logo

आर्थिक वृद्धिदर औसत ४.५ प्रतिशतमा सीमित हुने

काठमाडौं, असोज २ ।
नेपालको आर्थिक वृद्धिदर आगामी दुई आर्थिक वर्ष औसतमा ४.५ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले चालू आवमा आर्थिक वृद्धि ७.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । विश्व बैंकले यसअघि ५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यो प्रक्षेपण घटाएको हो । बैंकले सन् २०१८ मा नेपालको वृद्धि ५ प्रतिशतको दरमा र सन् २०१९ मा ४.५ प्रतिशतको दरमा हुने यसअघि नै प्रक्षेपण गरिसकेको छ ।


तराईमा गएको बाढीले करिब पाँच प्रतिशत जनसंख्या र दक्षिण तराईको ८० प्रतिशत जमिन प्रभावित भएको विश्व बैंकले उल्लेख गरेको छ । बाढीको कारण कृषि र आर्थिक क्रियाकलापमा भएको क्षतिको कारण गरिबी न्यूनीकरणमा भइरहेको सरकारी प्रयासमा पर्ने दबाबले सन् २०१८ मा आर्थिक वृद्धि लक्ष्यअनुसार हासिल गर्न नसक्ने विश्व बैंकले बताएको छ ।


गत आवमा नै बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ३.३ प्रतिशतबराबर रहेको, कतारलगायतका खाडी मुलुकमा देखिएको तनावले रेमिट्यान्स आप्रवाह घट्ने भएको र भारतले हालै अंगीकार गरेको जीएसटी कर (गुड एण्ड सर्भिस ट्याक्स) प्रणालीले नेपालबाट निर्यात प्रभावित भएकोले पनि आर्थिक वृद्धि अपेक्षाअनुसार नबढ्ने विश्व बैंकको जनाएको छ ।


जीएसटीको कार्यान्वयनसँगै भारतमा नेपाली निर्यातकर्ताहरुको प्रतिस्पर्धी क्षमता कमजोर हुने र नेपालतर्फ भारतबाट हुने आयात पनि बढाउने विश्व बैंकले बताएको छ । जीएसटीको कार्यान्वयनले भारतमा मूल्यवृद्धि दर घट्ने भएकोले भारत र नेपालबीचको मूल्य वृद्धि दरको अन्तर पनि बढेर जाने भएको छ । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

एउटा घीनलाग्दो व्यापार

टिप्पणी सामान्यतया सरकार परिवर्तनपछि नयाँ सरकारले राज्य सञ्चालनमा आफूलाई सहयोग पु¥याउन सक्षम ठानेका...

सपोर्ट माइक्रोफाइनान्सले एक करोड ८० लाख रुपैयाँको साधारण सेयर जारी गर्ने

काठमाडौं, असोज ३ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी...

आरएसडीसी लघुबित्तको २३ करोड रुपैयाँको हकप्रद खुल्ला

काठमाडौं, असोज ३ । आरएसडिसी लघुबित्त वित्तीय संस्थाको २३ करोड रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ ।...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै