logo

‘जनप्रतिनिधि बन्नु भनेको तिमीलाई जनता शोषण गर्ने लाइसेन्स दिएको होइन’

लक्ष्मण सिटौला
सुनिँदैछ, काठमाडौं महानगरका मेयर, उपमेयर र कार्यलय कर्मचारीहरुबीच झगडा सुरु भयो । द्वन्द्व प्रतिद्वन्द्व सुरु भयो । बीसौं वर्षदेखि जनप्रतिनिधिविहीन थिए गाउँपालिका, नगरपालिकाहरु । तालमेलका आधारमा उम्मेदवारी उठाउनु नै गलत थियो । किनभने एउटै पार्टीका नेताकार्यकर्ता त खुकुरी हानाहान गर्छन् भने दुई भिन्न गु्रुपका मेयर र उपमेयर कसरी मिल्छन् ? हामी नेपालीहरुको ठूलो रोग नै मिलेर काम गर्न नसक्नु हो । मिलेर काम गरेको भए यो देश दशवर्षे माओवादी द्वन्द्वमा जाँदैनथ्यो । पञ्चायतका हनुमानहरुको अत्याचार यति बढ्यो कि फूलका गमलाभित्र सुनका धाउहरु फल्न थालेका थिए । अहिलेको भन्दा विकास जरुर भयो होला तर भित्र–भित्र धेरै असन्तुष्टि बढिरहेको थियो । सीमान्तकृत वर्गहरु शोषणमुक्त हुन सकेका थिएनन् । तत्कालीन प्रजातान्त्रिक राजा वीरेन्द्रले विविध चरणमा पञ्चायत सुधारे । आफूमा अन्तर्निहित शक्ति पनि छोडेर सेरेमोनियल राजा भएर बस्न चाहे । अन्ततः अन्तरघात भयो ऊनीमाथि र उनका सकल वंश नै विनाश गरियो ।


हामी यति धेरै शक्तिशाली भएछौं कि आफ्नै देशका राजा मा¥यौं । आज १७ हजारको बलिदानीबाट उपलब्ध भएको गणतन्त्रको यस्तो उपहास छ ! हामी बोस्निया हर्जगोबिना, सिरिया र मध्यपूर्वका झगडालु देशभन्दा कम झगडालु छैनौं । अब त हुँदाहुँदै आठ सयको हाराहारीमा सांसद् चुनिँदै छन् । तिनका खुराकीमा र भत्तामा देश कसरी रित्तिएला अनुमान लगाउनुहोस् । त्यही प्रकारले नगरपालिका र गाउँपालिकामा हजारौं  मुखियाहरु थपिएका छन् । सबले सुविधा र भत्ता ताकेका छन् । सबले ठेक्का ताकेका छन् । चुनाव जितेको भोलिपल्टबाट जनतालाई सुविधा दिने कुरा होइन, आफैंलाई मोबाइल र गाडीको प्रबन्धतिर लागे भुरे टाकुरे राजारानीहरु ।


धेरै पार्टीको जन्म हुनु नै यो मुलुक द्वन्द्वमा जानु हो । अहिले पार्टी फुट्ने काम तीव्र गतिमा बढिरहेको छ । नेताहरु पार्टीको संगठन विस्तारमा र कार्यकर्ता भित्र्याउने आत्मरतिमा व्यस्त भएका छन् । भुइँचालो आओस्, नाकाबन्दी होस्, आगलागी होस्, बाढीपहिरोले देश आक्रान्त होस्, सीमा मिचियोस् कुनै नेतालाई मतलब छैन । उनीहरू केवल आफ्नो पार्टीमा भित्रिने कार्यकर्तालाई अबिरको टिका लगाउन व्यस्त हुन्छन् सधैंभरि । कुकुरलाई पनि बैँस कात्तिकमा मात्रै आउँछ तर हाम्रा नेताहरुलाई कार्यकर्ता भित्र्याउने बैँस सधैं आइरहेको हुन्छ ।


अहिले ज्ञात भयो, आखिर यो देशको समुन्नतिका लागि राजा कहिले पनि बाधक रहेनछन् भनेर । देखियो, अहिलेका झगडा भागबन्डामा, मिलिभगतमा, घुसमा, अनैतिकतामा, बलात्कारमा देश कसरी आक्रान्त बन्दै गइरहेको छ भनेर । पहाड र तराईको उन्नतिका कुरा त परै जाओस् नेपालको राजधानी कति अविकसित छ भनेर हेर्नु यसको लथालिंगे चालामाला । जनप्रतिनिधि पाइसकेपछिको महानगर र पहिलेको महानगरमा कुनै परिवर्तन आएको छैन । महानगरका जनप्रतिनिधिहरु मोजा बुन्ने होजियारीदेखि मसाज र पार्लर उद्घाटनमा व्यस्त देखिन्छन् । सधैं भोजभतेरमै रमाइलो गरिरहेका हुन्छन् । बूढो धरहरा ढलेको दुई वर्ष भइसक्यो तिनलाई उठाउने जिम्मेवारी पाएको महानगर आफैं आशौच बारेर बसेको जस्तो छ । रानीपोखरीको उत्तानो हेरेर हाँसिरहेछन् निरोहरु ।


कार्यक्रमहरु केवल घोषणामै सीमित छन् । अक्षरमै सीमित छन् । सिसडोलबासीलाई सामान्य चित्त बुझाउन नसकेर न्युरोड डङडङ्ती गन्हाइरहेको छ । अहिले महानगरका बासिन्दालाई घरबहाल कर, जग्गा कर, पसल कर करैकरको उल्लेख्य वृद्धिले रुवावासी बनाइरहेको छ । नगरपालिकाले धारोको टुटीमा हावा पठाउँछ पानीको बिल तिराउँछ, फोहोर बारीमा खाल्डा खनेर पुरिरहेका छौं । फोहोर व्यवस्थापनको कर लगाउँछ, सवारी गुडाउने सडकमा नदी हिँडिरहेको छ, वर्षेनि बीसौं हजार कर तिराउँछ, जनतालाई करैकरको भारी बोकाएर आक्रान्त पार्नलाई पो जबर्जस्ती नगरपालिकाहरु घोषणा गरिएका रहेछन् भन्ने कुरा अब बल्ल बुझ्न थालियो ।


जनतालाई राहत होला भनेर नगरपालिका घोषणा गरियो तर आहत दिन पो रहेछ । नगरपालिका हुनका लागि पूर्वाधार खोइ ? के–के चिज र सुविधाहरु परिप्राप्ति भएको खण्डमा नगरपालिका घोषणा गर्न सकिने भनेर आधार तय हुनै सकेन । नगरपालिकाका जनता एक गाग्रो पानी लिन तीन घण्टा हिँड्नुपर्छ, एउटा सिटामोलको चक्की र जीवनजल लिन एक बिहान बिताउनुपर्छ, त्यस्ता बिकट ठाउँ पनि नगरपालिका घोषणा भएकोमा र जनतालाई जबर्जस्ती करको भारी बोकाइदिनु त्योभन्दा ठूलो अपराध के हुन सक्छ ? केवल करमा चासो छ सरकारलाई तर विकास बजेट खर्च गर्न नसकेर मुलुक झनै अवनतितिर गइरहेको ध्यान छैन । आर्थिक विज्ञहरु सल्लाहकार हँुदाहँुदै पनि किन देशलाई अँध्यारोमा राखेको ? गुन्द्रुके सोचाइले मात्रै देश चल्ने भए युनिभर्सिटी किन खोल्नुप-यो ?
महानगरले मेयर, उपमेयर प्राप्त गरिसकेपछि जनताले चार कुराको आशा राखेका थिए ।
१. काठमाडौंको सडकमा नदी बग्न बन्द ।
२. सडकपेटी मिचेर पसल थाप्ने दादागिरीको अन्त्य ।
३. सडकमा परेका खाल्डाखुल्डी पुर्ने कार्य ।
४. ट्राफिक लाइट जडान र जामको अन्त्य ।
तर न्युरोड सडक गेटमा दादागिरीको पसल उस्तै छन् । सडक नै हड्पेर यात्रुलाई तथानाम गाली गरिरहेको दृश्य उही छ । आधा किलो स्याउलाई एक किलो भनेर बेचिरहेका काला व्यापारीहरुको कर्तुत उस्तै छ, विश्व रेडक्रसबाट दानमा आएको कपडा किन्ने र बेच्नेहरुको जन्ती उस्तै छ, सडकको फोहोर उस्तै छ । बेलाबेलामा भ्यान लिएर आउने नगर प्रहरीको नाटक उस्तै छ । अनि हप्ता असुलिरहेका गुन्डाहरुको नर्सिङ फुक्ने र बाली उठाउने बानी उस्तै छ । असनको आँगनमा हरिया झिँगाहरुको बिहे उस्तै छ । बाहै्र महिना देउसी खेल्ने र निदाउने कार्यकर्ताको चन्दा आतंक उस्तै छ, रत्नपार्कमा ओठमा रातोमाटो र मुखमा कमेरो पोतेका नेपाल सुन्दरीहरुको देहव्यापार उस्तै छ अनि त्यही गन्दगीमा झुम्ने नपुंसक पुरुषहरुको लिंगे जात्रा विचित्रको छ । त्यही वृत्ति र प्रवृत्तिबाट पदोन्नति  खोज्ने र फुली लगाउने सुरक्षा निकायको आत्मरति उस्तै छ, अनि खोइ कहाँ छ परिवर्तन ? अनि खोइ नगरपिता र नगरआमा पाएर पो के गर्नु ? नन्दी भिरिंगी चौसट्ठी योगिनीहरुको रत्यौली कहिले बन्द हुने होला र यिनका चराचरणमा फूलप्रसाद बर्सिरहन कहिले छोड्ने होला !


आफू पार्टी अध्यक्ष बन्न नपाए पार्टी नै परित्याग गर्ने र अर्को पार्टी खोल्ने रोगले प्रत्येक वरिष्ठ नेतालाई गाँजेको छ । मन्त्री हुन नपाए हुन्कार गर्ने धम्की दिने परिपाटी बसेको छ । दीपक बोहराले राप्रपा पार्टीमा त्यही हर्कत देखाउनु भो । समानुपातिक व्यवस्थापन खारेज गर्नुपर्छ । प्रत्यक्ष चुनाव जितेर आउनुपर्ने अनिवार्यता राखियो भने जनताप्रति उत्तरदायी हुनुपर्ने हुन्छ र नेतालाई लगाम लाग्थ्यो कि ! होइन भने समानुपातिकमा सांसद् बन्ने टिके परम्पराले झन् भ्रष्टाचार मौलायो । थ्रेसहोल्डका कुरा नगर, आरक्षण र सुरक्षणका कुरा नगर । सक्छौ गर, सक्तैनौ मर । काम गर । कर्म गर । जनतालाई दुःख नदेऊ । धर्म गर । पाप नगर । जनप्रतिनिधि बन्नु भनेको तिमीलाई जनता शोषण गर्ने लाइसेन्स दिएको होइन । सधैं माला र अबिर पहिरेर हिँड्ने आदतबाट टाढा बस । जनताले जिताए पनि आफैं हार्दै र आफैं गिर्दै गएको कुराको अनुभूति गर किनभने जनप्रतिनिधिको चुनावपछिको लामो मौनता सुहाउँदैन । देश त कमाउन सकेनौ तर अरु कसैले कमाइदिएको अस्तित्वलाई बन्दकमा नराख । किनभने भोलिको सन्ततिलाई यो देश सके बनाएर, फलाएर, फुलाएर सुम्प तर बिगारेर, भत्काएर छोडेर हिँड्ने र भाग्ने अधिकार तिमीलाई छैन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...

नवीकरणीय ऊर्जा : चुनौती र आवश्यकत

चिरञ्जीवी आचार्य अहिले समकग्र पृथ्वी जलवायु समस्याको सामना गरिरहेको छ । यो समस्या हेर्दा जति सामान्य देखिए पनि...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै