logo

काजलको शोकलाई शक्तिमा बदल्दै रामजी नेपाली फाउण्डेसन

बाल कलाकार काजल नेपालीको सम्झनामा उनको शोकलाई शक्तिमा बदल्दै  राजधानीको भृकुटीमण्डपमा खुल्ला रक्तदान गरिएको छ । गत बिहीबार अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा फ्यान्कोनी एनिमिया रोगका कारण मृत्यु भएको उनको सम्झनामा रामजी नेपाली फाउण्डेशनले बृहत् रक्तदान कार्यक्रम गरेको हो ।


बाल कलाकार काजल नेपालीको आत्मले शान्ति पाओस् भन्दै तमाम अस्पतालमा रगत नपाएर छट्पटाइरहेका बिरामीलाई रगत अभाव हुन नदिने उद्देश्यका साथ शोकलाई शक्तिमा बदल्ने कोसिसस्वरुप यो कार्यक्रमको आयोजना गरेको फाउण्डेशनका अध्यक्ष रामजी नेपालीले बताए । कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले छोरी गुमाउनुको पीडासँगै सामाजिक कार्यमा सक्रिय रामजी नेपाली फाउण्डेशनका कार्यको सहराना गरेका थिए ।


त्यस्तै नेपाल रेडक्रस सोसाइटीका तर्फबाट बोल्दै गमला क्षेत्रीले भनिन्, ‘सायद पहिलो यस्तो कार्यक्रम नै हुनुपर्छ घरमा पीडाको बेलामा पनि रक्तदान कार्यक्रम गरिएको ।’ यसबाट अन्यले पनि प्रेरणा लिने उनको विश्वास थियो । उक्त कार्यक्रममा उज्जवल नक्षत्र समाजका कोषाध्यक्ष दृष्टिविहीन सुशील अधिकारी, चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी, नायिका सारिका घिमिरे, काजलकी माता तथा वरिष्ठ लोक गायिका कृष्णा परियार, साहित्यकार महेश प्रसाईं, मिलापका कृष्ण भुसाल, सानुकाजी श्रेष्ठ, निर्देशक देव नेपाल, वरिष्ठ नृत्य निर्देश याम गुरुङ, सह निर्देशक किशोर खतिवडा, गीतकार कृष्णराज पाण्डेय, समाजसेवी संजय श्रेष्ठ, लेखक दीपक शर्मा, कलाकार होमलाल पुन, किरण थापा, विमल बर्देवालगायतले आ–आप्mना भनाइ राखेका थिए । रेडक्रसका धना भण्डारी, राधिका कुँवर र रचना पौडेलले सहजीकरण गरेको कार्यक्रममा एक दर्जनले रक्तदान गरेका थिए ।


२०६८ सालदेखि म्युजिक भिडियोहरुमा अभिनय यात्रा ुरु गरेकी काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’मा अभिनय गरेकी थिइन । आउन पाइन घर यो दशैँमा, खोलाजस्तै हो रे चोला नि, धिन ताका धिन, बैंश गयो हाँसेरलगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजल केही वर्षदेखि फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन् ।


विजया दशमीको दिन कान्ति बाल अस्पताल भर्ना गरी उपचार गर्दै गरेकोमा अचानक बेहोस भएपछि त्यहाँ आईसीयू बेड खाली नभएपछि अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा लगी भेन्टिलेटरमा राखी उपचार गरिएको थियो जहाँ उनको बिहीबार राति मृत्यु भएको थियो ।


काजल गायक तथा सामाजिक अभियन्ता रामजी नेपाली एवम् लोकप्रिय लोकगायिका कृष्णा परियारकी जेठी छोरी हुन् । लामो समयदेखि कलाकारिता पेसासँगै सामाजिक सेवाजस्तो पवित्र कार्यमा दौडिँदा दौडिँदैमा आफूमाथि आइपरेको यो ठूलो बज्रपातमा पनि अति संवेदनशील भएर त्यसबीचमा पनि कति विचलित नबनी शोकलाई शक्तिमा बदल्न रक्तदान जस्तो अति नै पवित्र कार्य गरी शोकलाई शक्तिमा बदलेर सबैमा उदाहरणीय कार्यको थालनी गायक दम्पती र रामजी नेपाली फाउण्डेसनले गरेको छ, यो कार्यबाट अरुले पनि पाठ सिक्नुपर्ने बेला आएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

नयाँ सालमा कलाकारिता कता मोडिएला ?

नयाँ सालको कलाकारिताको यात्राको सम्भाव्यताबारे आँकलन गर्नुभन्दा गत वर्षको नेपालीकलाकारितको बारेमा लेखा जोखा...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेस किन पराजित भयो ?

नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै