logo
565 x 90 pixel-01.png

राष्ट्र बैंकद्वारा १० वर्ष अवधिको पाँच अर्बको विकास ऋणपत्र बिक्री

काठमाडौं, असोज २ ।
नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गरेको छ । राष्ट्र बैंकले आइतबार पुुनः १० वर्षे अवधिको पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरेको हो । राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट विकास ऋणपत्र २०८४ ‘ख’ बिक्री गरेको जानकारी दिएको छ ।


ऋणपत्र खरिद गर्नको लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको विदेशी राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुुपर्ने दिएका थिए । अर्ध वार्षिकरुपमा ब्याजदर भुक्तानी हुुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्रको सावाँ भुक्तानी मिति २०८४ असोज २ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्नेगरी र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८० र २० प्रतिशत अर्थात् चार अर्ब र एक अर्ब रुपैयाँ छुट्याएको थियो । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने र अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्र बिक्री गरिने नीतिअनुरुप उक्त ऋणपत्र बिक्री गरेको राष्ट्र बैंकले जनाएको छ ।  


खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर ऋणपत्र खरिद गरेका थिए ।  ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिएका थि । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

आज १२ अर्ब २३ करोडको ट्रेजरी बिल
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार १२ अर्ब २३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैैंकले बोलकबोलको माध्यमद्वारा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्नलागेको हो ।


बिक्री गर्ने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको आठ अर्ब २३ करोड, एक सय ८२ दिने अवधिको दुुई अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यी ट्रेजरीको परिपक्व हुने अवधि भने क्रमशः २०७४ असोज ४ गते, २०७४ चैत ६ गते र २०७५ असोज २ गते रहेको छ ।


यसअघि भदौ २६ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको तीन अर्ब, ९१ दिने अवधिको दुुई अर्ब ५० करोड, एक सय ८२ दिने अवधिको दुुई अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँसहित कुुल नौ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र एक खर्ब ४५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सोही तयारीअनुरुप चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा मात्र राष्ट्र बैंकले १७ अर्ब ५४ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । यसअघि केही अंश बिक्री गरिसकेको र केही  बिक्री गर्ने तयारीमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागूऔषधविरुद्ध ‘स्टेपिङ अपरेसन’

लागूऔषध दुर्व्यसनीको संख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेसन’ सुरु गरेको छ । पर्वतमा लागूऔषधको समस्या...

सामाजिक सुधारका प्रयास शुरु

विवाह, छेवर तथा काजक्रियाजस्ता कार्यमा सेवन हुने मदिराजन्य पेय पदार्थ न्यूनीकरण गर्न पश्चिमी रसुवाको हाकु...

तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ । सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै