logo

छ सय मिलियन चिनियाँ पर्यटक कहाँँ जालान् ?

निनाम लोवात्ती कुलुङ
हुन त चीनको सन्दर्भमा पर्यटनको कुरो गर्दा सुरुमा कडा खालको साम्यवादी शासन व्यवस्था भएकोले (हाल पनि चीनले घोषित रुपमा आफूलाई प्रजातान्त्रिक शासन व्यवस्था भएको देश नभने पनि केही दशकदेखि आर्थिक र सामाजिक रुपमा धेरै हदसम्म खुलापन अपनाएको छ) सन् १९८० सम्म चिनियाँ सर्वसाधारण नागरिकहरुलाई बाहिरी मुलुकमा आफूखुसी घुम्न जाने अनुमति थिएन । सर्वप्रथम चीन सरकारले एसिया, युरोप, अमेरिकालगायतका छानिएका देशमा पर्यटक भएर जानका लागि आफ्ना देशका सर्वसाधारण नागरिकलाई सन् १९८० देखि अनुमति दिएको थियो । चीन सरकारले आफ्ना देशका सर्वसाधारण नागरिकलाई विदेश घुम्न जान पाउने अस्थायी प्रकृतिको अनुमतिको व्यवस्थालाई ‘एपु्रभ्ड डेस्टिनेसन्स स्टाटस’को रुपमा बुझिन्थ्यो । यसरी चीनले सुरुमा आफ्ना देशका सर्वसाधारण नागरिकलाई जथाभावी विदेश घुम्न जान नदिएर सीमित देशहरु छनौट गरेर पर्यटकको रुपमा घुम्न जान दिएको थियो ।


नेपालमा भने सन् २००३ देखि मात्रै चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रुपमा पर्यटकको रुपमा भ्रमण गर्ने अनुमति दिएको हो । यसरी सन् २००३ देखि चीन सरकारले आफ्नो देशका नागरिकलाई नेपालमा पर्यटक भएर आउने अनमुति अर्थात् ‘एपु्रभ्ड डेस्टिनेसन्स स्टाटस’ दिएयता अपवादबाहेक नेपाल आउने चिनियाँ पर्यटकको संख्या वर्षेनी बढ्दै गएको देखिन्छ । हुन पनि तथ्यांक हेर्दा के देखिन्छ भने सन् २००३ मा पर्यटकको रुपमा नेपाल भ्रमण गर्ने अनुमति पाएपछि सोही वर्ष सात हजार पाँच सय ६२ सर्वसाधारण चिनियाँ नागरिक पर्यटकका रुपमा नेपाल घुम्न आएका थिए । त्यसयता नेपाल आउने चिनियाँ पर्यटकको संख्या संख्यात्मक रुपमा लगातार बढेको बढ्यै देखिन्छ । चिनियाँ पर्यटक संख्यात्मक रुपमा लगातार बढ्ने क्रममा सन् २०१४ (लगभग १२ वर्षको अन्तराल)मा एक लाख २३ हजार आठ सय पाँच चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसो त विगत लामो समयदेखि हरेक वर्ष नेपाल आउने पर्यटकको सबैभन्दा धेरै संख्या हालसम्म दक्षिणको छिमेकी देश भारत रहँदै आएकोमा अबका केही वर्षपछि उत्तरको छिमेकी देश चीन हुनेमा कुनै शंका नहोला कि ! यसरी अबको केही वर्षमै तीनतिर (पूर्व–दक्षिण–पश्चिम)बाट घेरिएको छिमेकी देश भारतभन्दा एकातिर (उत्तर)बाट मात्र  घेरिएको छिमेकी देश चीनबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने निश्चित छ ।      


विश्वमा चिनियाँ पर्यटकहरुले भ्रमण गर्ने पर्यटकको संख्याको सन्दर्भमा भन्नुपर्दा ‘ट्राभल बिज न्युज’ले चाइना नेसनल टुरिज्म एडमिनिस्ट्रेसन (सीएनटीए)लाई उद्धृत गर्दै छापेको एक समाचारअनुसार आगामी पाँच वर्षमा छ सय मिलियन चिनियाँ नागरिकहरु पर्यटकको रुपमा विदेश भ्रमणमा निक्लिनेछन् । जबकि सन् २०१५ मा एक सय २० मिलियन चिनियाँ पर्यटकहरु विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लेका थिए । तथ्यांकअनुसार यो भनेको सन् २०१४ मा विदेश घुम्न निक्लेका चिनियाँ पर्यटकको तुलनामा सन् २०१५ मा विदेश घुम्न निक्लेका चिनियाँ पर्यटकको संख्या १९ दशमलव पाँच प्रतिशतले बढी हो । त्यस्तै सन् २०१४ मा एक सय नौ मिलियन मिलियन चिनियाँ पर्यटकहरु विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लेका थिए । समाचारअनुसार यो भनेको सन् १९८९ को भन्दा १३ पटक (गुणा)ले बढी हो ।


हुन त सन् २०१६ मा नेपाल सरकारले नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या बढाउनकै लागि भनेर नेपाल आउन चाहने चिनियाँ पर्यटकहरुलाई (१ जनवरी, २०१६ देखि) निःशुल्क प्रवेशाज्ञा (भिसा) दिने नीति लिएको छ । त्यसका लागि हाल नेपाल सरकारले १५ दिन, ३० दिन र ९० दिन गरी तीन तहमा नेपाल आउन चाहने चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था लागू गरेको छ भने यसरी पर्यटक भएर नेपाल आउन चाहने चिनियाँ नागरिकहरुले हाललाई चीनको राजधानी बेइजिङमा रहेको नेपाली राजदूतावास, चीनको स्वशासित क्षेत्र ल्हासा, साङघाई र, हङकङस्थित नेपाली महावाणिज्य दूतावासबाट यस्तो प्रवेशाज्ञा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । तर, चिनियाँ पर्यटकका लागि अझ सहजताका लागि नेपालले १५ दिन, ३० दिन, ४५ दिन र ९० दिन गरी चार तहको प्रवेशाज्ञाको व्यवस्था गर्दा अझ राम्रो हुने देखिन्छ । र, नेपाल आउन चाहने चिनियाँ पर्यटकका लागि मकाउलगायत चीनको अन्य ठूला र पायक पर्ने सहरबाट पनि सहज रुपमा  प्रवेशाज्ञा उपलब्ध गराउनसके नेपालमा चिनियाँ पर्यटक बढाउने अभियानमा ‘सुनमा सुगन्ध’ हुने थियो । यसका लागि नेपाली पक्षले तुरुन्तै पहल गर्नुपर्ने देखिन्छ । हुन त हाल (यो वर्ष) चीन सरकारले नै सन् २०१७ मा धेरैभन्दा धेरै चिनियाँ नागरिकहरुलाई पर्यटक भएर नेपाल भ्रमण गर्नका लागि ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम २०१७’ घोषणा गरेको/लागू गरेको छ ।


यो पंक्तिकार ट्रेकिङ गाइड (गाइड लाइसेन्स नम्बर–४२४२ ग्रेड ‘ए’) पनि भएकोले धेरैजसो पदयात्रा मार्गमा के देखेको छ भने कतिपय चिनियाँ पर्यटक पनि आपूm बसेको होटलधनीलाई एक कप तातो पानी मागेर चाउचाउ भिजाएर छाक टार्ने र ग्रिन टी पिउने चिनियाँ पर्यटकहरु पनि प्रशस्तै भेटिन्छन् भने भारतीय पर्यटकहरु त अधिकांश पशुपतिनाथको दर्शन गर्न आउनेहरु छन् । त्यही पनि दिसा गर्दा पानी बोक्न चाहिने लोटा (?) समेत उतैबाट लिएर आउनेहरु धेरै छन् । अब तपाईँ नै भन्नुहोस् त ? यस्ता पर्यटकबाट हामीले के आशा गर्ने ?


चिनियाँ पर्यटकको सन्दर्भमा भन्नुपर्दा हालसम्म नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लिने खालका छन् । जस्तै चार/पाँच दिनदेखि सात/नौ दिनसम्म नेपाल बिताउनेहरु बढी देखिन्छ । तर, चिनियाँ पर्यटकको बसाइ छोटो हुने भए पनि उनीहरु ट्रेकिङ, ¥याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरुलाई भने फाइदै फाइदा छ । तापनि हामीले डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तीमा आठ/दश दिनदेखि १४/१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटकहरु धेरैभन्दा धेरै संख्यामा भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ ।


त्यसो त खासमा चिनियाँ पर्यटक ‘मख्खीचुस’ होइनन् भन्ने त केही वर्ष अघिदेखि उनीहरु लगातार रुपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिने गरेकोले पनि देखाउँछ । त्यतिमात्रै होइन, चिनियाँहरु संख्याकै आधारमा पनि विश्वका धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पर्यटकका रुपमा दरिएका छन् । यसरी हेर्दा चिनियाँ पर्यटक भित्र्याउनका लागि मात्रै होइन, कुनै पनि देशका पर्यटक भित्र्याउनका लागि नभई नहुने आधारभूत आवश्यकताहरु जस्तै हवाई मैदान अर्थात् विमानस्थल, मोटरबाटो, होटल, लज, गेस्ट हाउस, रिसोर्ट, मोटेल (नेपालमा हालसम्म मोटेलको अवधारणाले साकार रुप लिइसकेको छैन) हामीसँग पर्याप्त छैन । त्यस्तै पर्यटकले इच्छाएको खाना, हुन त खानाको सन्दर्भमा भन्नुपर्दा स्थानीय उत्पादनलाई जोड नदिने हो भने कुनै पनि पर्यटकले खानाका लागि खर्च गर्ने लगभग ८० प्रतिशत पैसा विदेशिने सम्भावना हुन्छ । यो कुरा केही अघिसम्म र, हालसम्म पनि नेपालमा सञ्चालित ठूला होटल/तारे होटलहरुमा माछा, मासु, मरमसला, खाद्यान, पेय, पदार्थलगायत कतिपय आवश्यक सरसामान नेपाल बाहिरबाटै ल्याउँथे भने अझै पनि कतिपय तारे होटलहरुले विदेशी खाद्यपदार्थ नै ल्याउनुपर्ने बाध्यता छँदै छ । उता कतिपय होटलहरुले आफ्नो लागि चाहिने दक्ष जनशक्ति समेत पूर्ण रुपमा नेपालीहरुबाट लिनसकेको छैन । जस्तै म्यानेजर, हेड कुक, एसिस्टेन्ट कुक, क्याप्टेन, वेटर, बारमेन आदि समेत विदेशी नै खासगरी भारतीयहरु ल्याउने गरेको पाइन्छ । जे होस्, हालको अवस्थामा नेपालको पर्यटन प्रवद्र्धनमा सबैभन्दा ठूलो समस्या भन्नु नै हवाइजहाजको समस्या प्रमुख हो भने नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विमानस्थल नहुनु अर्को दुःखद पक्ष हो । हुन पनि हाम्रो देशको अवस्था कस्तो छ भने अहिलेसम्म एकैपटक दोहोरो रुपमा ठूलो जहाज (अन्तर्राष्ट्रिय रुटमा चल्ने हवाइजहाज) उड्न/बस्नसक्ने धावनमार्ग भएको विमानस्थल समेत छैन । विगत लामो समयदेखि सञ्चालनमा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ पनि अन्तर्राष्ट्रिय मापदण्डविपरीत गुजुमज्जु परेको मानवबस्तीसँगै छ ।


अन्तर्राष्ट्रिय विमानस्थलको कुरो गर्दा बल्लतल्ल बारा जिल्लाको निजगढमा जग्गा अधिग्रहण गर्ने र जग्गाधनीहरुलाई मुआब्जा दिने कुरो चल्दै छ भने कास्की जिल्लाको पोखरा क्षेत्रीय विमानस्थलको निर्माणकार्य बल्ल सुरु हुने तरखरमा छ । उता सन् २०१८ को जुलाईमा सक्ने भनिएको रुपन्देही जिल्लाको भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय विमानस्थलको निर्माणकार्यमा पनि कहिले विदेशी (चिनियाँ) ठेकेरदार पक्षबाट, कहिले नेपाली ठेकेदार पक्षबाट, कहिले कताबाट, कहिले कताबाट अवरोध आउने गरेको सामाचार बेलाबेला सुन्ने गरिन्छ । त्यस्तै कहिले बालुवाको समस्याले, कहिले गिट्टीको समस्याले, कहिले केको समस्याले, कहिले केको समस्याले निर्माणकार्य रोकिने गरेको सुन्न/पढ्न पाइन्छ । जे भए पनि अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न विमानस्थल बन्ने चर्चा भएको लामो समयपछि बल्लतल्ल बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने तय त भएको छ । तर कहिले सुरु हुने हो ? कहिले सकिने हो ? केही अत्तोपत्तो छैन । नेपाल न हो के भन्न सकिन्छ र ? भोलि फेरि राजनैतिक निर्णय गरेर कसैले कसैको स्वार्थमा अन्तै बनाउने भनी निजगढको सट्टा अन्तै कतै पो नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्ताव ल्याउने हो कि ? अन्तै पो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्ने हो कि ? त्यसैले कामना गरौं, त्यस्तो नहोस् । निजगढले नै नेपालको पहिलो र सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने अवसर पाओस् । बरु यो काम जति सक्दो छिट्टै सुरु भएर छिट्टै सकियोस्, भन्ने कामना गरौं । र, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पनि सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने अवसर पाओस् । विभिन्न देशको विमान सेवा कम्पनीहरुले सम्बन्धित देशको विभिन्न सहरबाट नेपालमा धेरैभन्दा धेरै उडान भरुन् । अनि हामीले विगत लामो समयदेखि (सन् १९९७/१९९८ देखि) देख्दै आएको सपना, जुन सपना वर्षेनी १० लाख विदेशी पर्यटकलाई नेपाल भित्र्याउने भन्ने सपना थियो/छ, त्यो सपनालाई छिट्टै वास्तविकतामा परिणत गर्न सकौँ । वर्षेनी १० लाख मात्रै होइन, २० लाख नै विदेशी पर्यटक भित्र्याउन सकौं । साथै यो वर्ष (सन् २०१७ मा) १ लाख ५० हजारभन्दा बढी चिनियाँ पर्यटकहरु नेपालको भ्रमण गर्न आउन् । माथि नै उल्लेख भएकै छ कि चीन सरकारले समेत सन् २०१७ मा धेरैभन्दा धेरै चिनियाँ नागरिकहरुलाई पर्यटक भएर नेपाल भ्रमण गर्नका लागि ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम २०१७’ घोषणा गरेकोले यो सम्भव पनि छ । अहिलेलाई यही कामना गरौं ! kehinajannekulung@gmail.com

X

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...

नवीकरणीय ऊर्जा : चुनौती र आवश्यकत

चिरञ्जीवी आचार्य अहिले समकग्र पृथ्वी जलवायु समस्याको सामना गरिरहेको छ । यो समस्या हेर्दा जति सामान्य देखिए पनि...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै