logo

तिहार र स्वास्थ्य

राजेशमान के.सी.
गाउँ नै गाउँले भरिएको हाम्रो देशमा धेरै मानिसहरु गरिब र अशिक्षित छन् । तर कला र संस्कृतिको धनी मानिने यस मुलुकमा परम्परागत चाडपर्वहरु अत्यन्त खुशी र हर्षोल्लासपूर्वक मनाइन्छ । के गाउँ, के सहर, के धनी, के गरीव, पढेलेखेका वा अनपढ जो कोहीले पनि यस्ता चाडपर्वहरु बढो खुशी र आदरपूर्वक मनाउने गर्दछन् । खासगरी दशैं र तिहारजस्ता चाडहरु त हाम्रो मुलुकमा राष्ट्यि पर्वकै रुपमा मनाउने प्रचलन छ ।


चाडपर्वहरुको कुरा गर्दा दशैं त भर्खरै सकिएको छ र दशैंपछि हामी अब अर्को महान् पर्व तिहार मनाउने तर्खरमा छौं । तिहारलाई रमाईलो पर्वको रुपमा लिइन्छ र रमाइलो गर्ने क्रममा विभिन्न प्रकारका मिठाइ र मिठाइजन्य परिकारहरु आपूm खाने र अतिथिलाई पनि खुवाएर अतिथिको सम्मान गर्नु नेपाली समाजको एउटा महत्वपूर्ण प्रचलनको रुपमा रहेको हामी पाउँछौँ । यस्ता मिठाइहरु देवी देवतालाई चढाउनेदेखि लिएर घर–परिवारमा खान र खुवाउनका लागि प्रयोग गरिन्छ । मिठाइ प्रायः पीठो, दूध वा दूधबाट बनेका दूग्ध पदार्थ, चिनी, घिउ, तेल आदिबाट तयार पारिन्छ । मिठाइका यस्ता परिकारहरुलाई चिल्लो पदार्थ, प्रोटिन र कार्बोहाइड्रेटमा वर्गीकृत गर्न सकिन्छ ।


दशैं र तिहारजस्ता चाडपर्वहरुमा घरमा बनाइएको मिठाइमा होस् वा बजारमा बनाइएको मिठाइमा । प्रायः मिसावट गरिएको खाद्य पदार्थबाट बन्ने गरेको पाइन्छ । मिठाइ मात्र होइन बजारमा तयारी रुपमा पाइने अन्य कतिपय खाद्य पदार्थहरुमा समेत विभिन्न रंगहरुको प्रयोग गरी बनाइएको हुन्छ । देख्दा राम्रो र चिटिक्क देखिने यस्ता खाद्य पदार्थहरुमा विभिन्न रंगहरु हाल्ने गरेको पाइन्छ । तर देख्दा राम्रो र आकर्षक भए पनि यसले शरीरलाई कुनै फाइदा गर्दैन, बरु उल्टो विभिन्न रोगहरु निम्त्याउन मद्दत पुर्याउँछ । जस्तै कतिपय खाद्य पदार्थहरुमा रातो रंग हाल्ने गरेको पाइन्छ । रातो रंग उत्पन्न गर्ने ‘फास्टरेड कार्मोइसिन’ नामक रंग प्रयोग गरिन्छ । यसले रगतलाई रातो बनाउने हेमोग्लोबिनलाई  नै नष्ट पारिदिन्छ र साथै रक्ताल्पता जस्तो रोग समेत लाग्ने सम्भावना रहन्छ । त्यस्तै पहेंलो रंगमा सेन्सेटको एफ.सी.एफ. रंग प्रयोग गरिन्छ । यसले पनि शरीरमा विभिन्न प्रतिकूलक असरहरु पुर्याउने गर्दछ । त्यसैगरी अधिकांश पेय पदार्थहरुको रंग र बाक्लोपनलाई सुरक्षित गर्न भनी ‘ब्रोभिनेटेड तेल’ प्रयोग गरिन्छ । यसले मानिसहरुलाई बांझोपन गराउने तथ्य प्रकाशमा आएको छ ।


यसरी खाद्य पदार्थजस्तो सम्वेदनशील कुरामा जथाभावी रुपमा विभिन्न रंगहरु प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने हुँदा यस्ता सामग्रीहरु बनाउंदा खान हुने र नहुने रंगहरुको जानकारी राखी उपभोक्ताहरुको स्वास्थ्यमाथि लापरबाही नगरी सुरक्षित गर्नु अति नै आवश्यक छ । त्यसो त खाद्य पदार्थमा प्रयोग गरिने सबै प्रकारका रंगहरु स्वास्थ्यको लागि हानिकारक नै हुन्छ भन्ने छैन । तर आवश्यक भन्दा बढी प्रयोग गरिँदा त्यही खाद्य पदार्थ पनि  विषाक्त बन्न पुग्दछ । त्यसैले खाद्य पदार्थमा प्रयोग गरिने यस्ता रंगहरुको परिमाणात्मक जानकारी राख्नु आवश्यक हुन्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार मानिसलाई लाग्ने विभिन्न रोगहरुमध्ये ९० प्रतिशत भन्दा बढी रोगहरु असुरक्षित खाद्य पदार्थबाट नै हुने गर्दछ । त्यसैले यसतर्फ राम्रो विचार पुर्याउनु आवश्यक हुन्छ । अर्को उदेक लाग्दो कुरा के छ भने हाम्रो जस्तो गरीव मुलुकमा खाद्य बस्तुको गुणस्तर जाँच्ने कुनै खास परम्परा नै बनिसकेको छैन । जाँच गरे पनि त्यो केवल झारो टार्ने र जनताको आंखामा छारो हाल्ने किसिमबाट मात्र गर्ने गरेको देखिन्छ । तसर्थ खाद्य पदार्थ निर्माण गर्दा जनस्वास्थ्यलाई ख्याल गरी बनाउनु पर्दछ ।


त्यस्तै शुद्ध भनिएका खाद्य पदार्थहरुमा पनि विभिन्न प्रकारका दूषित खाद्य पदार्थ जस्तै– विग्रीसकेको पूरानो खाद्य पदार्थ, रंग आदि मिसाएर शुद्ध भनी बेचिने वा प्रयोग गरिने प्रवृत्ति  पाइन्छ । यस्ता मिसावटयुक्त खाद्य पदार्थबाट निश्चीत रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । खासगरी दूधमा पानी, पाउडर, पीठो, सोडा आदि मिसाइन्छ भने खाने तेलमा आलस, पूरानो बिग्रिएको तेल तथा घिउमा जनावरको बोसो, सखरखण्ड, च्यूरी घिउ, डाल्डा घिउ आदि मिसाइन्छ । यसरी मिसाइएको खाद्य पदार्थबाट मिठाइहरु बनाइन्छ र खुलेआम रुपमा बजारमा बिक्रीवितरण समेत गरिन्छ ।


चाडपर्वको समयमा विशेषगरी तिहारमा मिठाइको प्रयोग घर–घरमा हुने गर्दछ र दैनिक रुपमा सेवन गरिन्छ । चिल्लोयुक्त रुपमा पकाइने यस्ता खाद्य पदार्थहरुको बढी सेवनले स्वास्थ्यमा नकारात्मक असर पर्दछ । चिल्लो पदार्थ भनेको खासगरी घिउ, तेल र विभिन्न प्रकारका रासायनिक यौगिक पदार्थको सम्मिश्रण हो । शरीरको लागि आवश्यक पर्नेभन्दा बढी चिल्लो खाएमा त्यो शरीरको “एडीपोस टिस्यू” मा जम्मा हुन थाल्छ र यसबाट शरीरमा बोसोको मात्रा वृद्धि हुन गई शरीर मोटो र थिलथिलो हुन पुग्दछ । त्यति मात्र नभई चिल्लो बढी भएको खाने कुराहरु अत्यधिक खाने गर्नाले ग्यास्टिक, उच्च रक्तचाप, ह्रदयघात आदि जस्ता घातक रोगहरु समेत उत्पन्न हुन सक्तछ । यसैले दशैं तिहार जस्ता चाडपर्वमा मिठाइका परिकारहरु बजारबाट खरिद गर्दा अथवा घरैमा बनाउंदा पनि विभिन्न कुराहरुमा ध्यान पुर्याउनु राम्रो हुन्छ । जस्तै–
–    चिल्लो पदार्थ घिउ, तेल बजारबाट खरिद गर्दा त्यसमा मिसावट गरिएको छ–छैन राम्रोसँग जाँच परख गरेर मात्र खरिद गर्नुपर्दछ ।
–    पूरानो सील तोडेको नमीठो गन्ध आउने घिउ तेलको प्रयोग गरी मिठाइ बनाउने गर्नुहुँदैन ।
–    मिठाइ खरिद गर्दा सकेसम्म विश्वासिलो र भरपर्दो पसलहरुबाट ताजा र पकाएको मिठाइमात्र किन्ने र प्रयोग गर्ने गर्नु पर्दछ ।
–    ग्राहकहरुलाई आकर्षित गर्ने नाममा बजारमा बिक्रीको लागि राखिएको नाना थरीका रंगहरु मिसाइएका रंगीन मिठाइहरुको प्रयोग बिल्कुलै गर्नु हुँदैन । अझ भन्ने हो भने भोजनमा मिठाइको प्रयोग सकेसम्म कम गर्नु नै राम्रो हुन्छ ।
–    ठीक र उचित मात्रामा राखिएको चिल्लोले शरीरलाई जति फाइदा पुर्याउंछ, बढी खाएमा चिल्लोले शरीरलाई त्यति नै हानी पुर्याउंछ ।
त्यसैले दशैं र तिहार जस्ता चाडपर्वहरुमा मीठो खाऔं र रमाइलो पनि गरौं । तर साथसाथै आप्mनो अमूल्य स्वास्थ्यको पनि ख्याल राखौं ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...

नवीकरणीय ऊर्जा : चुनौती र आवश्यकत

चिरञ्जीवी आचार्य अहिले समकग्र पृथ्वी जलवायु समस्याको सामना गरिरहेको छ । यो समस्या हेर्दा जति सामान्य देखिए पनि...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै