logo

छाडा गीतले नेपाली संस्कृति बिगारेको छ

साँच्चै अहिलेको नेपाली लोकदोहोरीको अवस्थालाई नजिकबाट हेर्ने हो भने हामीले सहजै अनुमान गर्न सकिन्छ कि नेपाली लोकदोहोरी गीत अहिले लोकफोहोरी गीतको सूचीमा दर्जा हुन पुगेको अवस्था छ । यो अवस्थाको जानकार नेपाली लोकगीत दोहोरी गीतका गायक, सर्जक तथा शुभचिन्तक सबै छन् । कोही नजानेर नेपाली लोकदोहोरी बिगारेका छन् भने कसैले यहाँ रातारात आफू हिट बन्ने दिवा सपना देखेर नेपाली लोकसंस्कृति बिगार्नमा तल्लिन बनेका छन् । तर कोही कलाकारहरु यस क्षेत्रको संरक्षण गर्नमा व्यस्त रहेका छन् तर त्यस्ता कलाकाहरु सबै चर्चाबाट बाहिर रहन्छन् । त्यसमध्येका एक हुन् लोकदोहोरी गायक तथा संगीतकार विरही कार्की । उनै सुमधुर स्वरका धनी गायक हुन्– विरही कार्कीसँग जनमञ्च साप्ताहिकका रंगमञ्च स्तम्भकार रामप्रसाद पाठकले गरेको समसामयिक वार्तालाप :


आजभोलि के गर्दै हुनुहुन्छ ?
अहिले चाडबाडको बेला छ । दशैंमा गाउँतिर गएर त्यतातिर भएका कार्यक्रममा सरिक भएर आइयो । अहिले तिहारको रमझम छ । त्यसको अवसरमा विभिन्न कार्यक्रमा सहभागी हुन व्यस्त रहेको छु भनौं ।


तपाईंको बाल्यकाल कहाँ बित्यो अलिकति बताइदिनुस् न ?
म गोर्खाको पालुङटार नगरपालिका लिगलिगकोटमा फूलमाया कार्कीको कोखबाट जन्मेको हुँ । र, मेरो बाल्यकाल गोर्खामै बित्यो भनौं ।


कलाकारितामा कहिलेदेखि लाग्नुभयो ?
वि.सं. २०५३ पुस २७ गते रेडियो नेपालबाट सरर मिनी बसैमा भन्ने लोकगीत गाएर स्वर परीक्षा पास गरेबाट औपचारिक रुपमा यस क्षेत्रमा प्रवेश गरेको हुँ ।


तपाईंले त एकल साँझसमेत गरिसक्नुभएको छ, अब फेरि अर्को एकल साँझ गर्ने तयारी छ कि ?
 अहिले तत्काल त छैन तर अर्को वर्षतिर भने गर्ने योजना छ भनौं ।


 तपाईंले फूलमाया कार्की सामाजिक संस्था पनि सञ्चालन गरिरहनुभएको छ, कस्तो छ यसको हाल खबर ?
राम्रै छ भनौं । मेरो आमाको नामबाट सञ्चालनमा ल्याएको यो संस्थाले गोर्खा र चितवनमा गरिब तथा पिछडिएका बच्चाहरु पढाइरहेको छ । यस्तै अरु पनि सामाजिक कार्यमा सक्रिय छ यो फाउण्डेशन ।


अहिलेसम्म कति गीत गाउनुभयो ?
अहिलेसम्म दुई सयभन्दा बढी गीत गाएको छु भने सयभन्दा बढी मैले संकलन गरेका गीत छन् । मेरा एकल र सामूहिक गरेर सत्ताइसवटा रहेका छन् ।


तपाईंले गाएका चर्चित गीतहरुमध्ये केहीको नाम पनि बताइदिनुहोस् न ?
सुनखानीमा सुन, आमा तिम्ले लगाएको चुरा फुट्दाखेरि, आमा भाग १, २, ३, जुनकिरी, मायालु हजारलगायत छन् ।


अब बजारमा आउने कुनै गीत छन् कि ?
हजुर अहिले मेरो डाँडैमा बिजुली आयो भन्ने गीत बजारमा आइरहेको छ । र, अब आउने तयारीमा आमा भाग चार र लोकदोहोरी संग्रह आँखै नलाउने पनि ल्याउने तयारीमा छु ।


अहिलेको नेपाली लोकदोहोरी गीतलाई कसरी हेर्नुभएको छ ?
वास्तवमा अहिलेको नेपाली लोकदोहोरी गीतको बारेमा भन्ने हो भने त एकदमै खराब परिस्थिति सिर्जना भएको छ । मै हुँ भन्ने गायकगायिकाहरु पनि नेपाली लोकदोहोरीको ठेटपन बिगार्नमा तल्लिन रहेका छन् र तिनै फेरि नेपाली लोकदोहोरी गीतको संरक्षण गर्ने अभियानमा दौडिएको अभिनय गरिरहेका हुन्छन् । यहाँ छाडा गीत गाएर कहीँ नेपाली लोकसंस्कृतिको संरक्षण हुन्छ ? छाडा गीतले नै नेपाली संस्कृति बिगारेको छ ।


अन्त्यमा केही भन्नुहुन्छ कि ?
 सर्वप्रथम त ढिलै भए पनि विजया दशमी र दीपावलीको शुभ अवसरमा नेपाली गीतसंगीत शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना प्रदान गर्न चाहन्छु र मेरा मनका छटपटीलाई यस साप्ताहिकमार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्नुभएकोमा जनमञ्च साप्ताहिक र तपाईं गायक तथा पत्रकार मित्र रामप्रसाद पाठकप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

एउटा असफलताले सफल बनेका गायक प्रकाश गुरुङ

गोरखा जिल्लाको उत्तरी क्षेत्र सिरानचोक ७ लप्सेमा बुबा इमानसिंग गुरुङ र आमा पुनमाया गुरुङको पहिलो पुत्रको...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै