logo

ग्याब्रिएलका सक एब्जर्बर र टायर बजारमा

काठमाडौं, असोज ३० ।
ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायर अब आधिकारिक रुपमा नेपालमा बिक्री सुरु भएको छ । सत्यदिप इन्टरनेसनल र शिवम इन्टरनेसनल ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायरका लागि आधिकारिक बिक्रेताले बिक्री सुरु गरेका हुन् ।


शनिबार काठमाडौंमा च्यानल पार्टनर मिटको आयोजना गरी ग्याब्रिएल इन्डिया लिमिटेडका एक्सपोर्ट हेड अनिल शर्मा, जोनल म्यानेजर (इस्ट) नवेद बेग चुग्दाई र नेपालका लागि इन्चार्ज आरके सिंहले संयुक्त रुपमा नेपालमा पहिलोपटक सार्वजनिक गरेका हुन् । सो अवसरमा सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमाल तथा शिवम इन्टरनेसनलका सञ्चालक मनोज कोचरको समेत उपस्थिति थियो । कार्यक्रममा काठमाडौं उपत्यकामा पार्टस् व्यवसायमा संलग्न व्यवसायीहरुको सहभागिता थियो ।


सो अवसरमा ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायरका साथै कम्पनी र यसका अन्य उत्पादनका बारेमा समेत जानकारी प्रदान गरिएको थियो । ग्याब्रिएल इन्डियाले टु ह्विलर, थ्री ह्विलर, प्यासेन्जर कार र कमर्सियल गाडीहरुको सक एब्जर्बर उत्पादन गर्दै आएको छ । त्यसैगरी ग्याब्रिएल इन्डियाले दुई पांग्रे र तीन पांग्रे सवारीका लागि टायर उपलब्ध गराउँदै आएको छ । छोटो समयमै यो टायरको भारतमा उच्च माग भएकाले नेपालमा समेत बिक्रीका लागि उपलब्ध गराएको कम्पनीको भनाइ छ । आनन्द ग्रुपअन्तर्गतको ग्याब्रिएल इन्डिया सन् १९६१ मा स्थापना भएको थियो । हाल कम्पनीले सक एब्जर्बर, स्ट्रट र फ्रन्ट फोर्क गरी अटोमोटिभ सेगमेन्टका तीन सयभन्दा बढी मोडलका उत्पादन उपलब्ध गराउँदै आएको छ ।


भारतमा राइड कन्ट्रोलसम्बन्धी पार्टस् उपलब्ध गराउने कम्पनीमा ग्याब्रिएल इन्डियाको नाम अग्रपंक्तिमा आउँछ । भारतको पुनेलगायतका सात स्थानमा यसका कारखाना रहेका छन् । भारतमा उत्पादन हुने विभिन्न कम्पनीका दुई पांग्रे तथा चार पांग्रे सवारीमा ग्याब्रिएलका सक एब्जर्बर ओरिजिनल इक्विपमेन्ट (ओई) को रुपमा सुरुमै फिटिङ भएर आउँछन् । ग्याब्रिएल इन्डियाले जापानको केवाईबी, स्पेनको केवाईबीएसई र यामाहा मोटर हाइड्रोलिक सिस्टम, जापानसँग पहिलेदेखि नै प्राविधिक सहकार्य गर्दै आएको छ । हालै कम्पनीले केओएनआई सक एब्जर्बरसँग टेक्नोलोजी लाइसेन्स एग्रिमेन्ट समेत गरेको छ । उच्च स्तरीय तालिम प्राप्त जनशक्ति, उच्च पर्फमेन्सयुक्त उत्पादन र विश्वस्तरीय म्यानुफ्याक्चरिङ फ्यासिलिटी भएकाले ग्याब्रिएल इन्डिया विभिन्न पुरस्कार र सम्मानबाट समेत सुशोभित भएको छ । पछिल्लो समयमा द इकोनोमिक टाइम्स र द ग्रेट प्लेस टु वर्क इन्स्टिच्युट, इन्डियाद्वारा अध्ययन गरिएको ‘इन्डियाज द बेस्ट कम्पनीज टु वर्क फर २०१६’ मा ग्याब्रिएल इन्डिया पनि सूचीकृत भएको छ । विभिन्न कम्पनीहरुले प्रदान गरेका यस्ता दर्जनौं पुरस्कारबाट ग्याब्रिएल इन्डिया पुरस्कृत भइसकेको कम्पनीले जानकारी गराएको हो । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को तयारी पूरा, आज उद्घाटन

आज बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना हुने फर्निचर तथा फर्निसिङ...

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गतेसम्म स्यार्पुताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको काम...

यतिले भित्र्यायो नयाँ विमान

यति एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा तेस्रो एटीआर–७२–५०० विमान भित्र्याएको छ । कम्पनीको नयाँ विमान...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै