logo

इन्टरनेट कम्पनीमाथि कर बढाउँदै ईयू

एजेन्सी
बर्लिन, असोज २ ।
युरोपियन युनियन (ईयू)ले डिजिटल कम्पनीहरुमाथिको कर बढाउने निर्णय गरेको छ । यस विषयमा ईयूका केही साना मुलुकहरुले भने आर्थिक हिसाबमा नकारात्मक असर पर्ने भन्दै विरोध गरिरहेको अवस्थामा यस किसिमको करमा वृद्धिको योजना अघि सारिएको हो ।


शनिबार यस विषयमा ईयूमा छलफल भएको हो । फ्रान्सले गुगल र फेसबुकजस्ता कम्पनीहरुमाथिको कर बढाउने योजना पेस गरेको थियो । अहिले नाफाको निश्चित रकम मात्र करको रुपमा बुझाइरहेका कम्पनीहरुको लागि यस किसिमको विवरणले समस्या सिर्जना गर्नसक्ने विश्लेषकहरुको भनाइ रहेको छ । यसको असर भने साना मुलुकहरुमाथि प्रत्यक्षरुपमा देखिने उनीहरुको भनाइ रहेको छ । पछिल्लो समय युरोपमा डिजिटल कम्पनीहरुले कम राजस्व बुझाइरहेको भन्ने आवाज उठिरहेको कारण यस्तो निर्णय गरिएको बताइएको छ ।


शनिबार इस्टोनियाको राजधानी सहर टाल्लिनमा आयोजना गरिएको बैठककको क्रममा फ्रान्सको यस किसिमको योजनामा युरोका अन्य मुलुकहरुले साथ दिएका हुन् । यद्यपि यस विषयमा थप छलफल आवश्यक रहेको र उनीहरुले साना मुलुकहरुको कानुनी जोखिम कम गर्ने विषयमा पनि छलफल गर्न बाँकी रहेको बताइएको छ । डेनमार्कका अर्थमन्त्रीले अहिले ल्याएको योजनाको विषयमा निकै चनाखो बनेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनको यो भनाइलाई लक्जेम्बर्गका अर्थमन्त्रीले पनि समर्थन गरेका थिए ।


अहिले ल्याइएको योजनाले युरोपको प्रतिस्पर्धाको बजारलाई थप केही बलियो बनाउनसक्ने देखिएको हो । साथै यसले पछिल्लो समय कमजोर बन्दै गएको युरोपको बजारलाई पनि केही सहयोग पु¥याउने विश्लेषकहरुले बताएका छन् । यद्यपि केही मुलुकका अर्थमन्त्रीहरुले भने अहिलेको यो योजना पूरा गर्नका लागि केही प्राविधिक समस्याहरु रहेको बताएका छन् । अहिले पनि केही मुलुकहरु आफ्नो आर्थिक क्षेत्रमास सुधारका लागि संघर्ष गरिरहेको अवस्थामा यस किसिमको योजना सफल बनाउनु निकै ठूलो चुनौतीको रुपमा देखिने बताएका छन् । विशेषगरी पछिल्लो समय गुगल कम्पनीको राजस्वको विषयमा देखिएको विवादको कारण अघि सारिएको योजना हो ।


गुगल कम्पनीले धेरै राजस्व बुझाउन बाँकी रहेको भन्दै ईयूले सजाय तोके पनि गुगल कम्पनीले आफ्नो नियमानुसार नै कर बुझाइरहेको विवरण आयरल्याण्डले सार्वजनिक गरेपछि अनलाइनको क्षेत्रमा आफ्नो सेवा प्रदान गरिरहेका कम्पनीहरुलाई बढी कर बुझाउन बाध्य पार्ने किसिमको योजना अघि सारिएको हो । विश्लेषकहरुले भने डिजिटल अर्थतन्त्र विश्व्यापीरुपमा तीव्र गतिको विस्तारको क्रममा रहेका कारण अहिलेको नतिजाले आगामी दिनमा युरोपको समग्र अर्थतन्त्र समस्यामा पर्नसक्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै