logo

एसिया कपमा नेपाल छनौट

एसीसी अण्डर–१९ रिजनल छनौटमा नेपाल फाइनल प्रवेशसँगै एसिया कपको लागि छनोट भएको छ । मलेसियामा जारी अण्डर १९ एसिया कप क्रिकेटमा सेमिफाइनलमा घरेलु टोली मलेसियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । नेपाल अर्को वर्ष हुने उमेर समूहको एसिया कप क्रिकेटका लागि छनौट भएको हो ।


सेमिफाइनलमा मलेसियाले प्रस्तुत गरेको १ सय २२ रनको चुनौती नेपालले २३ दशमलब १ ओभरमा विना क्षति भेट्टायो । ओपनरद्वय सन्दिप सुनार र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सहज जित दिलाएका हुन् । सुनार ५१ र शेख ५० रनमा नटआउट रहे । ४८ बलको सामना गरेका शेखले ८ चौका र १ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । सुनारले ८ चौका प्रहार गरे ।


क्वालालामपुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको घरेलु टोली ४२ ओभरमा १ सय २१ रनमा समेटिएको थियो । आफ्नो उत्कृष्ट बलिङलाई निरन्तरता दिने क्रममा कप्तान दिपेन्द्रसिंह ऐरीले ५ विकेट लिएपछि मलेसियन इनिङ्स कमजोर बनेको थियो । पवन सर्राफले २ तथा सन्दिप लामिछाने, सहाव आलम र रोहितकुमार पौडेलले एक/एक विकेट लिएका थिए । रिजनल छनौटको फाइनल प्रवेश टोली आसन्न उमेर समूहको एसियाकप क्रिकेटका लागि छनौट हुने छन् ।


शनिबार नै भएको अर्को सेमिफाइनलमा हङकङले सिंगापुरमाथि ७ विकेटको जित हात पारेको छ । पहिले ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । जसलाई हङकङले ४०.२ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको थियो । फाइनल खेल आज (आइतबार) हुनेछ ।


एसिसी यु–१९ एसिया कपअन्र्तगत पूर्वी क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यका साथ शनिबार नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गरेको थियो । सुधारिएको ब्याटिङका साथै बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो । सेमिफाइनल मा पनि नेपालले आफ्नो उत्कृष्ट बलिङ गरेका कारण मलेसियालाई सस्तैमा समेट्नुका साथै विजयी भएको हो । भुटान, थाइल्यान्ड र सिंगापुर सम्मेलित समूह चरणका खेलमा नेपालले कुनै पनि टोलीबाट बलियो चुनौतीको सामना गर्नु परेन । त्यस्तै सेमिफाइनलमा पनि नेपालले बलियो चुनौतीको सामना गर्नु परेन ।


पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले हराएको नेपालले दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको थियो । समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको थियो । नेपाली युवा टोलीका प्रशिक्षक विनोद दासले खेलाडीले स्वभाविक प्रदर्शन गर्ने र मौसमले साथ दियो भने च्याम्पियन बन्न कठिन नभएको बताउँदै आएका छन् ।


आयोजक मलेसिया समूह ‘बी’ को उपविजेता टोली हो । पहिलो दुई खेलमा विजय हासिल गरे पनि अन्तिम खेलमा हङकङसँग ६ विकेटले पराजित भए पछि मलेसिया उपविजेतामा सीमित बनेको थियो । नेपालका लागि मलेसिया परिचित प्रतिद्वन्द्वी हो । यु–१९ उमेर समूहमा भएको १४ मध्ये १३ खेलमा नेपालले बाजी मारेको थियो । यो विजयसँगै नेपालले १५ खेलमा १४ मा विजयी बनेको छ । गत साउनमा सिंगापुरमा सम्पन्न यु–१९ विश्वकप छनोट प्रतियोगिताको दुवै खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको थियो । मलेसियाले नेपाललाई हराएको एकमात्र खेल एसिसी यु–१९ इलाइट कपमा हो । तेस्रो स्थानका लागि भएको खेलमा मलेसिया ६ विकेटले विजयी भएको थियो ।


सिंगापुरमा नेपालको ब्याटिङ चल्न नसक्दा नेपालको विश्वकप खेल्ने सपना साकार हुन सकेको थिएन । तर तुलनात्मकरुपमा नेपालले यस प्रतियोगितामा ब्याटिङ सुधारेको छ । त्यसो त नेपालले विश्वकप छनोट खेल्दाको टोलीमा ४ खेलाडी परिवर्तन गरेको छ । यु–१६ टोलीका पूर्वकप्तान सुमित महर्जन, अलराउन्डर सन्दीप जोरा, लेग स्पिनर विक्रमकुमार भुसाल र तीव्र गतिका बलर नन्दन यादव टोलीमा समेटिएका छन् । उनीहरूले ब्याट्सम्यान आदिल खान, विकेटकिपर प्रकाश केसी, तीव्र गतिका बलर रिजन ढकाल, बायाँ हाते स्पिनर ललितनारायण राजवंशीलाई प्रतिस्थापन गरेका हुन् ।


फाइनल खेल्ने दुई टोलीले एसिया कपमा स्थान बनाउने भएकाले नेपालले मलेसियालाई पराजित गरेसँगै एसिया कपमा स्थान पक्का गरेको छ । एसिया कपमा एसियाली टेस्ट राष्ट्रसँग खेल्ने छ । यसै प्रतियोगिताबाट नेपाली युवा टोलीको कप्तानी सम्हालेका दीपेन्द्रसिंह ऐरीले उच्चस्तरको टोलीविरुद्ध आफूलाई प्रमाणित गर्न यस प्रतियोगिता महत्वपूर्ण रहेको बताउँदैं आएका छन् ।


समूह चरणका तीनै खेलमा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो खेलमा दायाँहाते स्पिनर सन्दीप लामिछानेले ७ विकेट लिए । प्रतियोगितामा १२ विकेट लिइसकेका सन्दीप धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । दोस्रो खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीले ५ विकेट पूरा गरेका थिए । तेस्रो खेलमा पवन सर्राफले ६ विकेट पूरा गरे । पहिलो खेलमा ९१ रन बनाएका अनिलकुमार शाह धेरै रन बनाउने खेलाडीको सुचीमा दोस्रो स्थान छन् ।
अर्को सेमिफाइनलमा समूह ए को उपविजेता सिंगापुरले समूह बी को बिजेता हङकङसँग प्रतिस्पर्धा गरेको थियो । हङकङ तीन खेल जित्दै समूह बिजेता बनेको हो भने उपबिजेता बनेको मलेसियाले २ खेल मात्र जितेको थियो । सेमिफाइनलमा विजयी हुने दुई टिम आगामी नोभेम्बरमा मलेसियामै हुने यू–१९ एसिया कपको लागि छनोट भएका छन् । नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि विजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू–१९ एसिया कपमा स्थान बनाएको छ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।


एक महिना अघिदेखि तयारी थालेको नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका छन् । यसअघि सन्दिप लामिछाने कप्तान थिए । मुख्य प्रशिक्षक बिनोद दास र सहायक प्रशिक्षक कलाम अली छन् । नेपाली टोलीको ब्याटिङ प्रदर्शन सुधारका लागि भारतीय प्रशिक्षक मोन्टी देसाईले १० दिन विशेष प्रशिक्षण दिएका थिए ।
यू–१९ नेपाली टोली
१. दीपेन्द्रसिंह ऐरी (कप्तान
२. सन्दीप लामिछाने
३. मोहम्मद आसिफ शेख
४. सन्दिप सुनार
५. प्रनित थापामगर
६. अनिलकुमार शाह
७. पवन सर्राफ
८. रोहितकुमार पौडेल
९. किशोर महतो
१०. शाहव आलम
११. नन्दन यादव
१२. विक्रमकुमार भुषाल
१३. सन्दिप जोरा
१४. सुमित महर्जन
जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्षिण कोरियामा प्रेम भण्डारीले जिते तेक्वान्दोमा स्वर्ण र रजत पदक

दक्षिण कोरियामा जारी १२औं तेक्वान्दो कल्चर एक्स्पो विश्व तेक्वान्दो हामादाङ प्रतियोगितामा नेपालले स्वर्ण र...

एसियाली खेलकूदमा नेपालको सहभागिता

एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ...

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै