logo

सबल राष्ट्रिय अर्थतन्त्रका लागि पशुपालन क्षेत्रको अपरिहार्यता 

डा. केदार कार्की
नेपाल कृषि पर्यावरणीयरुपमा सम्पन्न भू–अवस्थितिमा छ । साथसाथै भएका प्रत्येक क्षेत्रमा त्यस क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत तथा समुदाय सुहाउँदो तथा आवश्यकता परिपूर्ति गर्नेखालका विविधखाले पशुपालन प्रणाली प्रचलनमा छन् । यो विविधता पालिएका पशु प्रजाति, ती वंश व्यवस्था, सक्रिय प्रणाली, दाना–आहार व्यवस्थापन जुन स्थानीय वन जंगल, वनस्पती वन्यजन्तु र बजार व्यवस्थापनसँग मेल खाने छन् । मिश्रित बाली, पशुपालन तथा चरीचरनमा आधारित दुई प्रचलित कृषि प्रणाली सबैखाले कृषि पर्यावरण आञ्चलिक भूभागमा पाइन्छ । मिश्रित बाली पशुपालन प्रणालीमा कृषकले बाली तथा पशुपालनबाट आफ्नो आयआर्जन बराबरी प्राप्त गर्छन् भने अर्कोतर्फ चरीचरनमा आधारित पशुपालन प्रणालीमा भने कृषकहरु जीविकोपार्जनका मुख्य आयस्रोतका रुपमा पशुपालनमा मात्र भर पर्दछन् । जहाँ चरीचरनले वर्षको केही समयका लागि चरंगा घाँस, डाले घाँस उपलब्ध गराउँछन् । अल्पवृष्टि, कहालीलाग्दो मौसमी जलवायु परिवर्तन आदि सम्पूर्ण कृषि क्षेत्रलाई दिगो बनाइराख्न कठिन पर्छ ।


नेपालमा पशुपालन गर्ने तरिका छरिएर रहेको छ । अधिकांश पशुपालक ग्रामीण क्षेत्रका सीमान्तकृत, दलित जनजाति, श्रमिक भूमिहीन छन् । यिनको विकासका लागि पशु विकास, पशु स्वास्थ्य सेवा अनुसन्धान, प्रसार, सहज वित्तीय पहुँचबारे ठोस कार्ययोजना त आवश्यक पर्छ । यी समुदायले ग्रामीण जनसंख्याको उल्लेखनीय प्रतिनिधित्व गर्दछन् भन्दा हुन्छ, जसले हामीलाई उल्लेखनीय रुपमा पशुजन्य उत्पादनको दिगो अनि सहज आपूर्ति गरिराखेका छन् । पशुधन यिनीहरुका लागि जीविकोपार्जनको माध्यम मात्र हुँदैन, बरु यिनको सामाजिक सांस्कृतिक परम्पराको प्रतीक पनि अनि ग्रामीण स्वरोजगारको माध्यम पनि बनेको हुन्छ । किनकि यिनीहरुसँग अन्य वैकल्पिक रोजगारीको अवसर उपलब्ध हुँदैन ।


धेरै अध्ययन अनुसन्धानले मिश्रित कृषि पशुपालन र सीमान्तकृत कृषक समुदायलाई शुद्धीकरण गरी लैजाने हो भने गरिबी निवारणको उत्तम विकल्प हुनसक्ने देखाएका छन् ।  यहाँका विपरीत समुदायमा हुनेखानेहरुले पनि आप्नो पुँजी स्थिर राख्न पनि पशुपालन पेसा व्यावसायिक रुपमा उपयोग गरेको देखिन्छ । यस समुदायसँग पशुपालनका लागि चाहिने सबैखाले सेवा सुविधा उपलब्ध गर्ने क्षमता, स्रोत र साधनको सहज पहुँच पनि छ, राष्ट्रिय अर्थतन्त्रको सन्दर्भमा तथा निकासीको सम्भावनालाई नियाल्दा । यस समुदायको भूमिका, यिनबाट प्राप्त हुने उपलब्धि पशुपालनको समग्र क्षेत्रका लागि महत्वपूर्ण मानिन्छ ।


सीमान्तकृत पशुपालकले व्यवसायको दिगोपनाका लागि धेरै बाधा अवरोध व्यहोर्नुपर्ने हुन्छ । आधुनिक पशुपालन प्रविधि, पशु स्वास्थ्य सेवासम्म यिनको पहुँच साह्रै नै न्यून छ । यो समुदायले उत्पादन गरेको पशुजन्य उत्पादनहरुको प्रशोधित अप्रशोधित मूल्य अत्यधिक न्यून छ, सर्वकालिक, सर्वव्यापीरुपमा । उदाहरणका लागि यिनले उत्पादन गरेको दूधको उपभोक्ताले अन्तिम विन्दुमा तिरेको मूल्यको ४० प्रतिशत मात्र हो । कृषिजन्य अन्य उत्पादनका उत्पादकले पाउने मूल्य पनि यसै वरिपरि हुन्छ भन्न कुनै तिथिमिति वा साइत हेर्नुपर्दैन । अर्कोतर्फ पशुपन्छी खरिद गर्न, व्यवस्थापन गर्न र आवश्यक वित्तीय स्रोत जुटाउन ऋण सेवा सुविधासम्मको यिनको पहुँच त्यति सहज छैन नै ।


राज्यले उपलब्ध गराउने अनुदान सहयोगसम्म यिनको पहुँच हुँदैन । हाम्रो आफ्नो परिवेशमा यो कल्पनासम्म पनि गर्न सकिन्न । सीमान्तकृत पशुपालक कृषकले पाल्ने पशुपन्छीमा बाख्रा, संगुर बंगुर, काठे कुखुरा आदि पर्दछन् । जसको विकासका लागि चाहिने अध्ययन अनुसन्धान, प्रसार, पशु स्वास्थ्य सेवा र आवश्यक वित्तीय सेवासम्बन्धी सहयोगमा यिनको सहज पहुँच छैन । यो त यिनका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’को स्थिति छ । हाम्रो परिवेशमा मात्र होइन, विकासशील विश्वका सबै भूभागका देशमा यही अवस्था कायम छ भन्दा फरक नहोला । कागजमा रंगीबिरंगी आयोजना/परियोजना सञ्चालन भएको देखाइए पनि वास्तविकता त्यसको ठीक विपरीत छ ।


हाम्रो आफ्नै परिवेशमा सरकारी स्तरमा सञ्चालित प्याक्ट र हिमाली आयोजना, गैरसरकारी स्तरमा सञ्चालित हेफरकै कुरा गरे पनि यिनले पाल्ने पशुपन्छीको उन्नत प्रजातिलाई सुहाउँदा कार्यक्रम पाइँदैनन् । यिनले बसोबास गरेका भौगोलिक, आञ्चलिक जलवायुकृत परिवेशअनुसारको सहज उपलब्धता जोखिमपूर्ण पर्यावरणीय क्षेत्रमा बसोबास गर्ने यिनीहरुसम्म उपलब्ध हुने सम्भावना न्यून रहन्छ । यिनको यो आवश्यकता परिपूर्ति कसरी गर्ने भन्नेबारे कुनै कार्ययोजना वा कार्यविधिबारे नीति निर्माणकर्ता दुविधामा छन् । दाताले भन्ला भनी कुरेर कार्यक्षेत्रका हर्ताकर्ता त केही परिपत्र कुरेर बसेका छन् ।


यी सीमान्त कृषक पशुपालक समुदायले भोग्नुपरेका समस्या प्रमुखरुपमा दाना, घाँस, पराल त हो । हिजोको कर्मकाण्डी, परम्परागत तरिकाले आजको आधुनिक पशुपालनलाई भरथेग गर्न सक्दैन, यो तीतो यथार्थ हो । मूल सहर, विकसित बजार क्षेत्रवरिपरिका ग्रामीण क्षेत्रमा सहरको बढ्दो दूधको माग धान्ने उद्देश्यले पशुपालन व्यवसायको नयाँ आयाम विकसित हुँदै गरेको अवश्य छ । सहरी घेरावरिपरि गरिने पशुपालन दाना–आहारामा नै आधारित छ । यी पशुपालक कृषक व्यावसायिक चेतनायुक्त हुनेहुँदा उन्नत प्रविधि तथा उपलब्ध सेवा सुविधा तथा उत्पादन, बजारीकरण सेवा ग्रहण गर्ने क्षमता राख्दछन्, अनि सजिलै उपभोग गर्न सक्छन् । भैंसीपालन यिनको प्रमुख व्यवसाय मानिन्छ । यिनले आधुनिक प्रजनन सेवा उपभोग गरी आफ्नो पशुलाई वर्णशंकर गराई तिनको उत्पादकत्व वृद्धि गराउने गरेको पाइन्छ । सहरी उपभोक्तालाई अप्रशोधित सङ्लो दूध बिक्री गरी आफ्नो जीविकोपार्जनका लागि आयआर्जन गर्दछन् यी पशुपालकहरु ।


वर्तमानमा पशुपालकका सीमित क्षेत्रमात्र व्यावसायिक प्रणालीतर्फ उन्मुख छन् । कुखुरापालन, दुग्ध व्यवसाय र केही मात्रामा बंगुर पालन भएका उदाहरणका लागि लिन सकिन्छ । एकातिर व्यावसायिक औद्योगिक प्रणालीमा उत्पादन लागत कम हुन्छ लगानीका हिसाबले तर दीर्घकालीनरुपमा सामाजिक वातावरणीय तथा जनस्वास्थ्यगत रुपमा भने बढी मूल्य चुकाउनुपर्ने हुन्छ । व्यावसायिक पशुपालन प्रणालीमा खेतीपाती गरिने राम्रा जग्गामा मानवीय खाद्यान्न आपूर्ति गर्नेलाई पशुहरुका लागि आवश्यक पर्ने घाँस उत्पादन गर्नुपर्ने हुन्छ । साथै प्राकृतिक वनजंगल चरीचरनका क्षेत्रमा बढी मात्रामा पशु संग्रहित हुँदा पशुजन्य फोहोरमैलाको चाप हुन्छ भने यसले हावा, पानी, माटो प्रदूषण गराउनुका साथै विभिन्नखाले सरुवा रोगको महामारी फैलिने जोखिम रहन्छ ।


अहिलेको अवस्थालाई हेर्दा पशुजन्य उत्पादनको माग उपभोक्तामाझ अझै बढ्ने सम्भावना छ, जसको आपूर्तिको ठूलो हिस्सा व्यावसायिक पशुपालनले पूर्ति गर्छ । पुँजीको सुनिश्चितता, श्रमिकको महँगो ज्याला, लागत खर्च घट्दै जाँदा यसै क्षेत्रले बजारबाट फाइदा लिने देखिन्छ । तसर्थ साना, मझौला एवं सीमान्तकृत पशुपालकले यसमा हिस्सेदारी पाउन र यिनलाई पनि यसबाट फाइदा लिन केही नीतिगत परिवर्तन आवश्यक पर्नेछ । जसले गर्दा यिनले संगठित व्यावसायिक पशुपालनसँग बजारमा प्रतिस्पर्धा गर्न सकून् ।


यस्तो नीतिगत परिवर्तनअन्तर्गत यी मझौला, साना, सीमान्तकृत पशुपालक कृषकलाई पशुजन्य उत्पादन, प्रशोधन उद्योगसँग सर्तसहित सम्झौता गर्दै पशुपालन प्रणालीमा आबद्ध गराई यिनको उत्पादन क्षमता अभिवृद्धि गराउने काम अपरिहार्य छ । जुन कुरा सुढृढ अनुसन्धान तथा सर्वसुलभ पशु विकास तथा पशु स्वास्थ्य सेवाको उपलब्धता को सुनिश्चिताबाट सम्भव हुनसक्छ । बढ्दो सहरीकरण र दिगो सुनिश्चितताप्रति व्यक्तिको आयमा भइरहेको निरन्तरता वृद्धिले पशुजन्य उत्पादनको बजारमा माग तीव्र गतिमा बढिरहेको छ । पशुजन्य उत्पादपनको बृहत् माग भौगोलिक सीमा तथा सामाजिक आर्थिक परिवेशमा मात्र सीमित रहेन । पशुजन्य उत्पादनको माग व्यक्ति, समुदायको आयस्रोत स्तरअनुसार लचिलो हुनेगर्दछ । रोजगारीको अवसरका आधारमा आजका विपन्न आर्थिक स्थिति भएका पनि आम्दनी बढेपछि यसमा खर्च गर्न थाल्नेछन् । अझ हाम्रो आफ्नो परिवेशमा जाँदा अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त विपे्रषणमा निर्भर छ । यसरी विप्रेषणबाट प्राप्त हुने रकम पशुजन्य उत्पादन प्रयोग त हुने हो ।


यद्यपि दु्रतगतिमा भइरेको सहरीकरण तथा नयाँ बजार विस्तार त पशुजन्य उत्पादनको माग विस्तार गराउने प्रमुख उत्प्रेरक हो । ग्रामीण क्षेत्रभित्र नै विष्रेषण गर्दा हाम्रा ग्रामीण क्षेत्र पनि यस सन्दर्भमा पछि पर्नेछैनन् । त्यसबाहेक विश्व बजारमा पनि पशुजन्य उत्पादनको माग बढ्दो छ । जसले गर्दा स्थानीय पशुजन्य उत्पादनको माग समग्रमा बढ्दो छ । जसले गर्दा स्थानीय पशुजन्य उत्पादनलाई विश्व बजारमा निर्यात गर्ने अवसर र सम्भावना पनि प्रचुर छ । यसरी बढ्दो पशुजन्य उत्पादनको मागले यस क्षेत्रको विकासका सम्भावनाका क्षेत्र विस्तारमा सकारात्मक प्रभाव पार्छ । पशुपालन क्षेत्र कृषिका अन्य क्षेत्रभन्दा बढी विस्तारित हुँदै छ । यो गति अझै केही समयसम्म लम्किनेछ । किनकि यो सम्भावनायुक्त छ ।


मागले डो-याएको पशुजन्य उत्पादनले यसबाट प्राप्त हुने आर्थिक लाभका कारण लाखौं ग्रामीण सीमान्तकृत समुदाय गरिबीको रेखाबाट उन्मुक्त हुनेछन् किन भने कृषिका अन्य पेसाभन्दा पशुपालनका लागि कमै जग्गा भए पुग्छ । ती खरिद सीमान्तकृत कृषकसँग कम मूल्यमा प्रशस्त श्रम क्षमता छ, जसले कम मूल्यमा उत्पादकत्व वृद्धि गर्न सक्छन् । पशुपालन क्षेत्रको विकासको महिला सशक्तीकरणलाई पनि मद्दत पु-याउनेछ । पशुपालन क्षेत्रको विकास हुनु भनेको सीमान्तकृत साना, मझौला मजदुरको आयस्रोत बढाउनु पनि हो, खेतीपातीको त भर छैन ।


अप्रत्याशित बजारको मागले आर्थिक स्रोतविहीन गरिब, सीमान्तकृत कृषक समुदायलाई पशुपालनतर्फ आर्थिक आयआर्जनका लागि प्रोत्साहित मात्र गर्दैन, आफनो कुपोषणबाट मुक्ति पनि दिन्छ । जसको अन्तिम लक्ष्य पूर्ण गरिबी निवारण पनि हो । त्यसका लागि यस्तो वातावरण सिर्जना गर्नुपर्ने हुन्छ, जसले उपलब्ध सम्भावनाबाट फाइदा लिन सकून् अनि सम्भावित चुनौतीको सामना पनि गर्न सकून् । पशुपालन क्षेत्रका अप्ठ्याराहरुको समष्टिगतरुपमा पहिचान गरिनुपर्छ । प्रत्येक भौगोलिक, पर्यावरणीय कृषि जलवायु क्षेत्रमा कुन हदसम्म पशुपालन क्षेत्रको विकास गर्न सकिन्छ ? यो कुरा समसामयिक प्रविधिको विकास, संस्थागत संरचनाको विकास, नीतिगत व्यवस्थामा गरिएको परिमार्जन आदिले पशुपालन क्षेत्रमा हाल देखिएका जटिलता समाधान गर्न सकिन्छ ।
विगतमा पशुपालन क्षेत्रको विकास सँख्याकृत थियो भन्नुको अर्थ लक्ष्य अनुसार प्रगति । यो पाराले यस क्षेत्रको दिगो विकास त हुन सकैन बरु उपलब्ध सिमितश्रोतको दुरुपयोग मात्र हुने हो । भविष्यमा पशुपालन क्षेत्रको विकासको लक्ष्य उत्पादक बृद्धिमा हुनुपर्नेछ । यसको लागि दाना आहारको सुलभ उपलब्धता पहिलो शर्त हुनेछ । परिणाम भुमी प्रविधिको हस्तान्तरण नै यस्को मुख्य आधार हुनुपर्नेछ ।


विगत केही समययता पशुपालन क्षेत्रमा सरकारी लगानी घट्दो क्रममा छ । यहाँका लागि यो क्षेत्रलाई पुनर्ताजगी दिन नीतिगत रुपमा लाग्नुपर्ने हुन्छ । विगतका दिनमा पशुजन्य उत्पादनको व्यवस्थित बजारीकरण त हुन सकेको छैन । यो बिचौलियाका भरमा छोडिएको छ । त्यसैले उत्पादपन थलोदेखि अन्तिम उपभोक्ता र बजारसँग संस्थागतरुपमा कसरी सम्पर्क गर्न सकिन्छ ? सोच्ने बेला आएको छ । यसले पशुजन्य उत्पादनको प्रशोधन र मूल्य अभिवृद्धिमा सहयोग पु-याउनेछ । साथै सरकारी नीति पशुजन्य उद्योग एवं पशुजन्य उत्पादकका लागि सकारात्मक भएमात्र सीमान्तकृत कृषकका लागि यो फलदायी हुनेछ ।


अब बेला आयो पशुपालन क्षेत्रमा सक्रिय सरकारी, गैरसरकारी निकायलाई अलि चलायमान बनाउुपर्ने । जसले नवीनतम अध्ययन अनुसन्धानका प्रविधि, सेवा, दक्षता एवं प्रभावकारीरुपमा पशुपालक कृषकसम्म सहजरुपमा पहुँच पु-याउन सकोस् ।  न्यून्तत्तम लागतमा अधिकतम पशुजन्य उत्पादन हुनुका साथै उत्पादकले अधिकतम मूल्य पाउने अवस्था बन्न सकोस् । अनि मात्र हाम्रा पशुपन्छी साँच्चिकै पशुधन मानिनेछन् । र, ग्रामीण अर्थतन्त्रको सबलीकरण, गरिबी निवारण अनि सुपोषणको आधार बन्नेछन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...

नवीकरणीय ऊर्जा : चुनौती र आवश्यकत

चिरञ्जीवी आचार्य अहिले समकग्र पृथ्वी जलवायु समस्याको सामना गरिरहेको छ । यो समस्या हेर्दा जति सामान्य देखिए पनि...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै