logo

एप्पलका आईफोन एक्स, आईफोन ८ र आईफोन ८ प्लस सार्वजनिक

एजेन्सी, क्यालिफोर्निया । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता एप्पलले आफ्नो सबैभन्दा लोकप्रिय उत्पादन आईफोनका तीन नयाँ भर्सन सार्वजनिक गरेको छ । गएको मंगलबार कम्पनीले आफ्नो नयाँ मुख्यालयबाट उक्त उत्पादनहरु सार्वजनिक गरेको हो । एप्पलले आईफोन एक्स, आईफोन ८ र आईफोन ८ प्लस गरी तीन आईफोनका उत्पादनहरु सार्वजनिक गरेको हो ।


एप्पलले बजारमा आएको १० वर्षको उपलक्ष्यमा उक्त स्मार्टफोनहरु सार्वजनिक गरेको हो । अहिले सार्वजनिक गरिएका उत्पादनमध्ये आईफोन एक्स केही विशेष देखिएको छ । यो उत्पादनमा बाहिरी किनारासम्म नै स्क्रिन रहेको छ । साथै यसमा भौतिक ‘होम’ बटम पनि छैन । आईफोन एक्समा अनुहार पहिचान गर्नसक्ने प्रविधिको विकास गरिएको छ भने यसले औंठाछापबाट पनि मानिसको पहिचान गर्नसक्छ । एप्पलका अनुसार अनुहार पहिचान गर्नसक्ने प्रविधिको विकास यसरी गरिएको छ कि यसले अँध्यारोमा पनि इन्फ्रा रेको सहयोगमा मानिसको पहिचान गर्नसक्छ । साथै यो प्रविधिलाई झक्याउनु निकै कठिन रहेको बताइएको छ । यो एप्पलको अहिलेसम्मकै सबैभन्दा महँगो आईफोन हो ।


यो आईफोनको क्षमता ६४ गिगाबाइट रहेको छ र यसको मूल्य अमेरिकामा एक हजार अमेरिकी डलर पर्छ । यो स्मार्टफोनमा ६४ जीबी इन्टरर्नल स्टोरेजको प्रयोग गरिएको छ ।  साथै नोभेम्बर ३ देखि यसको बिक्री सुरु हुने बताइएको छ । यसको दुई सय ५६ जीबी भर्सनको मूल्य भने ११४९ अमेरिकी डलर तोकिएको छ । यद्यपि अहिले सामसुङ कम्पनीले नौ सय ३० मा डलरमा नोट ८ को बिक्री सुरु गरेको छ । यसमा पनि ६४ जीबीको स्टोरेज रहेको छ । एप्पलले आफ्नो आईफोन एक्स उत्पादनका लागि लामो समयदेखि उल्लेख्य लगानी गरिरहेको विवरण सार्वजनिक गरेको छ । साथै यो उत्पादनको अर्को महत्वपूर्ण प्रविधि ओएलईडी डिस्प्ले प्रविधिको प्रयोग हो । यसको प्रयोगबाट मानिसहरुले वास्तविक रङ हेर्न सक्नेछन् । यो प्रविधिको प्रयोग एलजी र सामसुङले यसअघि नै सुरु गरिसकेका छन् ।


यसअघि आईफोन ७ सबैभन्दा महँगो आईफोनको रुपमा रहेको थियो । जसको मूल्य नौ सय ६९ डलर तोकिएको थियो । यो उत्पादनको सहयोगमा एप्पल १० खर्ब डलरको सम्पत्ति भएको कम्पनी बन्नसक्ने विश्वास कम्पनीको रहेको छ । यसमा प्रयोग गरिएको ब्याट्रीको क्षमता आईफोन ७ को भन्दा दुई घण्टा बढी रहेको बताइएको छ ।


आईफोन एक्ससँगै एप्पलले आईफोन ८ र आईफोन ८ प्लस पनि सार्वजनिक गरेको छ । चार दशमलव सात र पाँच दशमलव पाँच इन्चका उक्त उत्पादनहरुमा पछाडिको भाग धातुको सट्टा ग्लासको रहेको छ । यसअघिको भन्दा स्पिकर पनि २५ प्रतिशत ठूलो आवाजदार रहेको छ । यी उत्पादनहरुमा भने धेरै फिचर्सहरु आईफोन एक्सकै प्रयोग गरिएको छ । साथै यसमा क्यामेरा सेन्सरमा सुधार गरिएको छ र यसले निकै कम उज्यालोमा पनि राम्रो फोटो खिच्न सक्छ । आईफोन ८ को मूल्य सात सयदेखि आठ सय ५० डलरको बीचमा रहनेछ भने आईफोन प्लसको मूल्य आठ सयदेखि नौ सय ५० डलरको बीचमा रहनेछ ।


आईफोन ८ र आइफोन ८ प्लस दुवै स्टिल र तामाबाट बनेका हुन् । यी उत्पादनहरुमा वायरलेस चार्जिङको सुविधा रहेको छ भने यी उत्पादनहरु वाटर प्रुफ पनि रहेका छन् । साथै यसको आईफोन ८ मा रेयर क्यामेरा १२ मेगापिक्सलको रहेको छ तर आईफोन ८ प्लसमा भने १२ मेगापिक्सल ड्युल क्यामेरा रहेको छ । साथै यो उत्पादनहरु खैरो, सुनौलो र सिल्भर रङमा उपलब्ध छन् । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै