logo

जथाभावी विषादीे प्रयोगले माटोमा अम्लीयपना

प्रकाश धौलाकोटी (रासस)

तेह्रथुम, असोज २८

जिल्लाका किसानले जथाभावी रुपमा रासायनिक मल र विषादीको प्रयोग गर्न थालेका छन् । किसानले माटोको आवश्यकतालाई नबुझी रासायनिक मल र विषादीको प्रयोग गर्न थालेपछि माटोमा अम्लीयपना बढेको छ । रासायनिक मलको प्रयोगले वर्षेनी माटोको उर्बराशक्ति समेत घट्दै गएको कृषि प्राविधिकले बताएका छन् ।

जिल्लाका किसानले युरिया, पोटास र डिएपीलगायत रासायनिक मल प्रयोग गर्दै आएका छन् । किसानले युरिया, डिएपी र पोटासको समेत मात्रा नमिलाई प्रयोग गर्ने गरेकाले त्यसको प्रत्यक्ष असर माटोमा पर्ने गरेको छ । साधारणतयाः युरियामा अम्लीय, डिएपीमा क्षरिय र पोटासमा दुबै तत्वको रसायनिक गुण हुन्छ ।

कृषि प्राविधिकका अनुसार युरिया, डिएपी र पोटासको मात्रा मिलाएर प्रयोग गर्दा त्यसले माटोको उर्वराशक्तिलाई पनि सन्तुलनमा राख्न मद्दत गर्छ । तर जिल्लाका किसानले बालीनालीमा अधिक मात्रामा युरिया मात्रै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाका किसानले ४७३ मेट्रिक टन युरिया प्रयोग गरेका छन् । किसानले सो वर्ष डिएपी १५३ मेट्रिक टन र पोटास ८.६५ मेट्रिक टन मात्रै प्रयोग गरेका छन् ।

यसकारण पनि जिल्लाको खेतीयोग्य जमिनको उर्वराशक्ति ह्रास हुँदै गएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक भुवन बुढाथोकी बताउनुहुन्छ । ‘तीन भाग युरिया लगाउदा दुई भाग डिएपी र एक भाग पोटास अनिवार्य हुन्छ, तर यहाँका किसानले तीनमध्ये एक मात्रै प्रयोग गर्ने गरेको पाइन्छ,’ बुढाथोकीले भन्नुभयो ।

किसानले प्रांगारिक मलको प्रयोग समेत घटाउन थालेकाले माटोमा त्यसको प्रभाव प्रत्यक्ष रुपमा पर्ने गरेको हो । माटोमा प्रांगारिक मलको मात्रा घट्दै जाँदा र रासायनिक मलको जथाभावी प्रयोग हुँदा अम्लियपना बढिरहेको कृषि प्राविधिक बुढाथोकीले बताउनुभयो ।

‘केही समयका लागि रासायनिक मलले उत्पादन बढाए पनि दीर्घकालीन रुपमा नकारात्मक असर गर्छ,’ उहाँले भन्नुभयोे, “माटोमा अम्लियपना धेरै हुँदा बाली कम हुने मात्रै होइन, उत्पादन नै नहुन पनि सक्छ ।” जिल्लाका किसानलाई यसबारे विभिन्न समयमा सुझाउने गरेपनि प्रयोगको अवस्थामा भने खासै नघटेको कृषि प्राविधिकले बताएका छन् ।

किसानले विषादीको प्रयोग गर्दासमेत माटोमा अम्लीयपना बढ्न सजिलो भएको प्राविधिकको भनाइ छ । यहाँका किसानले धान, मकै बालीमा युरिया, पोटास र डिएपीको प्रयोग गर्छन् । ती नै बालीमा कीरा तथा झार मार्न विषादीको पनि प्रयोग गर्छन् ।

‘कीराले पनि बालीनालीलाई स्वस्थ बनाउन सहयोग गरेका हुन्छन्,’ कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्य भन्नुहुन्छ, “झारले पनि पछि त्यही कुहिएर मर्ने भएकाले मलको काम गर्छ, त्यसैले विषादीले पनि माटो बिगार्न मद्दत पु¥याउँछ ।” बालीनालीमा विषादीको प्रयोग गर्नु हानिकारक भएको आचार्य बताउनुहुन्छ ।

जिल्लाका किसानले तरकारी र फलफूल बालीमा विषादीको अधिक मात्रामा प्रयोग गर्छन् । “विष आफैँमा विष हो,” प्राविधिक आचार्य भन्नुहुन्छ, “यसले बालीनाली त सपार्ला, तर मानव स्वास्थ्यलाई कसैगरी पनि फाइदा गर्दैन ।” जिल्लाका विभिन्न बजारमा खुलेका विषादी पसलहरुले पनि किसानको बानी बिगारेका अग्र्यानिक खेतीमा लागेका किसान बताउँछन् ।

“बालीमा रोग लागेपछि किसान कृषि सेवा केन्द्र पुग्छन् । तर त्यहाँ प्राविधिक र औषधि दुबै भेट्टाउन मुस्किल पर्छ,’ अग्र्यानिक खेतीमा लागेका ओयाक्जुङका किसान नेत्र ढकालले भन्नुभयो” ‘त्यसपछि एग्रोभेटबाट विषादी ल्याएर लाउनुको विकल्प किसानसँग छैन ।’ एग्रोभेटले पनि अन्दाजकै भरमा विभिन्न विषादी दोब्बरसम्म मूल्य लिएर बिक्री गर्ने गरेका उहाँको आरोप छ ।

किसानलाई सरकारले अग्र्यानिक खेतीको महत्व बुझाउन नसक्दा रासायनिक मल र विषादीको प्रयोग बढिरहेको उहाँको भनाइ छ । रासायनिक मलको मात्रालाई थेग्ने गरी कम्पोष्ट मलको समेत प्रयोग गरे माटोलाई सन्तुलनमा राख्न सकिने कृषि प्राविधिकहरुको सुझाव छ ।

साधारणतया एक रोपनीमा १५ केजीसम्म कम्पोष्ट मलको प्रयोग पनि जरुरी रहेको उनीहरुको भनाइ छ । गतवर्ष नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)को माटो अनुन्धान महाशाखाले तेह्रथुमसहित देशभरका ५२ जिल्लामा गरेको अनुसन्धानमा पनि माटोमा अम्लियपनाको मात्रा बढेको देखाएको थियो ।

जिल्लाका किसानले आर्थिक वर्ष २०७३÷७४ मा करिब रु सात लाख बराबरको रासायनिक मल बालीनालीमा लगाएका छन् । कृषि कार्यालयका अनुसार किसानले युरियामा चार लाख ७३ हजार, डिएपीमा एक लाख ५३ हजार र पोटासमा आठ हजार ६५० खर्चिएका छन् ।

सरकारले रासायनिक मल बजारमा जथाभावी बिक्री गर्न रोक लगाएपछि अहिले जिल्लामा साल्ट ट्रेडिङ विराटनगरले मात्रै रासायनिक मल आयात गर्ने गर्दछ । साल्ट ट्रडिङबाट जिल्लाका १९ वटा सहकारी संस्थाले रासायनिक मल ल्याएर किसानलाई उपलब्ध गराउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले सिफारिस दिएपछि ती सहकारीलाई साल्टटे«डिङले रासायनिक मल उपलब्ध गराउने गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अलैंची उत्पादन घट्यो

लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ । मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै...

चियाबाट भविष्य बनाउँदै किसान

इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ...

सुन्तला उत्पादनमा कमी

यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै