logo

यसपटक पनि आर्थिक विकासको ढोका खुलेन

श्रीविलास दाहाल
नेपालको आर्थिक विकासको मूलढोका भारत नै हो । भारतसँगको सम्बन्ध प्राचीन, ऐतिहासिक, धार्मिक अनि सांस्कृतिक भनेर के गर्नु ? सबै कुरा आर्थिक सम्बन्धले निर्धारण गर्ने हो । भारतले आर्थिक विषयमा नेपाललाई दिन पटक्कै जानेको छैन । लिन भने निचोरेर दुवै हातले दिनरात लिन्छ । यसका उदाहरण कति छन् कति ? ठूलो र बलियो छिमेकी दुष्ट भयो भने सामान्य परिवारको छिमेकीले त कति दुःख दिन्छ भने भारत विशाल क्षेत्रफल र अर्बौं जनसंख्या भएको अहिले आर्थिक रुपले धनी भए पनि मानसिक रुपले कंगाल छ । दिएजसो गर्छ, दिएका कुराले चैं नेपालमा समस्या सिर्जना गर्छ । नेपाल आएर फर्किएका भारतीय राजदूतले बल्ल अलि नेपालमा भारतको माइक्रो मेनेजमेन्ट छ भनेर भन्न थालेका छन् । अर्थात् सूक्ष्म निगरानी वा व्यवस्था ।


प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्रभाइ मोदीको संयुक्त प्रेस वक्तव्य आयो । त्यो पनि भारी भरकम ४२, बँुदा नै किटानी भएको यसो सूक्ष्म रुपले हेर्दा सबै पुराना कुरा, बाटो, रेल आदि इत्यादि । अदुवा सुखेर खेर गएर, बिक्री नभएर, किसानलाई मार परेको कुरा आएनन् । नेपाली इन्धन ढुवानी गर्र्ने ट्रकमा फसेको पाँच अर्ब रुपयाँको कुरो उठेन । भारतीय सेवा र श्रमले नेपाली कृषिजन्य पदार्थमा बढाएको पाँच प्रतिशत करको कुरा पनि आएन । यो भारतीय जीएसटीएन नेपालका लागि साह्रै खतरनाक छ । सेवा र वस्तु दुवैलाई नेपालले कर तिर्नुपर्ने भएको छ ।  


इन्धनका विषयमा पूरा कुरा कसैले गर्दैन । व्यापार र वाणिज्य सन्धि नवीकरण नगरेर (द्रोस्रो पल्ट) नेपाललाई लगाएको नाकाबन्दीमा इन्धनमा पाएको सुविधा भारतले कटौती ग-यो । त्यतिबेलासम्म नेपालले तेस्रो मुलुकबाट कच्चा तेल (क्रुङ आयल) किनेर प्रशोधन गर्न (रिफायन) गर्न भारतलाई दिने गरेको, त्यसबाट सस्तो र अन्य बाइप्रोडक्ट पनि नेपालले पाउँथ्यो । पहिलो नाकाबन्दी भारतीय चेकपोस्ट हटाएपछि गरेको थियो । तेस्रो भर्खरै भूकम्पपछि गरेको छ । अर्काे कहिले हो ?


भारत र नेपालका प्रधानमन्त्रीले संयुक्त प्रेस वक्तव्यमा गरेको ४२ बुँदा आधिकारिक हो कि ? आठबँुदे समझदारी चैं हो ? या प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली पुग्नेबित्तिकै भारतीय प्रधानमन्त्रीले चियापान गर्न बोलाएर गरेको मन्त्रणा ? असली दाँत भारतको थाहा पाउनै सकिएन ? कुनै टुंगै हुन्न । कुन चैं देखाउने हो कुन चैं चपाउने !


नेपालका प्रधानमन्त्री देउवा पञ्चेश्वर, पञ्चेश्वर भन्नुहुन्थ्यो । भारतीय प्रधानमन्त्रीले सुरक्षा सहकार्र्य, सुरक्षा सहकार्य, भन्ने गरेको सुनियो । नेपालका प्रधानमन्त्री पुगेकै दिन चीन भुटान सीमामा किन हो “गोरखा सैनिक” फेरबदल गरियो । के सन्देश दिन खोजेको हो ? अप्रत्यक्ष रुपमा सुरक्षा सहकार्य त भएकै छ । गोरखा रेजिमेन्ट भारतमा तैनाथ छन् । कारगिलमा लडेकै छन् । गोर्खा भर्ती केन्द्र बन्द भएका पनि छैनन् । फेरि कसरी भारतले नेपाललाई भारतको सुरक्षा चासोमा काठमाडौंले ध्यान नदिएको भन्न मिल्छ । बरु भारतले नेपालको आन्तरिक सुरक्षा चासोमा ध्यान दिँदैन । सेनाको सरसमानमा दिने अनुदानमा अझै पनि किचलो गर्छ । पैसा तिरेरै लिने हो भने अन्तबाट राम्रा र सस्ता हातहतियार नेपालले ल्याउन सक्छ । चीन, बेल्जियम आदिबाट यदाकदा ल्याएकै छ । महँगो बेच्ने वा दाखिलाफी पनि ।


नटवरलाल वास्तवमा भगवान् शिवको नाम हो । राम्रो नाच्न जान्थे “नटराज” शिव भोले । भारतमा नौटंगी गर्ने अर्थात् “मुखमे रामराम बगली मे छुरा” नौटंकी गर्न भारतीय त्यसमा पनि भारतीय कर्मचारीतन्त्र, हिजोआज प्रधानमन्त्री मोदी नम्बर एक नटवरलाल, उनको यसपालिको भारतीय मन्त्रीमण्डलको पुनर्गठनमा भएको भारतीय बुद्धिजीवी मान्दछन् । पञ्चेश्वरको डीपीआर भइसकेको छ । त्यसको उपयोग भारतले धौलीगंगामा गरेको छ र महाकालीबाट पाँच हजार मेगावाट बिजुली पनि निकालिसकेको छ । यो त अझ बढी कर्णालीको पानी लैजाने नौटंकी हो । नेपालका प्रधानमन्त्रीले पञ्चेश्वर पूरा नभई हामी अरुण अगाडि बढाउँदैनौं भन्न सक्नुभएन । कोशी बाँध पनि अर्काे बन्दैन भन्नुपर्ने हो नि । खै बोलेको ।


नेपालमा भूकम्प गएका बेला नाकाबन्दी गर्ने भारतीय संस्थापनसँग के आशा गर्ने । बाढीपीडितलाई दिन्छु भनेको आर्थिक सहयोग चीनको प्रधानमन्त्री राहतकोषमा दाखिला भइसक्यो । भारतको अत्तोपत्तो छैन, भूकम्पमा दिन्छु भनेको सहयोग र गरिदिन्छु भनेको भक्तपुरका प्राचीन सम्पदाको पुनर्निर्माणको अत्तोपत्तो छैन । चीनले बनाइदिन्छु भनेको त्यो वसन्तपुर पाँचतले दरबार प्रारम्भ भइसकेको छ । यसपटक ५० हजार घर बनाइदिने आश्वासन आएको छ । यो कहिले, कँहा प्रारम्भ हुने हो थाहा छैन ।


प्रधानमन्त्रीले स्वविवेकीय अधिकार प्रयोग गर्नु हुँदैन भन्ने पनि होइन, एकदम रुटिनअनुसार मात्र गर्ने भन्ने हो भने त मोदी भाइको जलपानमा पनि जानु हुने थिएन । मुख्य प्रश्न त विश्वासको हो । तिमीलाई विश्वास छैन, मैले हाम्रो संसद्मा पेस गरेकै हो, संविधानका धारा संशोधन गर्न दुई तिहाइ नै चाहिन्छ । अब पुग्ला चुनावपछि गरौंला । तै पनि भारत आफ्नो अडान छाड्दैन नेपालको संविधानलाई आजसम्म समर्थन गरेको छैन । सबैलाई समेटेर लैजानु भनेर उपदेश गर्छ । आज ७० वर्ष हुँदा उसले पूरा भारतका जनता समेट्न सकेको छैन । पूर्वोत्तरको असन्तोष कायमै छ । कास्मिरमा राष्ट्रसंघले जनमत संग्रहबाट समस्या समाधान गरेको हेर्न चाहेको छ । तर कास्मिरमा आएदिन संघर्ष कायम छ । गोर्खाल्यान्डको अत्तोपत्तो छैन । सिक्किम असन्तोष गर्न थालिसकेको छ । ‘आफ्नो आङको भैंसी नदेख्ने, अर्काको जुम्राको निन्दा’ ।


नेपाल भारत सीमावर्ती क्षेत्रमा २० वटाभन्दा बढी विना सहमति तट या बाँध बाँधिएका छन् । यसले प्रत्येक वर्ष नेपालमा बाढी आएर अनेक कृषि फसल, पशुपन्छी, घरखेत समाप्त पार्छ । प्रष्ट कुरा कोही गर्दैन । यो समय समाप्त भएको कोशी बाँधलाई नष्ट गर्नुपर्नेमा भारतले त्यो गर्दैन । उता पश्चिममा टनकपुर बाँध बनिसकेपछि, भारतले शारदा बाँध नष्ट गर्नुपर्ने हो नि ? त्यो गर्दैन । यता चतहरा आसपास कोशी जत्रै नहर बनाउने हो भने वर्षायाममा धेरै त्यो क्षेत्रका घरखेत जलमग्न हुने निश्चित छ । उता चतहरा छेउमा नहर बनाएर आफ्ना लागि सुक्खायाममा सिँचाइको सुनिश्चित गर्ने, वर्षायाममा बाढीको प्रकोपबाट आफ्नो भूमि जोगाउने षड्यन्त्र हो ।


प्रधानमन्त्रीको यो भारत भ्रमणले नेपालका सानामसिना जो नेपालले प्रतिदिन भोगिरहेका छन् त्यसमा भारतले चासो देखाउन सकेनन् । ठूल्ठूला शब्दजाल र औपचारिक मुस्कान, नमस्कार, स्वागत सत्कार र खानपानमा समय बर्बाद भयो । विश्वसनीय स्तरबाट प्रस्तुत गर्न नसकेर हो वा भारतीय पक्षको नकारात्मक धारणा र आचरणले हो, हामीले चाहेको चैं कुरामा सहमति र समर्थन जुटाउन सकेनौं । उता भारत आफ्नो अडानबाट टसमस भएन । भुटान–चीन सीमा विवाद “ब्रिक्स” सम्मेलनले पछि हटेको र नेपाललाई भारतले महत्व दिएको भन्ने कुरा आएका छन् । त्यस्तो हो भने हाम्रा घाउ धेरै छिटो बल्झिनेछन् र अलो थाप्ने कारण पाउन त्यति असजिलो छैन । अवैध सुन ओसारपसार नै बहाना बन्न सक्छ ।


कस्तो बचकाना तर्क भारतीय तथा कथित बुद्धिजीवी गर्ने गर्छन् भने तिमीहरुको खेर गएको, प्रत्येक वर्ष खेर जाने पानी न हो । त्यसको उपयोग गरे के बिग्रिन्छ । सिँचाइ पनि हुने बिजुली पनि पाइने । त्यसो हो भने भारतलाई बिजुली बेच्ने अधिकार देऊ । हामी पूर्वाेत्तर आसाम, मणिपुर आदि प्रान्तमा बिजुली बेच्छौं । बंगलादेश नजिक पर्छ र अन्य विहार र उत्तराखण्डमा पनि बेच्छौं । लगानी हाम्रो, मूल्य हाम्रो, तिमीले अन्तर्राष्ट्रिय मापदण्डको मूल्यअनुुसार कर लगाऊ हामी तिर्छांै । त्यो होइन मै लगानी गर्छु, मूल्य मै राख्छु, मलाई चाहिने लान्छु, अरु तँ जे गर को पारा छ । पानीमा बाँध बनाउँदा किन नेपालतिर बनाउँछौ । भारततिर बनाऊ, वर्षामा डुबाउन पानी हामीलाई, हिउँदमा सिँचाइ गर्न चैं तिमीलाई ! खेर जान्छ भने जाओस्, उपभोग गरेपछि त मूल्य चाहिन्छ, यसो भन्नुपर्ने हो ।


यसपटक दुई सय मेगावाट भारतले नेपाललाई बिक्री गर्ने बिजुलीको स्विच दुवै देशका प्रधानमन्त्रीले थिचे । मुस्कानसाथ, त्यही हो ठोस उपलब्धि, यस्ता नाटकीय उपलब्धिको के अर्थ हुन्छ ? दुनियाँलाई देखाउने नाटक किन गर्नुपरेको । दिल्लीको देउवा भ्रमणले मोदीको मुख पेकिङमा चैं हँसिलो भयो । प्रधानमन्त्रीको रुपमा देउवाको भारतीय नेताहरुसँगको भेटघाट आत्मविश्वासपूर्ण देखियो । विद्युतीय सञ्चारका चित्रले त्यस्तै देखिन्थ्यो । हाम्रो मित्रराष्ट्र अमेरिकी राजदूत हिजोआज लेखेर आफ्ना कुरा गर्न थालेकी छन् । जुलिया चाङ त यसो गर्दिनथिन् । एकपल्ट भेटेपछि बिर्सने काम हुँदैनथ्यो । यति राम्रो छिमेकी छ । ४० करोड भारतीय जनताको मार्केट त नजिकै छ । यस्तो राम्रो पर्यटन क्षेत्र छ । तैपनि किन गरिब ? छक्क पर्छु रे, दुष्ट छिमेकी हुँदा कस्तो हुन्छ भन्ने अमेरिकालाई अनुभव छ । राष्ट्रपति ट्रम्प पर्खाल लाउने भन्छन् । धन्न हाम्रो छिमेकी पर्खाल लाउँछु भन्दैन ।


पर्यटनको कुरा चैं, एउटा पिरलो छ र ? सगरमाथा चढें भनेर नक्कली प्रमाणपत्र लिने भारतीय नै हुन्छन् । भारतीय पर्यटक भनेका धार्मिक हुन् । अचेल मुुक्तिनाथसम्म जान्छन् । मानसरोवर जाने बाटो लिपुलेकमा सैन्य राखेर भारतले नै रोकेको छ । दार्र्चुलाबाट छोटो हुने थियो । त्यो पनि दिँदैन । बुद्धको नाममा अलिकति टुरिस्ट आउने बाटो बनेको थियो । त्यो पनि सुविधापूर्ण रुट नदिएर हवाई यातायातै बन्द भयो । काठमाडौं, विराटनगर, कलकत्ता, रंगून, माण्डले, वाराणसी, गया, पटना काठमाडौं, रुट दिए नहुने होइन । बागडोराको उसको सैनिक क्षेत्र माथिबाट उड्दा खतरा हुन्छ रे, ५० हजार नेपाली सेनामा त्योभन्दा बढी चौकीदार, कामदार होलान्, निजी यात्रु सेनाले के खतरा हुने हो ?


गल्ती त नेपालका नीति निर्माताको पनि हो । ७० वर्षसम्म भारतले आफ्ना पाराले, आफ्ना सर्तमा शोषण गरेको छ । यताका ३० वर्षमा हामीले भारतको व्यापारघाटा र उसको मनपरी रोक्नुपर्ने हो नि ? छैन । प्रधानमन्त्री देउवालाई पश्चिमका पुल पूरा गराउन कति गाह्रो प-यो । चीनलाई ती पुल दिँदा उसलाई सुरक्षा खतरा हुने अरे । भुटानमा दुईटा बंकर भारतका बंकर भत्काएर चीन पछि हट्दा उसलाई खतरा भएन । धन्न शेरबहादुर बोल्नुभएन । बोलेको भए पोल्ने थियो । मौन तीर्थयात्रा कूटनीति गर्नुभयो ।


अझै पनि भारतको विश्वास गरेर ‘मुतको न्यानो’ यो परनिर्भर अर्थतन्त्रलाई हामीले त्याग्न सकेनौं भने जुन रफ्तारमा भ्रष्टाचार र दलाली बढेको छ, त्यसले भारतलाई नेपालमाथि शोषण गर्न सजिलो हुनेछ । यति खर्चिलो यो चुनाव पद्धतिले हाम्रो गणतन्त्र कति दिन बाँच्ला । मतपेटिक र गाडीसम्म माग्नुपर्ने, उद्योगीहरु, उद्योग गरेर झञ्फट व्येहोर्न त तैयार छैनन् । एकतिर विप्रेषणले उद्योगलाई विस्थापित गरेको छ । उद्योग स्थापना गरेर रोजगारी दिन्छु भन्ने उद्योगपतिहरु, विभिन्न मजदुर समस्या, हडतालले त्रस्त भएर उद्योग स्थापना गर्नुभन्दा आयातमूलक व्यापार गरेर दलाल पुँजीपति हुनुमा सजिलो र सुरक्षित ठान्छन् । विप्रेषणले गर्दा जनताको क्रयशक्ति बढेको छ । महँगा, मोबाइल, टिभी, फ्रिज, घडी, सुन र अन्य विलासीताका सामग्रीमा, भोजभतेर, दारुपानीमा पैसा स्वाहा भएको छ । भोलि कतै खाडीमा युद्ध भएमा तेलको भाउ गिरेमा के हुने हो ? रोड छैन, गाडीको यो प्रदर्शन र व्यापारलाई के भन्ने । सञ्चार जगत् विज्ञापनको लोभमा अतिरञ्जित पाराले विज्ञापन गरेर पत्रकारिताको मूल कर्तव्यबाट विमुख छ ।


औषधिजन्य उद्योग अथवा अन्य उद्योग लगाएर भारततिरका छिमेकी प्रान्तमा बजार बढाउँ भन्यो भने भारतको नोकरशाही तुरुन्त सक्रिय हुन्छ । अनेक अत्तो थाप्छ । यो भएन, त्यो भएन । जुम्लाको किसानले एक टिन घिउ ल्यायो भने भारतको नेपालगञ्चको बोर्डरको बजारमा बेच्न सक्दैन । उसले दिल्ली वा लखनउबाट गुणस्तरको प्रमाणपत्र ल्याउनुपर्छ । घिउ त हातमा लाएर सुँघेर पनि थाहा पाइन्छ नि । भारतमा एउटा सस्तो “अमृत धारा” भन्ने गुणकारी औषधि पाइन्थ्यो । त्यो लोप भयो । त्यसको विकल्पमा नेपालबाट “सञ्चो” निकालियो । त्यसमा सम्म भारतले नक्कली सन्चो निकालेर त्यस्को बजार खत्तम । अहिले रामदेवको व्यापारको नेपालमा रामराज्य चलेको छ । यसले पनि नेपालीको भरपुर शोषण गरेको छ ।


दिल्लीमा दश दिन बस्नु हो भने प्रत्येक दिन जस्तो कुनै न कुनै देशको राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँछ । राष्ट्रपति भवनअगाडि स्वागत र सम्मान दुईपक्षीय वार्ताका रुटिन हुन् । नेपालका प्रधानमन्त्रीको पनि दुईदिने दिल्ली बसाइमा मोदीको चियाबाहेक सबै रुटिन हुन् । यो आवरण अनन्त चल्नेवाला हो । सारमा केही पाइने होइन । काठमाडौं बसेर राजदूतले खैरात बाँड्ने हो । स्कलरसिप, भारत भ्रमण, एम्बुलेन्स, स्कुल, नगद, हाम्रो जल, जमिन, जवान, जनता लुट्ने काम हुन्छ । राजदूतलाई विशेष अधिकार किन ? हाम्रा लागि सबै देश एकै हुन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कांग्रेस किन पराजित भयो ?

नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको...

संगठित अपराध र राजनीतिक हिंसा

संगठित अपराध शब्दावली दुई शब्द मिलेर बनेको छ । संगठन र अपराध संगठन सामान्यतया निश्चित उद्देश्य प्राप्त गर्नका...

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेस किन पराजित भयो ?

नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै