logo

बागलुङ गोलभेँडामा आत्मनिर्भर बन्दै

बागलुङ, असोज 

गोलभेँडा उत्पादनमा जिल्ला आत्मनिर्भरोन्मुख छ । सुख्खा याममा ३० प्रतिशतबाहेक बाँकी माग यहीँको उत्पादनले थेगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पुस, माघ, फागुन र चैतमा गोलभेँडा आयात गर्नुपर्ने अवस्था छ । अहिले वार्षिक ३५० टन गोलभेँडा उत्पादन हुने गरेको छ । व्यावसायिक गोलभेँडाखेतीमा किसानको आकर्षणले जिल्ला आत्मनिर्भरतातर्फ अघि बढेको छ ।

“सुख्खा यामका चार महिनामा जिल्लाको उत्पादन ७० प्रतिशत छ, ३० प्रतिशत बाहिरबाट आउँछ”, कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले भन्नुभयो । बाँकी आठ महिना जिल्लाकै उत्पादनले माग धान्छ । उत्पादनको तुलनामा कारोबार बढेर अहिले वार्षिक रु एक करोड ५० लाखसम्म पुगेको छ । जिल्लामा २० वटा उच्च प्रविधियुक्त प्लास्टिक घर (टनेल) मा तथा करिब ७०० सामान्य प्लास्टिक घर (टनेल) मा गोलभेँडा खेती भइरहेको छ ।

सडक सञ्जालको विस्तारले बजारसम्म पु¥याउन सहजता भएपछि गोलभेँडा खेती थप फस्टाएको हो । जिल्लाका बुर्तिबाङ, खरबाङ, हटिया, काँडेबास, नरेठाँटी, दुदिलाभाटी, बिहुँ, कुश्मीसेरा, बागलुङ नगरपालिका लगायतका क्षेत्रमा गोलभेँडा खेती बढी मात्रामा हुन्छ ।

“गोलभेँडा खेती फस्टाउँदै गएको छ, केही समयपछि बाह्रैमास पुग्ने गरी उत्पादन बढ्छ”, अधिकारीले भन्नुभयो । गत वर्षमात्रै कृषि कार्यालयमार्फत जिल्लाका २० किसानले गोलभेँडालगायतका तरकारी खेतीका लागि कृषि तथा व्यापार आयोजनाबाट रु १० लाखका दरले अनुदान पाएका थिए । अनुदान, सीप र उपकरण सहयोगले किसानलाई व्यावसायिक कृषिमा लाग्न उत्प्रेरित गरेको छ । विदेशबाट फर्केका युवा व्यावसायिक कृषिमा लागेका छन् ।

गोलभेँडा उत्पादन गर्न सके बजारको समस्या नहुने किसान बताउँछन् । गाउँगाउँमा उत्पादित गोलभेँडा सदरमुकामलगायतका बजारमा खपत हुन्छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालीगण्डकी करिडोरजस्ता राष्ट्रिय गौरवका आयोजना जिल्लामा पर्ने हुँदा यहाँ उत्पादित कृषि उपजलाई बाहिरी जिल्लामा सहजै निर्यात गर्न सकिने अधिकृत अधिकारीले बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कृषक जडीबुटी खेतितर्फ आकर्षित

जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट...

६४ प्रतिशत धान रोपाई

नेपालमा ६४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि प्रसार निर्देशनालयका अनुसार असार अन्तिमसम्ममा नेपालभरि...

मकैको बीउ बिक्री भएन

नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै