logo

मौरीपालनबाट वार्षिक रु २५ लाख आम्दानी

फलेवास, पर्वत, २२ असोज

यहाँको एक विकट गाउँका कृषकले मौरीपालन व्यवसायबाट वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायिक मौरीपालनबाट सो आम्दानी गर्न सफल भएका हुन् ।

विगत डेढ दशकदेखि मौरीपालन व्यवसाय गर्दै आएका खत्रीको परिवारमा अहिले झण्डै १०० घार मौरी रहेका छन् । अमलाचौरमै बलेवा मौरीपालन उद्योग खोलेर व्यवसाय शुरु गरेको खत्री परिवारले मौरीका घार, खाली घार र मह बिक्री गरेर वार्षिक रु २५ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको हो ।

आफ्नै घर वरिपरिको पाँच रोपनी क्षेत्रफलमा व्यवसाय गरेका खत्रीले यसलाई अझै बढाउने योजना बनाएका छन् । उहाँ धौलागिरि अञ्चलकै नमूना मौरीपालक कृषकका रुपमा चिनिनुभएको छ । उक्त उद्योगबाट वार्षिकरुपमा झण्डै साढे छ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्ने गर्दछन् । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ७५० छ ।

त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रति खाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २०० वटासम्म बिक्री गर्ने गरेको खत्रीका छोरा जीवनबाबु खत्रीले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि कतार पुग्नुभएका खत्री पनि गाउँमा जति कमाइ गर्न नसकेपछि पुनः घरमै फर्केर बाबुकै पेशा अँगालेर बस्नुभएको छ ।

दश जनाको संख्यामा रहेको खत्रीको परिवार अहिले पूरै मौरीपालन व्यवसायमा सक्रिय छन् । मौरीको हेरचाह गर्ने, घार निर्माण गर्ने, दाना खुवाउने र मह काढ्ने कामले उनीहरुलाई भ्याइनभ्याइ छ । घरमै बसेर वार्षिक रु २५ लाखसम्म आम्दानी हुन्छ, किन विदेश जानुप-यो जीवनबाबु भन्नुहुन्छ, “अब यही व्यवसायलाई आधुनिकीरण गरेर अझै बिस्तार गर्ने योजना छ ।”

सो व्यवसायका लागि जिल्ला कृषि विकास कार्यालयले समेत विभिन्न समयमा तालीम तथा प्राविधिक सहयोग र घारसमेत दिने गरेको उहाँले बताउनुभयो । “आफ्नो उद्योगमा उत्पादित मह र घार गाउँमै तथा कुश्माबजार, बागलुङ बजार र पोखरासम्म पनि जाने गरेको जीवनबाबुले जानकारी दिनुभयो ।

“उत्पादन भएदेखि बजारको कुनै समस्या छैन”– उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका फूल र जडीबुटी खाएर बनेको मह भएकाले स्वस्थ्यकर र स्वादिलो छन् ।” प्रत्येक तीन/तीन महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको खत्रीले जानकारी दिनुभयो । एकपटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।

परिश्रम गर्ने हो भने जुनसुकै व्यवसायबाट पनि सफलता प्राप्त गर्न सकिँदो रहेछ २७ वर्षीय जीवनबाबु खत्री भन्नुहुन्छ, “यो व्यवसायबाट हाम्रो परिवार निकै सन्तुष्ट बनेको छ ।” उक्त व्यवसायबाट भएको कमाइले विभिन्न शहरबजारमा घरघडेरीसमेत जोडिसकेको पनि उहाँले बताउनुभयो ।

मौरीमात्र हैन उक्त परिवारले गाउँमै माछापालनसमेत गरेको छ । दुई वटा पोखरीमा कमन, नैनी र ग्रास जातका माछापालन गरेका छन् । त्यस्तै व्यावसायिक तरकारी र गोँलभेडा खेती पनि गर्दै आएको खत्री परिवारले विकट गाउँका बासिन्दालाई सेवा दिने उद्देश्यले खाद्यान्न कुटनीपिसानी मिलसमेत सञ्चालन गर्दै आएको छ ।

आफ्नो परिवारमात्र नभई यो व्यवसायमा अन्य चार जनालाई रोजगारीसमेत दिएको खत्री अहिले जिल्लाकै नमूना कृषक बन्न सफल भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अलैंची उत्पादन घट्यो

लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ । मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै...

चियाबाट भविष्य बनाउँदै किसान

इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ...

सुन्तला उत्पादनमा कमी

यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै