काठमाडौं, असोज ३ ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । इटहरीमा केन्द्रीय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र रहेको संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत असोज १८ गतेबाट खुल्ला हुुने साधारण सेयरको बिक्री कार्य छिटोमा असोज २३ गते र ढिलोमा कात्तिक १६ बन्द हुुने छ । बिक्री गरिने कुुल सेयरमध्ये दुुई प्रतिशत अर्थात ३६ सय कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात् नौ हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी सेयर सर्वसाधारणको लागि बिक्री गर्ने संस्थाले जानकारी दिएको छ । अधिकृत पुँजी १५ करोड तथा जारी पुँजी छ करोड रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुँजी चार करोड २० लाख रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी छ करोड रुपैयाँ पुुग्नेछ । आर्थिक दैनिकबाट