा मानिने यार्सागुम्बाको निर्यात वर्षेनी बढ्दो क्रममा छ । नेपालमा यसको यति नै उत्पादन हुन्छ भन्न...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै