logo

मेरो काम मेरो आत्मसम्मान र आत्मसन्तुष्टिसँग जोडिएको छ

पवन गौतम
छायाँकार
कुुनै पनि क्षेत्रमा सफल हुुनका लागि मिहिनेत, कामप्रतिको लगाव र सकारात्मक सोच चाहिन्छ । यी तिनै कुराहरु मिलेको खण्डमा कसैका लागि कहिले पनि सफलता टाढाको विषय हँुुदैन । सफलतालाई नजिक ल्याउनका लागि अथवा भनौं आत्मसात् गर्नका लागि निकै नै कडा मिहिनेत गर्नुुपर्छ । सबैको मिहिनेतले नै आज यो संसारले यो उचाइ लिएको छ । यो उचाइमा आफूलाई कुुन स्थानसम्म पु-याउने भन्ने कुरा हाम्रो मिहिनेतले निर्धारण गर्ने कुरा हो, यिनै कुराहरुलाई आफ्नो जीवनको मूल मन्त्र मान्ने व्यक्ति हुुन् पवन गौतम । गौतम नेपाली चलचित्रको छायांकनको क्षेत्रमा आफ्नो छुुटै पहिचान बनाउन सफल व्यक्तित्व हुुन् । विगत १० वर्षदेखि नेपाली चलचित्रको छायांकनको क्षेत्रमा क्रियाशील युवा व्यक्तित्व गौतमले यो अवधिमा थुप्रै सफल र राम्रा चलचित्र दिइसकेका छन् । दशगजा, मन परेपछि, मेरो के गति हुने आदि उनले छायांकन गरेका केही चलचित्रहरु हुुन् । उनै व्यक्तित्व गौतमसँग जनमञ्च साप्ताहिकले लिएको अन्तर्र्वार्ताको सम्पादित अंश :

काम गर्नका लागि अन्य थुप्रै क्षेत्रहरु थिए, तपाईं किन यही क्षेत्रमा लाग्नुभयो ?
काम भनेको कर्म हो, कर्म सबैले गर्छन् । त्यसकारण कामलाई सबैले सम्मान गर्नुुपर्छ । मैले जुन क्षेत्र रोजें यो क्षेत्रमा कामको सही मूल्यांकन हुुन्छ । राम्रो काम गरेको छ भने दर्शकले तुरुन्त यसको प्रतिक्रिया दिन्छन्, नराम्रो काम गरेको छ भने नकारात्मक टिप्पणी गर्छन् । यस अर्थमा पनि मेरो काम मेरो आत्मसम्मान र आत्मसन्तुष्टिसँग जोडिएको छ । यो काम गर्दा मलाई आत्मसन्तुष्टि मिलेको छ । जतिखेर आफ्नो भविष्यका बारेमा सोच्थें त्यतिबेलादेखि नै म यो कर्मप्रति अथवा भनांै यो कामप्रति नजिक भएँ । नजिक यति भएँ कि छोड्नै सकिनँ । अहिले जहाँ छु, जस्तो अवस्थामा छुु यही कामबाट भएको छुु ।


कुुन कुराले प्रेरित ग-यो तपार्इंलाई यो कामप्रति लाग्न ?
मेरो मामा दिव्यराज सुुवेदी क्यामेराम्यान हुुनुहुन्थ्यो । बाल्यकालमा विद्यालय छुट्टी हुँदा धेरै समय मामाघरमा बसियो । त्यो दौरान मामासँग थुुप्रै नेपाली फिल्मको सुटिङमा पनि हिँडियो । त्यतिबेलादेखि नै मेरो बालमष्तिकमा म पनि नेपाली चलचित्रको क्षेत्रमा केही गर्छु भन्ने सोच पलाएको थियो । जब मैले सिमराको माउन्ट एभरेष्ट हाइयर सेकेन्डरी स्कुुलबाट प्लस टुु गरें । त्यसपछि म क्रमैसँगै यो क्षेत्रमा आएँ ।


तपाईंले पहिलोपटक काम गरेको चलचित्र कुुन हो ?
मैले पहिला सहायक क्यामेराम्यानबाट काम सुरु गरेको थिएँ । सहायक क्यामेराम्यानको रुपमा  दशगजा, मन परेपछि, मेरो के गति हुुने हो र बसमा छैन यो मन चलचित्रमा काम गरें । मैले छायांकन सुरु गरेको पहिलो चलचित्र भने ब्रम्हा हो । त्यसपछि पाप, गल्ली, भोजपुरी फिल्म रफ्तार, जय मधेस, सुब्बा साप, लेक साइड, च्याम्पियन र लालेको छायांकन गरे । यी सबै चलचित्र रिलिज भइसकेका छन् ।  धनवान, रामजाने, स्वर्ग मेरो गाउँ, झमक बहादुर, द लेडी वीथ ल्याम्प, काले दाइ चलिचत्र पनि छायांकन गरेको छु । यसमध्ये केही चलचित्रहरु रिलिज हुने चरणमा छन् भने केही चलचित्र निर्माणकै क्रममा रहेका छन् ।


तपार्इंको भनाइलाई नै आधार मान्दा तपाईंले एक दर्जनभन्दा बढी चलचित्रहरुमा काम गरिसक्नुुभएको छ । छायांकनका लागि कुुनै व्यावसायिक तालिम लिनुुभएको छ ?
हेुर्नस् जहाँ काम गर्ने इच्छाशक्ति, मिहिनेत र लगन हुन्छ, त्यहाँ सबैथोक सम्भव हुँदो रहेछ । मैले व्यावसायिक तालिम लिएको छैन । सबै कुरा काम गर्दै सिकेको हो । गर्दै गएँ, सिक्दै गएँ । आफूलाई निखार्दै गएँ । आज मैले जति काम गरेको छु, अपवादबाहेक सबै काममा दर्शकको माया पाएको छु । सायद मेरो सिकाइ र भोगाइ भनेकै यही हो ।


चलचित्रमा काम गरेकै भरमा जीवन चल्न सक्दैन भन्नेहरु पनि छन् नि ?
भन्नेहरु त सायद छन् होला, तर हेर्नुुहोस् मेरो जीवन त चलेकै छ, परिवार पालेकै छुु  । अहिले यो अवस्थामा मैले मेरो परिवार पाल्न सकेकै छु । मैले यो क्षेत्रभन्दा बाहेक अरु काम गरेको छैन । यही क्षेत्रमा काम गरेको भरमा परिवार र आफ्ना व्यक्तिगत हरेक आवश्यकताहरु पूरा गरेकै छुु । योभन्दा बढी के चाहियो र ?


यो क्षेत्रमा समस्या पनि त होलान् ?
हेर्नुुहोस् समस्या जुुनसुकै क्षेत्रमा हुन्छन्, र छन् पनि, यो क्षेत्रमा पनि समस्या छन् । हामीले महिनौं लगाएर एउटा चलचित्रमा काम गर्छौं तर विविध कारणवश भनेको समयमा सम्झौताअनुसारको पारिश्रमिक पाउँदैनौं । महिनौं लगाएर चलचित्र बनाउँछांै, तर हलमा चल्दा थप्र्रै समस्या झेल्नुपर्छ । समस्या छन् तर यसबाट कहिले विचलित भएको छैन । यदि विचलित भएको थिएँ भने सायद मैले यतिखेर तपार्इंसँग अन्तर्वार्ता दिइरहेको हुुने थिइनँ होला, कुुनै अर्को क्षेत्रमा संर्घष गरिरहेको हुुने थिएँ होला ।


यो क्षेत्रमा लाग्न परिवारबाट कत्तिको सहयोग पाउनुभएको छ ?
परिवारबाट सहयोग पाएको छु । मेरो यहाँसम्मको यात्रा उहाँहरुको सहयोगबाट पनि सम्भव भएको हो । यदि उहाँहरुको सहयोग नभएको हुँदो हो त मेरो नेपाली चलचित्र क्षेत्रको यात्रा यहाँसम्म आइपुग्ने थिएन ।


अन्त्यमा के भन्नु हुन्छ ?
हेर्नुुहोस् विकृति सबै क्षेत्रमा छन् । तर हामीले विकृतिहरुलाई हटाएर अगाडि बढ्नुपर्छ । यस क्षेत्रमा पनि केही समस्याहरु छन् । हामीले त्यसलाई हटाउनुपर्छ । हामी नेपाली हौं, हामीले नेपाली चलचित्रलाई माया गर्नुुपर्छ । सम्मान गर्नुुपर्छ । कलाकारहरुले पनि सहीरुपमा राष्ट्र र समाजप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुुपर्छ । यो क्षेत्रमा थुप्रै नयाँ पुुस्ताहरु आउनुु चाहनुहुन्छ होला सायद, केही गर्छु भन्ने सोच लिएर आउनुुहोस् बस यही हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

एउटा असफलताले सफल बनेका गायक प्रकाश गुरुङ

गोरखा जिल्लाको उत्तरी क्षेत्र सिरानचोक ७ लप्सेमा बुबा इमानसिंग गुरुङ र आमा पुनमाया गुरुङको पहिलो पुत्रको...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै