logo

सार्वजनिक सेवा : नागरिक विश्वास जित्ने आधार

गोपीनाथ मैनाली
विश्वका सबै राज्यहरु आप्mना नागरिकबाट आलोचना र असन्तुष्टि खेप्दै आएका छन् कि उनीहरुले अपेक्षा गरे अनुरुपको सेवा राज्य संयन्त्रबाट दिइएको छैन । असन्तुष्टि र आलोचना सेवाको मूल्य, आयतन, समय र गुणस्तरमा रहँदै आएको छ । असन्तुष्टि र आलोचना प्रणाली सुधारको माग हो र यसका लागि प्रयास नभएका पनि होइनन् । सुधारका प्रयासहरु व्यवहार र प्रवृत्तिले साथ नदिएमा बित्थामा खेर जाने गर्छन् । यस्तो हँुदै पनि आएको छ । उपलब्ध स्रोत, साधन, नीति संरचना र जनशक्तिले दिनुपर्ने जति सेवा र गर्नुपर्ने जति व्यवहार पनि नभएकाले नै निजामती प्रशासन रक्षात्मक देखिएको हो । आफ्नै सेवाग्राहीबाट आलोचित हुनु भनेको सेवा प्रदायकका लागि कार्यधरातल नै गुमाउन हो । वैधता गुमाउन पनि हो । त्यसैले सेवा व्यवहार बदली सरकारलाई नागरिकको घरदैलो र मनसम्म पु¥याउनु अहिलेको चुनौती हो । यो कार्य सोचेजस्तो सजिलो भने अवश्य होइन तर स–साना प्रवृत्तिजन्य पक्षमा ध्यान पु¥याउन सके यो निकै सरल पनि छ । सरकार र नागरिकबीच असल सम्बन्ध विकासका लागि पनि यो आवश्यक छ ।


सेवाग्राही नागरिक र सेवाप्रदायकबीच असल सम्बन्ध कायम गर्नु भनेको सेवा वितरण गरिने काउन्टर र गेटदेखि नै व्यवहार र प्रस्तुति बदल्नु हो । पहिलो कुरा सेवा प्रदायक अग्रपंक्तिका निकायमा रहने कर्मचारीले सेवाग्राहीका हरेक कुरा गम्भीरतापूर्वक लिनु जरुरी छ । सेवाग्राही सेवाप्रदायकबाट उनीहरुका माग, सिकायत र सरोकारका विषयमा गम्भीरतापूर्वक व्यवहार होस् भन्ने चाहन्छन् । कतिपय मागहरु असम्भव भए पनि त्यसप्रति सकारात्मक हुनु र गम्भीरतासाथ लिनाले नागरिक विश्वास जित्न सकिन्छ । सेवाग्राहीका आग्रह, माग, सिकायत र गुनासोलाई हलुका रुपमा लिने बानीले सेवाग्राही–सेवाप्रदाताबीच असल सम्बन्ध कायम गर्न सकिँदैन ।  


प्रत्येक सेवा प्रदाता अर्को कार्यालयको सेवाग्राही पनि भएकाले आपूm त्यसरी सेवा लिन जाँदा आफूप्रति गरिने व्यवहार उचित नभएमा कस्तो अनुभूति लिन्छ, त्यही कुरा आफ्ना सेवाग्राहीका हकमा पनि लागू गर्न प्रयत्नशील हुनपर्छ । सेवाप्रदायक कर्मचारी ज्हिले पनि नागरिकका दृष्टिकोणबाट प्रस्तुत हुनुपर्छ । सरकार र सार्वजनिक प्रशासनको केन्द्रविन्दुमा नागरिक रहेका हुन्छन् र रहनुपर्दछ । सेवा वितरणका काउन्टरमा बस्ने वा सरकार र नागरिक सम्बन्ध सूत्रका रुपमा रहने जोसुकै पदाधिकारीको कर्तव्य नागरिकपक्षीय दृष्टिकोण राख्नुमा रहन्छ । ‘म त्यही विषय लिएर नागरिकका रुपमा सेवा लिन आएको भए’को सोचाइ उसले राख्नुपर्दछ, जसले विषयवस्तप्रतिको गहनता बुझ्न सघाउँछ । यस अवस्थामा सर्वसाधारण र सरकार विश्वास र वैधतामा बाँधिन्छन् ।


अग्रपंक्तिमा रहने कर्मचारीले भुल्न नहुने कुरा के पनि हो भने ऊ निश्चित कुराको वाचासहित सेवा काउन्टरमा उपस्थित छ । के वाचा गरिएको छ त्यो पूरा गर्नु कर्मचारीको आदर्श, धर्म र नैतिकता हो । प्रत्येक निकाय निश्चित उद्देश्यका लागि स्थापित भएका हुन्छन् । नीति तथा कार्यक्रम कार्यान्वयन, सेवा प्रवाहजस्ता कार्य गर्नु यस्ता निकायमा आबद्ध पदाधिकारीको कर्तव्य हो । यस्ता विषयवस्तु नागरिक छलफलबाटै तय गरिएको हुन्छ त्यही कुरा गरिनुपर्दछ । एक थोकको वाचा गरेर अर्कैथोक गर्दा नागरिक र सरकारबीच दूरी बढ्न जान्छ । आजभोलि त्यसो नहोस् भनेर कार्यक्रम तथा सेवा प्रवाहलाई सार्वजनिक गर्ने, सामाजिक परीक्षण गर्ने, नागरिक सुनुवाइ गर्नेजस्ता नागरिक निगरानीका संयन्त्रसमेत प्रचलनमा ल्याइएका छन् । तर ती प्रतिक्रियामूलक उपाय हुन्, जागरुक रुपमा पहिले नै यस विषयमा सोचिनु आवश्यक हुन्छ । अग्रसरता र सावधानीमा सक्रिय रहनुपर्छ ।


सामान्यतः कर्मचारीहरु समय तत्वलाई ध्यान नदिने मनोविज्ञानमा रहन्छन् । तर समय सबैभन्दा मूल्यवान् र महत्वपूर्ण साधन हो, जसलाई न सञ्चय गर्न सकिन्छ न पुनः प्रयोगमा ल्याउन नै । समयले कसैलाई पर्खिंदैन । समयलाई ध्यान नदिनेहरु अल्छी ठहरिन्छन् । समयलाई महत्व नदिई गरिएका कामको लागत बढ्ने मात्र होइन, त्यस कामको सार्थकता पनि नरहन सक्छ । ‘हिजोको युद्ध आज’ लडेर के गर्ने ? मृत्यु हुनुअघि पो उपचार गरिनुपर्दछ । त्यसैले सम्पादन गरिनुपर्ने कामलाई विनियोजित साधन र उपयुक्त समयमा नै पूरा गरिनुपर्दछ ।


कर्मचारीहरु भइरहेको विधि विधानमा रमाउँदै आएका हुन्छन् र हिजो गरिएकै तरिकाबाट काम गर्न अभ्यस्त पनि छन् । तर सर्वसाधारण नागरिक परिवर्तन र सिर्जनाका पारखी हुन्छन् र सजिला, सस्तो र मितव्ययी विधिको चाहना राख्दछन् । परम्परादेखि अवलम्बन गरिँदै आएका कार्यसम्पादन विधि थोत्रा भएका हुन सक्छन्, जसले नागरिकको मन छुन नसकेको हुनसक्छ । यसमा निरन्तर सुधार र परिमार्जन आवश्यक छ । कानुन र कार्यविधि हाम्रा कार्यव्यवहारलाई व्यवस्थित गर्न स्थापित मापदण्ड र मानकमात्र हुन् । अत्यधिक कार्यविधि मोहले ‘खेललाई भन्दा खेलको नियम’लाई ध्यान दिनसक्छ । त्यसैले सिर्जनशील सोच र सकारात्मक व्यवहारमार्फत नै नागरिक विश्वास जित्न सकिन्छ । सुशासन ऐन र नियमावलीले प्रत्येक निकायमा शासकीय सुधार एकाइ गठन गर्न भनेको छ, धेरैजसो केन्द्रीयस्तरका निकायमा यसको गठन पनि भइसकेको छ, जसले प्रशासकीय कार्यसञ्चालनका सिद्धान्तलाई अपनाउँदै सङ्गठन तहमा नयाँ मान्यता र विधिहरु अपनाउन व्यवस्थापनलाई सुझाव दिने गर्दछ । यो शासकीय सुधार एकाइ वास्तवमा परिवर्तन एकाइ पनि हो । तर यी प्रावधान वास्तविकतामा क्रियाशील छैनन् । करिब डेढ दशकअघि शिक्षा मन्त्रालयमा शैक्षिक अग्रसरताका लागि निजी क्षेत्र र प्राज्ञहरु रहेको परिवर्तन एकाइ गठन गरिएको थियो । त्यसै समयतिर सामान्य प्रशासन मन्त्रालयको अगुवाइमा सुरु भएको शासकीय सुधारको कार्यक्रमले छानिएका मन्त्रालयमा शासकीय सुधार एकाइ र परिवर्तन एकाइ गठन गरी प्रशासन सुधारको अग्रसरता ल्याउने कल्पना गरेको थियो । जुन काम उल्टो दिशातर्फ गएको छ ।


सार्वजनिक निकायले सार्वजनिक चाखहरुको सन्तुलन गर्नुपर्दछ । त्यहाँ स्वार्थको द्वन्द्व र चाखहरुको प्रतिस्पर्धा हुने गर्दछ । सार्वजनिक निकाय र पदाधिकारीको धर्म नै बढीभन्दा बढी नागरिकहरुको चाख निर्माण र प्रतिस्पर्धी चाखहरुको सन्तुलनबाट साझा चाख वा चाहना स्थापित गर्नु हो । चाखहरु संगठन तहमा, व्यक्तिगत तहमा र नागरिक तहमा पनि स्पर्धाशील हुनसक्छन् । कतिपय अवस्थामा चाखहरु छिपेर पनि रहेका हुन्छन् । यसलाई हामी स्वार्थ भन्न सक्छांै र त्यस प्रकारको स्वार्थलाई सार्वजनिक जीवनमा देखिन दिनुहँुदैन । चाखहरुको सन्तुलन नगरिएमा सार्वजनिक सेवामा सर्वसाधारणका नाममा ठूलाबडाहरुको प्रभुत्व रहने गर्दछ र सार्वजनिक निकाय अन्यायी देखिन्छ । विश्वका सबैजसो सरकारलाई त्यसो भएको आरोप पनि लाग्ने गरेको छ जुन सही पनि हो । त्यसैले सार्वजनिक जिम्मेवारी भएका व्यक्तिहरु सधंै निस्वार्थ, वस्तुपरक, पारदर्शी र सदाचारी व्यवहारमा देखिनुपर्दछ । जन निजामती सेवाको मूल्य आदर्श पनि हो ।


आफ्नो प्रशंसाको अपेक्षा गर्ने र आलोचनाप्रति अनुदार बन्ने मानवीय स्वभाव हो । तर सार्वजनिक जिम्मेवारी लिएका पदाधिकारीहरु प्रशंसाको भोको नबनी आलोचनाप्रति उदार रहनुपर्दछ । सरकार र यसको संयन्त्र नागरिक इच्छा निर्माण र क्रियान्वयन गर्ने संयन्त्र भएकाले आलोचना र सिकायतप्रति सधैं उदार बन्नु नैतिक धर्म पनि हो । आलोचना र सिकायत सुधार र परिवर्तनको पनि आधार हो । यसले सांगठनिक सिकाइ र नीति पृष्ठपोषणको पनि आधार दिन्छ । प्रशासनका उत्कृष्ट अभ्यास भएका मुलुकहरुमा नागरिक सिकायतका लागि विभिन्न माध्यमहरु खुला गरिएको पनि देख्न सकिन्छ । आलोचना गर्ने, सिकायत गर्ने, सुझाव दिने, सहकार्य र सहयोग गर्ने र यसबाट पनि अपेक्षित काम नभएमा दबाब दिने सेवाग्राही अधिकारको कुरा हो तर त्यो सही हुनुपर्दछ । सही सिकायतलाई तत्काल सम्बोधन गरेर नै सरकार नागरिकको मन जित्न सक्षम हुन्छ ।


सार्वजनिक प्रशासन समूह भावनाबाट काम गर्ने थलो हो । समूहका साथीहरुको एकअर्काप्रति विश्वास र सहयोगमा काम गर्छन् । आपसमा विश्वास र सहयोगी भावना नहँुदा कुनै पदाधिकारीले मात्र राम्रो काम गर्न सक्दैन । त्यसैले यस्ता निकायले संगठनका सबै सदस्यलाई विश्वासमा लिन सहभागीतात्मक कार्यप्रणाली अवलम्बन गर्ने, प्रोत्साहन र अवसर वितरणमा न्यायपूर्ण व्यवहार अपनाउने गर्नुपर्दछ । अन्यथा उसबाट सम्पादन गरिने कामको स्वामित्व उसले लिँदैन र कार्यप्रणाली औपचारिक मात्र हुनपुग्छ । सार्वजनिक निकायहरुमा औपचारिक÷अनौपचारिक माध्यमबाट सहयागी साथीहरुको विचार एवं सुझाव लिने, अन्तक्र्रिया गर्ने गरिएको हुन्छ । यो आन्तरिक विश्वास जित्ने माध्यम पनि हो । त्यस्ता व्यवस्थापक नै सफल मानिन्छन् जो खुला र विनम्र रुपमा आफ्नो समूहप्रति व्यवहार गर्दछ ।


आन्तरिक कार्यनीति तथा कार्यविधिहरु एकअर्कासँग मेल नखाने भएमा पनि नागरिक अपेक्षाअनुरुप सेवा प्रवाह गर्न सकिँदैन । त्यसैले नीति तथा कार्यविधि निर्माणअघि यसका अग्रपृष्ठ सम्बन्ध विश्लेषण गरिनुपर्दछ । एउटा नीतिले भनेको कुरा अर्को नीतिले स्वीकार र समर्थन नगर्न सक्छ । नीति तथा कार्यविधि निर्माणका सन्दर्भमा नै विश्लेषण पक्षलाई ध्यान नदिने हो भने यस प्रकारका कमजोरीहरु रहिरहने स्थिति रहन्छ ।


कर्मचारीलाई सधंैभरि लाग्ने अर्को आरोप ऊ काम गर्नुभन्दा पनि पन्छाउन खप्पिस छ भन्ने पनि हो । उसले काम गर्न अल्छी मान्छ, समयलाई वास्ता गर्दैन, गर्छु भन्छ तर गर्दैन, गरेको जस्तो मात्र गर्छ, आफूले गर्नुपर्ने कामलाई तलतिर झार्छ, गर्छु भनेको काम पनि विभिन्न अड्को थापेर उद्देश्यभन्दा पर पु¥याइदिन्छ । यी कमजोरीहरुलाई कर्मचारीतन्त्रका विकृतिका रुपमा लिन सकिन्छ । ती विकृति र विसंगति नहटाई सेवाग्राहीको अपेक्षा पूरा गर्न सकिँदैन । त्यसैले गर्नुपर्ने कामका लागि समर्पित भएर तत्काल गर्नु जरुरी छ । जनता सरकारबाट भनेको होइन, गरेको देख्न चाहान्छन् । उनीहरुको  अपेक्षा र आवश्यकता गरेर मात्र पूरा हन्छ । (mainaligopi@gmail.com)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै