logo
565 x 90 pixel-01.png

उपचारको क्रममा बिरामीको मृत्यु भए डाक्टरले नै क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं, असोज ३ ।
अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति डाक्टरले नै दिनुपर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गए डाक्टरले नै क्षतिपूर्ति विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।  


उपचारको क्रममा विभिन्न अस्पतालमा बिरामीको ज्यान जाने क्रममा वृद्धि हुँदै गएको भन्दै सरकारले जुन डाक्टरले बिरामीको अप्रेसन गरेको हो, उसैबाट क्षतिपूर्ति भराउने गरी कानुन बनाउनलागेको हो ।


कुनै पनि चिकित्सकले कुनै बिरामीको शल्यक्रिया गर्दा केही भएमा कुनै प्रकारको दाबी गर्नेछैन भनेर बिरामीमा आफन्तसँग कागज गराउने अन्तर्राष्ट्रिय प्रचलन छ । तर, अब सरकारले बिरामीको उपचारमा लापरबाही गरेमा सम्बन्धित डाक्टरबाट खर्च भराउने गरी नयाँ व्यवस्था गर्नलागेको छ ।


त्यस्तै बैठकले प्रदेशसभा चुनावको पिछडिएको र अल्पसंख्यक समुदाय तोकेर राजपत्रमा प्रकाशन गर्ने, असोज २८ देखि ३० गतेसम्म हुने गैरआवासीय नेपाली विश्व सम्मेलनको लागि उच्चस्तरीय आयोजक समिति गठन गर्ने, संयुक्त राष्ट्रसंघ सुधारसम्बन्धी र आणविक अस्त्र निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।


सरकारको निर्णय आउनेबित्तिकै चिकित्सक संघको विरोध
सरकारले जुन डाक्टरले विरामीको अप्रेसन गरेको हो, उसैबाट क्षतिपूर्ति भराउने गरी कानुन बनाउन लागेको प्रति नेपाल चिकित्सक संघले विरोध गरेको छ ।
चिकित्सकहरुका सरकारले कानुन निर्माण गर्न लागेको भन्दै नेपाल चिकित्सक संघले आक्रोश पोखेको हो । मन्त्रिपरिषद्को निर्णय ७२ घण्टामा फिर्ता नभए देशभरका स्वास्थ्य संस्थाहरु बन्द गरी आन्दोलनमा उत्रिने चिकित्सक संघले सरकारलाई चेतावनी समेत दिएको छ ।


नेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा उपचारको क्रममा लापरबाही भई बिरामीको मृत्यु भएको खण्डमा वैज्ञानिक अनुसन्धानबाट लापरबाही गरिएको ठहरिएमा उक्त ऐनमा उल्लिखित समन्वय समितिले क्षतिपूर्ति भराइदिने कुरा स्पष्ट हुँदाहुँदै त्यसको व्यवस्था गर्दै चिकित्सकको मानमर्दन हुने गरी मन्त्रिपरिषद्को निर्णय आएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागूऔषधविरुद्ध ‘स्टेपिङ अपरेसन’

लागूऔषध दुर्व्यसनीको संख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेसन’ सुरु गरेको छ । पर्वतमा लागूऔषधको समस्या...

सामाजिक सुधारका प्रयास शुरु

विवाह, छेवर तथा काजक्रियाजस्ता कार्यमा सेवन हुने मदिराजन्य पेय पदार्थ न्यूनीकरण गर्न पश्चिमी रसुवाको हाकु...

तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ । सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै