logo

नेपालमा सहरी व्यवस्थापनका चुनौती

गोपीनाथ मैनाली
सहर आर्थिक वृद्धिका इञ्जिन हुन् । सहरहरु सेवा, सुविधा, सुरक्षा र अवसरको केन्द्र हुन् । सहरमा रहने यी विशेषताहरुका आधारमा नै सहरहरु गाउदेखि भिन्न हुन्छन् । सहरी आकर्षण बढ्नुका पछि पनि यिनै तत्वहरु रहेका हुन्छन् । सहरमा रहने यिनै कुराहरुले नै विकास गतिविधि र जनसाङ्ख्यिक संरचनालाई गतिशील बनाएको हुन्छ । सहर संस्कृति र सभ्यताको धरोहर पनि हो । विविधखाले विचार, संस्कृति, धर्म र भाषालाई सहरले आफूमा उन्नयन गरेको हुन्छ । त्यसैले समावेशी समाज निर्माणमा सहरहरुले रणनीतिक भूमिका निर्वाह गर्दै आएका छन् । नेपालका सहरहरु पनि यी विशेषता र प्रक्रियाबाट अपवाद छैनन् । तर नेपालका सहरहरुले केही गम्भीर चुनौतीहरु सामना गरिरहेका छन्, जसले सहरलाई व्यवस्थित बनाउन दिनप्रतिदिन जटिलता थप्दै लगेको छ । 

 
सहरी पूर्वाधार र सेवा संरचना
नेपालका सहरहरुमा सामान्य सहरी सेवा उपलव्ध गराउने पूर्वाधार संरचनाको विकास पर्याप्त मात्रामा हुनसकेको छैन । न्यूनतम पूर्वाधार संरचना विकास नगरीकन सहर बनाउनुहँुदैन । तर नेपालमा ‘स्वचालित दबाब’का रुपमा बस्ती विकास हुने र त्यही बस्ती सहर कहलिने प्रवृत्तिमा देखिएका छन् । जसले गर्दा सहरका आधारभूत चरित्रहरु सहरमा नदेखिएका मात्र होइनन् कि सहरको मौलिक सुन्दरता र स्वरुप पनि बिग्रिएको छ । सहरले धान्नै नसक्ने गरी मानव बस्ती विस्तार भएको छ । आधारभूत सहरी सेवाका अभावमा सहरको जनजीवन जोखिममा पर्दै गएको छ । दुई दशक अघिसम्म काठमाडौं सहरले खानेपानी, यातायात, बिजुली र सरसफाइ सेवा मुस्किलले उपलब्ध गराउनसक्थ्यो । त्यही पूर्वाधार संरचनाभित्र चार दोब्बर जनसङ्ख्या थपिएको छ । दशवर्षे द्वन्द्वका समयदेखि सुरक्षित वासस्थानका खोजीमा मुलुकका विभिन्न भागबाट मानिसहरु ओइरिए । परिणामतः सहरी जटिलता थपिँदै गएको छ । वैदेशिक रोजगारी र राजनीतिक घटनाक्रमले पनि काठमाडौंमा जनघनत्व थपिएको छ । काठमाडौं मात्र होइन, यो प्रमुख प्रतिनिधि उदाहरण मात्र हो । अन्य सहरहरुको स्थिति पनि यस्तै छ । यो चुनौतीलाई सम्बोधन गर्ने उच्च क्षमताको माग सहरी क्षेत्रले गरिरहेको छ । किनकि ‘भर्जिन सहर’लाई व्यवस्थित गर्न जति सजिलो छ, हाम्रा सहरलाई व्यवस्थित बनाउन झनै गाह्रो छ । त्यहाँ कानुनी, व्यावहारिक र मानवीय समस्याहरु जेलिएका छन् ।


सामान्य सहरी सेवा संरचना विस्तारपछि कुनै पनि सहरले आफ्नो पहिचान कायम राख्न विशिष्ट सेवा संरचनाको माग गर्दछ । जस्तो कि पोखराले पर्यटन सेवा, जनकपुरले धार्मिक सेवा, पाटन र भक्तपुरले पुरातात्विक सेवा, नमोबुद्धले बुद्ध संस्कृति आदि । सबै सहर स्वच्छ हुनुपर्छ, तर पर्यटनको मन जित्न पोखराजस्ता पर्यटकीय सहरहरुमा होटेल व्यवसाय, बैंक, यातायात, सांस्कृतिक क्रियाकलाप, साहसिक खेल, भरपर्दो सुरक्षा, सञ्चार आदि सेवाको माग हुने गर्दछ । जनकपुरजस्ता धार्मिक सहरमा मठ–मन्दिर, फूलबारी, स्नानघर, धर्मशाला, भजन–कीर्तन गर्ने स्थानजस्ता संरचना आवश्यक हुनसक्छ । तर नेपालका सहरहरु सामान्य सहरी सेवा पनि उपलब्ध गराउन नसक्ने अव्यवस्थित जनचापमा फस्दै गएका छन् ।  


नीति संरचना र मापदण्ड  
सहरका आफ्नै नीति मापदण्डहरु हुन्छन् । घर, बस्ती, रहनसहन, सवैका आआफ्नै नम्र्स र स्टाण्डडर््स हुन्छन्, जसलाई व्यवस्थित रुपमा अवलम्बन नगरीकन सहर सहरका रहन सक्तैन । सहर भनेकै जनजीवनलाई सुसंस्कृत र आधुनिक बनाउने मूल्य÷मान्यताको प्रणालीबद्ध अवलम्बन हो । यस आयामबाट नेपालका सहरहरु कति व्यवस्थित भए त ? पहिलो कुरा नेपालमा सहर भनेर राजनैतिक रुपमा सीमाबद्ध गरिएको बस्ती हो । सहर भनेर राजनैतिक रुपमा घोषणा गरिएका नगरापालिकालाई लिने गरिएको छ । यसर्थ हाम्रो चलन सहरी पूर्वाधार विकासविना राजनैतिक सहर बनाउन केन्द्रित छ । सहर घोषणा गर्ने मापदण्ड छैन । कानुनले भनेका सीमित मापदण्डलाई पनि राजनैतिक सहजताका आधारमा मिच्ने गरिन्छ । प्राविधिक रुपमा हेरिँदैन । नगरपालिका बनेका बस्तीहरुले न्यूनतम पूर्वाधारहरु विकास गर्न त्यत्तिकै सक्तैनन् तर सहरवासीहरुको आकर्षण र अपेक्षा भने थपिँदै जाने गर्दछ ।


सहरी नीति एकीकृत हुनुपर्दछ । मापदण्ड घोषणा गर्ने, त्यसको कार्यान्वयन गर्ने, नियमन गर्ने, वित्त व्यवस्थापन गर्ने लगायतका कार्यहरुको एकीकृत आधार हुनुपर्दछ । शिक्षासम्बन्धी काम शिक्षा मन्त्रालयले, ढल र खानेपानीसम्बन्धी काम सहरी विकास मन्त्रालय र सडकसम्बन्धी काम भौतिक पूर्वाधार मन्त्रालयले, सहरी मापदण्ड निर्धारण नगर विकास समिति र त्यसको कार्यान्वयन नगरपालिकाहरुले सम्पादन गर्दा आआफ्नै आग्रह र सहजताको सिद्धान्तलाई अपनाइएको छ । सहरी सुशासनको नेतृत्व भने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लिएको छ । कार्यकारी भूमिकामा स्थानीय सरकार वा नगरपालिकाहरु छन् । सबै निकायबाट हुने कामको एकीकृत समीक्षा प्रणाली पनि व्यवस्थित छैन । छरिएका नीति, कार्यक्रम, छरिएका स्रोत र कमजोर क्षमता एवम् औपचारिक कार्यप्रणालीले सहरहरु कुरुप बन्नेतर्फ अभिमुख छन् ।


व्यवस्थापन क्षमता
सहरी विकासका सन्दर्भमा धेरै निकायहरु कुनै न कुनै काम गरेको दाबी गर्दै आएका छन् । सरकारी विभागका तहगत संरचना र शाखाहरु, गैरसरकारी क्षेत्रका निकायहरु, अन्तर्राष्ट्रिय निकायहरु, सामुदायिक संघ÷संस्था र निजी क्षेत्रका व्यवसायीहरुले आआफ्नै क्षमता र कार्यआधारमा सहरी विकासमा योगदान दिइरहेका छन् । वास्तवमा सहरी व्यवस्थापनको केन्द्रविन्दुमा नगरपालिका रहन्छ र यसको प्रशासनिक क्षमता र राजनैतिक नेतृत्व जति सक्षम र क्रियाशील छ, त्यसैको आधारमा सहर व्यवस्थित हुने गर्दछ । नेपालका नगरपालिकाहरु योजनाबद्ध कार्यक्रम व्यवस्थापनमा मात्र होइन, सामान्य सेवा व्यवस्थापनमा पनि निकै कमजोर देखिएका छन् । लामो समयदेखि राजनैतिक नेतृत्वको अभावमा सहरी व्यवस्थापनले समस्या भोग्यो, केहीअघि चुनाव त भयो, निर्वाचित प्रतिनिधिहरु प्रणाली, स्रोत साधन र नीति संरचनाका अभावमा अल्मलिएका छन् ।  काम गर्ने आकांक्षा त छ तर क्षमताविना  त्यो आकांक्षा वास्तविकतामा अनुवाद हुनसक्दैन । अनभवी मेयरहरु विगतको अनुभवका आधारमा काम गर्न तम्सिएका छन् तर अनुभव नभएकाहरुलाई क्षमता कसरी दिने ? नगरपालिकाभित्र स्थानीय कर्मचारीतन्त्रको बोलवाला व्यवस्थापनको अर्को समस्या हो । कर्मचारी समायोजनमा पनि जटिलता देखिएको छ ।  


वित्तीय स्रोत परिचालन
सहरलाई व्यवस्थित गर्ने आवश्यक पूर्वाधार संरचना तथा सेवा सुविधा वितरणका लागि आवश्यक स्रोत परिचालन गर्न नगरपालिका निकै कमजोर छन् । संविधानले स्रोत परिचालन गर्ने आधार र स्रोत हस्तान्तरणको व्यवस्था गरेको छ । तर औद्योगिक व्यापारिक क्रियाकलाप र सेवा व्यवसाय जति विस्तार भयो, सोही अनुपातमा आन्तरिक स्रोत परिचालन गर्न सकिने हो । अधिकांश नगरपालिकाहरुमा आर्थिक गतिविधिहरु गतिशील छैनन् । प्राप्त वित्तीय स्वायत्तताको उपयोग गर्न पनि नगरपालिकाहरु क्षमतामा देखिएका छैनन् । पहिलो त नागरिकलाई कर लगाउनभन्दा पनि वितरणमुखी काम गर्न नगरपालिकाहरु उद्यत भएको पनि देखिएको छ । दोस्रो परिचालन गर्नसकिने राजस्वको पहिचान पनि गर्न सकिएको छैन । तेस्रो स्रोत परिचालनभन्दा पनि केन्द्रबाट अनुदान लिन पाए हुने मनोविज्ञानमा निर्वाचित प्रतिनिधि देखिएका छन् । चौँथो नगरपालिकाले गर्नुपर्ने विकास गतिविधि धेरै भए पनि प्रतिबद्ध खर्च बढ्दै गएकोले वित्तीय दिगोपना कसरी निर्वाह गर्ने भन्ने जटिल चुनौती पनि छ । यसर्थ नगरपालिकाहरुको कमजोर आर्थिक क्षमतामा सामान्य प्रशासनिक कार्यतिर केन्द्रित हुँदै जाने सम्भावना छ ।


दीर्घकालीन दृष्टिकोण
सहरीकरणको प्रक्रियालाई व्यवस्थित गर्न दीर्घकालीन दृष्टिकोणको खाका आवश्यक छ । तर नेपालमा यस प्रकारको रणनीतिक दृष्टिकोणतर्फ विचार गरिएको छैन । जहिले बिमारी, त्यही बेला उपचारको प्रवृत्तिले सहरी व्यवस्थापनलाई तदर्थ बनाएको छ । परिणामतः सहरहरु व्यवस्थापनयोग्य बन्न छाडिसके । निर्वाचित प्रतिनिधिहरु योजना बनाउन लागेका छन्, तर विज्ञहरुको बढ्दो बजारीकरण भइरहेको छ, जसले कार्यान्वयनयोग्य योजनाभन्दा पनि सैद्धान्तिक कार्य हुनसक्ने स्थिति छ ।


सहरी संस्कृति र व्यवहार
सहर सभ्यता र राम्रा व्यवहारको पनि केन्द्र हो । सहरको अपेक्षा र आवश्यकता सुसंस्कृत र सभ्य व्यवहार हो । पूर्वाधार संरचना र ठूला महलले मात्र सहरको पहिचान दिँदैन । सबल संरचना र असल व्यवहार नै वास्तविक सहर हो । सहरको सभ्यता गाउको पनि आदर्श (मोडेल) हो तर नेपालका मोफसलका सहर मात्र होइन, राजधानीको स्वरुप पनि सहरी संस्कृति विमुख देखिएको छ । सर्वसाधारणहरु सहरी संरचनाको अव्यवस्थित उपायोग गर्न मात्र होइन, अतिक्रमण गर्न पनि उद्यत छन् । सडकपेटी बजार टहराहरुबाट अतिक्रमित छन्, सडकको बीचबाट मानिस हिँड्नु सामान्य हो । आलिशान महलबाट फोहोरमैला मलमूत्र जथाभावी फाल्न सहरवासी लजाउँदैनन् । सडकबीचमा यात्रु चढाउने ओराल्ने जोखिमयुक्त काम यातायात व्यवसायीले गरिरहेका छन् । उछानापछिनबाट सडक दुर्घटना सामान्य देखिएको छ । यी प्रतिनिधि उदाहरण मात्र हुन् । यसले सहरवासी अधिकारप्रति सचेत तर कर्तव्यप्रति विमुख बन्दै गएको स्पष्ट देखिन्छ । नियामक निकाय पनि कमजोर छन् । नियामक निकायको सक्रियाताभन्दा पनि मनोवृत्ति परिवर्तन आवश्यक छ । यसर्थ सहरी संस्कृतिको अभिमुखीकरण सहरको सबैभन्दा ठूलो चुनौती बनेको छ । यसलाई सम्बोधन नगरी गरिएको कुनै पनि कामले दिगो सहरी व्यवस्थापनमा समस्या मात्र सिर्जना गर्दछ ।


उपसंहार  
नेपालमा सहरीकरणको क्रमका साथ व्यवस्थापनका चुनौती पनि थपिएका छन् । सीमित रुपमा विस्तार भएका सडक तथा विद्युत् सञ्जालले सहरीकरणको प्रक्रियालाई तीव्रतर पारिरहेको छ । सहरमा तान्ने तथा घचेट्ने तत्वका कारण मानिसहरु ओइरिने क्रम बढ्दो छ । विप्रेषण आयले पनि जिल्ला सदरमुकाम र उदीयमान सहरहरुमा जनचाप थपिरहेको छ । तर आधारभूत सहरी सेवासुविधा प्रदान गर्ने कार्यलाई व्यवस्थित गर्न सकिएको छैन । सहरी भूमिका निर्वाह गर्ने पात्रहरुमा क्षमता विकास, समन्वय र सहकार्य हुन नसक्दा पनि सहरहरु सहज र सरल सेवा प्रवाहमा कमजोर देखिएका छन् । आउँदा दिनमा यो चुनौती झनै विकराल हुँदै जाने सम्भावना छ । त्यसैले सहरी विकासका सबै आयामहरुलाई एकीकृत रुपमा लिएर कार्य जिम्मेवारीको परिभाषा गर्नु आवश्यक छ । जति विलम्ब त्यति नै जटिलता देखिने भएकाले पनि सहरी विकासको एकीकृत कार्यप्रणाली शीघ्रातीशीघ्र स्थापित गर्नुको विकल्प छैन । (mainaligopi@gmail.com)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...

म मुन्धुममा रमाउने कुनै यलम्बर हुँ

मैले जिन्दगीमा आफूले आफैंलाई सबैभन्दा धेरै सोधेको एउटा प्रश्न ‘म किन प्रेममा परिनँ ?’ अरुले पनि मैले जस्तै...

विष्णुका किन सहस्र नाम हुन्छन् ?

हिन्दुहरुका हजारौं देवताहरु छन् र त्यसमा पनि कतिपयका सयौं वा हजारौं नाम छन् । तर, त्यसो भए पनि सबै देवता एकै देव...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै