logo

जापानको लगानी र रणनीति

चिरञ्जीवी आचार्य
जापान एसियाको दोस्रो ठूलो अर्थतन्त्र बोकेको मुलुक हो । यो मुलुक कुनै समय विश्वको अर्थतन्त्रमा अमेरिकालाई नै पछि पार्ने दिशामा पनि अघि बढेको थियो तर अहिले जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र बोकेको मुलुक हो । यद्यपि एसियाको दोस्रो ठूलो अर्थतन्त्र बोकेको भए पनि यसको प्रभाव एसियामा त्यति बलियो भने छैन । यस्तोमा अहिले जापानले भारतको बुलेट रेल निर्माणको योजनामा आँखा लागाएको छ ।


जापानले भारतको बुलेट रेलको योजनामा १७ अर्ब अमेरिकी डलरबराबरको रकम लगानी गर्ने भएको छ । गएको साता जापान र भारतको बीचमा यो सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो लगानीले भने जापान अहिले आफ्नो राजनीतिक चाल चल्ने दाउमा रहेको स्पष्ट देख्न सकिन्छ । भारतको र जापानको सम्बन्ध सुमधुर रहेको भए पनि दक्षिण एसियाको मुलुकको लागि जापान टाढाको मित्रराष्ट्र हो । टाढाको मित्रराष्ट्रले कुनै मुलुकमा लगानी गर्दा उसको वास्तविक योजना के हो भन्ने कुराको हेक्का राख्नु जरुरी हुन्छ । त्यसो त जापानले नेपाल, भुटानलगायतका साना मुलुकहरुमा पनि उल्लेख्य लगानी गर्दै आएको छ तर अहिले भारतमा गरिएको लगानीलाई भने केही अर्थपूर्णरुपमा लिइएको छ ।


जापान र भारतको बीचमा यस किसिमको सम्झौता हुनुमै केही रहस्य लुकेको देखिन्छ । किनकी यो सम्झौता चीन र भारतबीचको सैन्य अभ्यास सकिएको एक दिनपछि जापान र भारतबीच यस्तो सहमति भएको हो । पछिल्लो समय भारत पनि आफ्नो बुलेट रेलको विस्तार गर्ने योजनामा जापानले यो योजनाका लागि लगानी गर्ने वचन दिएको हो । जापानी प्रधानमन्त्री सिन्जो अवे भारत भ्रमणमा आउन लागेकाले पनि यो सहमति भएको बताइएको छ । बुधबार जापानी प्रधानमन्त्री अवे भारत आउँदै छन् । उनी दुई दिने भ्रमणको लागि भारत आउन लागेका छन् । भारतमा आफ्नो प्रभावको लागि चीनसँग भारतको राम्रो सम्बन्ध नरहेको मौका जापानले उठाउने तयारी गरेको हो ।


भारतको अहिलेको सरकारले पाँच सय किलोमिटरको मुम्बईदेखि औद्योगिक सहर अहमदावादसम्म जोड्ने रेलमार्ग बनाएको छ । यसले भारतको विस्तार हुँदै गरेको संरचनाको क्षेत्रमा महत्वपूर्ण कदम थपेको चर्चा भइरहेको अवस्थामा भारतको बुलेट रेलको योजनामा जापानले सहयोग गर्ने भएको हो । बिहीबार यो योजनाको विषयमा काम सुरु हुने भारतीय रेल मन्त्रालयले जानकारी दिएको छ । भारतीय रेलमन्त्री पियुस गानेयालले प्रविधिको क्षेत्रमा अहिलेको योजनाले ठूलो क्रान्ति ल्याउने विश्वास व्यक्त गरेका छन् । जापानको प्रविधिको पनि भारतले प्रयोग गर्नसक्ने उनको भनाइ रहेको छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संरचनाको क्षेत्रमा ल्याएको उल्लेख्य विस्तारको योजनालाई अहिलेको जापानको लगानीले ठूलो सहयोग पुग्ने विश्लेषहरुले बताएका छन् । साथै भारतलाई आर्थिकरुपमा पनि महत्वपूर्ण सुधारका लागि यो योजना महत्वपूर्ण हुने उनीहरुको भनाइ छ । भारतले आफ्नो बुलेट रेलको योजना ल्याएको भने एक वर्षभन्दा पनि बढी भइसकेको छ । यो योजना सन् २०२२ सम्ममा पूरा हुने अनुमान गरिएको छ । यो योजनाका लागि ८१ प्रतिशतको कोष जापानले सम्हाल्नेछ । साथै उसले ५० वर्षीय शून्य दशमलव एक प्रतिशतको ब्याजदरको ऋण प्रदान गर्नेछ । भारतमा लगानी गर्ने जापान तेस्रो सबैभन्दा ठूलो लगानीकर्ता हो ।


भारत र जापानको बीचमा अहिले भारतले जापानी हवाई विमान खरिद गर्ने विषयमा छलफल पनि भइरहेको छ । सन् २०१५ मा चीनले दिल्लीदेखि मुम्बईसम्मको रेल निर्माणको ठेक्का जितेको थियो तर यो योजनाले गति भने लिन सकेको थिएन । यस्तोमा जापानको लगानीले भारतको रेलमार्ग विस्तारमा सहयोग गर्ला वा नगर्ला त्यो परको कुरा हो तर चीन र जापान भारतमा लगानी बढाउने विषयमा होडबाजीको क्रममा रहेको देखिएको छ । चीन र जापानको होडबाजी भने केही आर्थिक मुद्दामा मात्र होइन । जापानले केही राजनीतिक मुद्दामा पनि आफ्नो बलियो प्रभावको लागि यस किसिमको लगानीको योजना ल्याएको हो । राजनीतिक हिसाबमा पछिल्लो समय चीनले आफ्नो प्रभाव समग्र एसियामा विस्तार गरिरहेको छ । यस्तोमा भारतसँग भने चीनको सम्बन्ध त्यति धेरै राम्रो भने देखिएको छैन । उसको सम्बन्ध राम्रो नरहेको फाइदा जापानले उठाउने कोसिस गरेको हो ।


भारतको लागि पनि चीनको विकल्प खोज्नु निकै जरुरी रहेको अवस्थामा जापान एक महत्वपूर्ण लगानीकर्ताको रुपमा देखिएको छ । भारतको लागि जापानले गरेको लगानी आगामी आगामी दिनमा विकासको लागि कोसोढुङ्गा साबित हुनेमा कुनै दुईमत छैन तर यस किसिमको लगानी विस्तारको लागि भारतले अझै ठुलो प्रयास गर्नुपर्ने देखिन्छ । भारतसँग अहिले एसियाको प्रमुख आर्थिक क्षेत्र ओगटेको चीनकमो राम्रो सम्बन्ध नरहेको फाइदा जापानलाई पुगेको त छ तर जापान पनि भारतमा गरिएको लगानीले आगामी दिनमा आफूलाई केही फाइदा मिल्ला भन्नेमा भन्दा पनि चीनलाई धक्का दिने माध्यम खोजिरहेको छ । चीनलाई कमजोर बनाउनको लागि एसियामा भारत नै प्रमुख हतियार हो । भारतबाहेक पछिल्लो समय दक्षिण एसियाका सबै मुलुकहरुमा आफ्नो उपस्थिति बलियो बनाइरहेको चीनलाई दक्षिण एसियाको भारतले मात्र केही कमजोर बनाउनसक्ने जापानको ठम्याइ रहेको देख्न सकिन्छ ।


भारत पनि चीनसँगको धेरैजसो सम्झौताहरु पूरा गरेर नयाँ सम्झौता नगर्ने मनसायमा रहेको छ । यसबाट भारत र चीनको सम्बन्धमा थप दरार आउनसक्ने स्पष्ट छ । यद्यपि  चीनको लागि भारतको सहयोग लिनु पनि जरुरी रहेको छ । चीन आफ्नो सिल्क रोडको योजनामा भारतलाई सामेल गर्न चाहन्छ तर यस विषयमा भारतले अहिलेसम्म आफ्नो स्वीकारोक्ति भने दिएको छैन । यो योजना पूरा नहोस् भन्ने मानसिकता भारतमा मात्र नभई जापानमा पनि रहेको छ । जसको कारण जापान भारतलाई उक्साउने तयारीमा देखिएको हो । चीनले चाहेको अनुसारको योजना पूरा गर्नको लागि भारतको साथ करिब अनिवार्य जस्तै छ । यो योजनामा अवरोध गर्नेमा अन्य मुलुकहरुको संख्या भने करिब नगण्य मात्रामा रहेको छ ।


भारत र जापानको लागि आर्थिक सुधारमा पनि यो योजनाले सहयोग पुग्नसक्छ । भारत एसियाको एक उदाउँदो अर्थतन्त्र भएको मुलुकको रुपमा देखिएको छ र उसलाई लगानीको आवश्यकता रहेको छ । त्यसको विपरीत जापानलाई भने अर्को मुलुकमा आफ्नो लगानी गरी आफ्नो मुलुकमा विदेशी मुद्रा भित्राउनु अहिलेको आवश्यकता हो । यस किसिमका लगानीका योजनाहरुले भने समग्र एसियाको अर्थतन्त्रमा पनि सुधारको लागि महत्वपूर्ण टेवा पु-याउन सक्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कांग्रेस किन पराजित भयो ?

नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको...

संगठित अपराध र राजनीतिक हिंसा

संगठित अपराध शब्दावली दुई शब्द मिलेर बनेको छ । संगठन र अपराध संगठन सामान्यतया निश्चित उद्देश्य प्राप्त गर्नका...

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेस किन पराजित भयो ?

नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै