काठमाडौं, असोज ३ ।
आरएसडिसी लघुबित्त वित्तीय संस्थाको २३ करोड रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । संस्थाले पुँजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ मध्येबाट दुुई बराबर एकको अनुुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ११ लाख ५० हजार कित्ता हकप्रद सेयरको बिक्री खुुल्ला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिल क्यापिटल लिमिटेड असोज दुुई गतेबाट सोमबारबाट खुुल्ला भएको हकप्रद सेयरको बिक्री कार्य कात्र्तिक पाँच गतेसम्म जारी रहने छ । अधिकृत पुँजी ३४ करोड ५० लाख तथा जारी पुँजी पनि ३४ करोड ५० लाख रुपैयाँ नै रहेको संस्थाको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी ३४ करोड ५० लाख रुपैयाँ नै पुुग्ने छ । आर्थिक दैनिकबाट