logo

नेपालको सम्भावना सकियो

सन् २०१९ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनौट खेल जिम्बावेमा आगामी मार्चमा हुने भएको छ । १० टोली सहभागी विश्वकप क्रिकेटमा एकदिवसीय वरियताको शीर्ष ८ मा रहेका टोली सिधै छनौट हुने छन् । बाँकी २ टोलीका लागि एकदिवसीय वरियता (ओडिआई) वरियताको पुछारमा रहेका ४ टोली, वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहने टोली र डिभिजन टु का शीर्ष २ गरी १० टोली प्रतिस्पर्धा गर्ने छन् । छनौट खेल्ने ६ टोलीको टुंगो लागे पनि बाँकी ४ टोलीको टुंगो लाग्न सकेको छैन । एकदिवसीय वरियताको पुछारमा रहेका वेष्र्टण्डिज, अफगानिस्तान, जिम्बावे र आयरल्याण्डले छनौट खेल खेल्ने छन् । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपबाट नेदरल्याण्ड्स र पपुवा न्युगिनीले छनौटमा स्थान बनाएका छन् भने बाँकी २ टोलीको टुंगो लागेको छैन । त्यस्तै डिभिजन टु मा रहने टोलीको समेत टुंगो लाग्न बाँकी छ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको खेल सकिए लगत्तै डिभिजन टु को प्रतिस्पर्धा सुरु हुनेछ । नामिबिया, युएई, क्यानडा र ओमान हाल डिभिजन टु मा छन् । नेपाल, केन्या र हङकङ मध्ये एक टोली छनौटमा पर्ने छन भने २ टोली डिभिजन टुमा घटुवा हुनेछन् । छनौट प्रतियोगीता सुरुमा राउण्ड रोबिन लिग र त्यसपछि नकआउटका आधारमा सञ्चालन हुनेछ ।


नेपाल अहिले विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा ११ खेल मध्य ४ मा जित ७ मा हार ८ अंकसहित छैठो स्थान छ । नेपाल विश्व कप छ्नोट प्रतियोगिता खेल्छ कि खेल्दैन भन्ने धेरै आशंका नेपाली क्रिकेट प्रेमी माझ रहेको छ । १३ अक्टोबर (शुक्रबार) हंकङकसँग नेपालले ८३ रनमा हारेपछि नेपाल डिभिजन १ बाट खेल्ने सम्भावना लगभग सकिएको छ । आज हुने नेपाल र हङकङको खेलको नतिजाले नेपालको सम्भावना नभए पनि हङकङको सम्भावना कायमै रहने छ ।  नेपालको अब जम्मा ३ खेल बाँकी छ जसमा १ खेल आज हङकङ खेल्नेछ भने अर्को २ खेल युएईसँग पनि उसैको मैदानमा खेल्ने छ ।


नेपालले विश्वकप छनोट प्रतियोगिता खेल्न अब बाँकी तीन खेल मध्य तीनै खेलमा जित निकाले पनि सम्भावना गणितीय मात्र बाँकी रहन्छ । नेपालले ४ खेलमध्ये एक खेलमा पनि हारिसकेको हुनाले डिभिजन २ मा रेलिगेट हुने पक्का भएको छ । नेपाल डिभिजन २ मा रेलिगेट भए पनि नेपालसँग अर्को मौका छ । विश्व क्रिकेट लिगका पुछारका ४ टिम, ओमन र क्यानडाबीच डिभिजन २ प्रतियोगिता हुनेछ । डिभिजन २ मा पहिलो वा दोस्रो हुने रास्ट्रले विश्व कप छनोट प्रतियोगिता खेल्न पाउने छन । यदी नेपालले डिभिजन २ मा पहिलो वा दोस्रोमा स्थान बनाउन सके भने पनि विश्व कप छनोट प्रतियोगिता खेल्न पाउने छ ।


नेपालले विश्व क्रिकेट लिग (ड्ब्लुसिएल) वा डिभिजन २ दुबै चरणमा छ्नोट हुनबाट चुक्यो भने चार वर्षपछि धकलिने छ । विश्व क्रिकेट लिग (डब्लूसीएल) च्याम्पियनसिपमा जित्नै पर्ने खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएपछि शीर्ष चारमा रहँदै अघिल्लोचरण छनोट हुने सम्भावना लगभग सकिएको छ । शीर्ष चारमा रहँदै एकदिवसीय विश्वकप पुग्ने सपनालाई जीवितै राख्न पनि हङकङलाई उसको घरेलु मैदानमा पराजित गर्नुपर्ने बाध्यता नेपालसँग थियो । तर नेपाली बलरको राम्रो प्रदर्शनका बाबजुत पनि ब्याटिङ लाइन अप चल्न नसक्दा नेपाल फराकिलो अन्तरको हार बेहोर्न बाध्य भयो ।


छैटौं चरणको पहिलो खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले हङकङलाई १ सय ९४ रनमा समेटेको थियो । जवाफमा नेपाल ३४ ओभर ५ बलमा १ सय ११ रनमा अलआउट भयो । नेपालका लागि पारस खड्काको २६ रन सर्वाधिक रह्यो । अन्य खेलाडी ज्ञानेन्द्र मल्लले २१ तथा आरिफ सेखले २३ रन बनाए भने दोहोरो स्कोरका रूपमा विनोद भण्डारीले १८ रन प्रहार गरे । नेपालका लागि भण्डारीले मात्र छक्का प्रहार गरेका थिए । हङकङका इशान खानले ५ विकेट लिए भने अजिज खानको नाममा ३ विकेट रह्यो ।


त्यसअघि हङकङलाई मध्यम स्कोरमा समेट्न नेपालका सन्दिप लामिछानेले ३ तथा करण केसी र वसन्त रेग्मीले २–२ विकेट लिए । हङकङलाई सम्मानजनक स्कोरमा पु-याउन ओपनर जेमी अतिकिन्सनले ७६ रनको उच्च स्कोर तयार गरेका थिए । एकपटक १ सय १९ मा ७ विकेट गुमाएर धर्मराएको भए पनि उसका पछिल्ला क्रमका ब्याट्सम्यान सम्हालिँदै गएपछि टिमको स्कोर १ सय ९४ रन पु-याएको थियो । शुक्रबारको नतिजापछि नेपाल प्रतियोगिताबाट औपचारिक रूपमा बाहिरी नसके पनि अब संघर्ष डिभिजन वानमै रहनका लागि मात्र हुने निश्चित छ । लिगको छैटौं स्थानमा रहेको नेपालको ८ अंक छ । पाँचौं स्थानको केन्याको १२ तथा चौथो स्थानको हङकङको १३ अंक पुगेको छ ।


यो अवस्थामा नेपालले बाँकी तीनै खेल जित्नैपर्ने हुन्छ भने हङकङ र केन्याले बाँकी सबै खेल हारे मात्र अगिल्लो चरणमा स्थान बनाउनेछ । नेपालले हङकङविरुद्ध दोस्रो खेल आज आइतबार खेल्नेछ भने डब्लूसीएलको अन्तिम चरणमा नेपालले यूएईको सामना गर्नेछ । दाबेदार हङकङले पपुवा न्युगिनी र केन्याले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् ।


डब्लूसीएल च्याम्पियनसिपमा नेदरल्यान्ड र पपुवा न्युगिनी छनोट भइसकेका छन् । अब स्कटल्यान्ड, हङकङ, केन्या र नेपालमध्ये दुई टिम छनोट हुनेछन् । जसमा स्कटल्यान्ड र हङकङको सम्भावना बढी छ । यस्तोमा नेपाल शीर्ष चारमा नपुगे पनि डिभिजन एकमा नै रहनका लागि पनि बाँकी खेलमा जित निकाल्नैपर्ने हुन्छ । च्याम्पियनसिपको शीर्ष चारमा पर्न नसक्ने चार टिम डिभिजन–२ मा झर्नेछन् । जसमा नामिबिया र यूएई डिभिजन–२ मा घटुवा भइसकेका छन् । अब दुई टिमको टुंगो अन्तिम चरणको खेलले लगाउनेछ । जसमा स्कटल्यान्ड, हङकङ, केन्या र नेपालमध्ये दुई टिम डिभिजन–२ मा झर्नेछन् । डिभिजन–२ मा शीर्ष दुईभित्र पर्ने टिमले विश्वकप छनोट खेल्न पाउनेछन् ।


खेलपछि नेपाली टिमका प्रशिक्षक जगत टमाटाले ब्याट्सम्यानको खराब प्रदर्शनले पराजित हुनु परेको बताए । उनले भने, ‘हामीले आजको म्याच ब्याट्सम्यानकै कमजोरीले हा-यौं, उनीहरू आफ्नो जिम्मेवारी बहन गर्न असफल भए । ब्याट्सम्यानहरू चाँडै आउट हुँदा पछिल्ला क्रमका खेलाडीमाथि प्रेसर थपियो ।’


टमटाले ब्याट्सम्यान गैरजिम्मेवार बनेको आरोप लगाए । उनले भने, ‘हामीले ठूलो प्रतियोगिता जित्ने लक्ष्य बनाउछौं भने ब्याट्सम्यानले जिम्मेबारीबोध गर्नैपर्छ ।’ ब्याट्सम्यानको आलोचना गरिरहँदा प्रशिक्षक टमाटाले बलरहरूको प्रदर्शनको खुलेरै तारिफ गरे । उनले भने, ‘हामीले योजनाअनुसार नै टस जितेर बलिङ रोजेका थियौं र हाम्रो निर्णय सही साबित भयो ।’ हङकङलाई उसकै मैदानमा १ सय ९४ मा रोक्नु बलरहरूको शानदार प्रदर्शन भएको उनको टिप्पणी थियो ।


त्यस्तै, नेपाली टोलीका कप्तान पारस खड्काले पनि ब्याटिङकै कमजोरीले पराजित हुनुपरेको स्वीकारे । उनले भने, ‘हाम्रा लागि १ सय ९५ को लक्ष्य त्यति ठूलो थिएन तर अपेक्षाअनुसार ब्याटिङ गर्न सकिएन ।’ विश्व क्रिकेट लिग (डब्लूसीएल) च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको महत्वपूर्ण खेलमा पराजित भएपछि नेपाललाई एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा पुग्न कठिन छ । पराजयसँगै नेपालको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप छनोट खेल्ने अभियान संकटमा परेको हो । प्रतियोगिताको शीर्ष ४ मा पुगेर एक दिवसीय क्रिकेटको मान्यता पाउने नेपालको लक्ष्य पनि हङकङसँगको हारले धरमराएको छ । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

न्यूनदृष्टियुक्तको क्रिकेट प्रतियोगिता

नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रङ्गशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता...

‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन वटा खेल हुँदैछन् । आज तीन वटा खेल भएसँगै दोस्रो...

महिला फुटबल दोस्रो चरणमा

नेपाली महिला फुटबल टोलीलाई तीन विभागीय टोलीले धानेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै