logo

वुद्धशान्ति फाउण्डेसनको कार्यक्रम सम्पन्न

रामप्रसाद पाठक
काठमाण्डौं । विश्वमा शान्ति र सदभाव फैलाउने उद्धेश्यले गठन भएको सामाजिक ंसंस्था वुद्धशान्ति फाउण्डेसन नेपालको आयोजनामा काठमाण्डौंमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष सन्ध्या रेग्मीको अध्यक्षतामा र वरिष्ठ वौद्ध भिक्षु कौडिण्य महास्थविरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथीको रुपमा वयोवृद्ध राजनितिज्ञ तथा वरिष्ठ साहित्यकार कमलराज रेग्मी , साहित्यकार मदनमणि दिक्षित , डा.सुरेन्द्र के.सी.,डा.नेत्र न्यौ्पाने ,डा.नेत्र एटम , डा. अच्युतराज शर्मा, डा.रजनी ढकाल , डा.प्रकाशराज रेग्मी, कवि मञ्जुल, गीता केशरी, दाहाल यज्ञनिधि, इरोज श्रेष्ठ, वामदेव शर्मा, सरोज लामिछाने, किरण पाठक, अरुण कोइराला, लगायतका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रमलाई पहिलो चरण र दोश्रो चरण गरि दुई भागमा विभाजित गरिएको थियो । पहिलो चरणको कार्यक्रम उद्घाटन चरण रहेको थियो भने दोश्रो चरणको कार्यक्रममा वरिष्ठ साहितयकार तथा राजनितिज्ञ कमलराज रेग्मीले लेखेकाचारवटा पुस्तक माथी विभिन्न समिक्षकहरुबाट समिक्षा गरिएको थियो । कार्यक्रमा प्रमुख वक्ताको रुपमा वोल्दै भिक्षु कौडिण्य महास्थवीरले देशभित्रको सदभाव विग्दिै गएको वर्तमान अवस्थामा वुद्द शान्ति फउण्डेसनले गर्न थालेका कामहरु ऋति नै उपयोगी रहने र आफू पनि यो संस्थासँगैं हातेमालो गरेर हिड्न इच्छुक रहेको वताए । सो अवसरमा रेग्मीले लेखेको र सन्ध्या रेग्मीले सम्पादित वरिष्ठ साहित्यकार मदनमणि दिक्षितमा आधारित रहेको पुस्तक मदनमणि दिक्षितवारेमा वरिष्ठ विश्लेसक पा.डा. सुरेन्द्र के.सी.ले  समिक्षा गर्दै साहितयकार रेग्मीमा साहित्य सृजना गर्ने क्षमतामात्रै नभएर अरु प्रतिभाको कदर र वयान गर्ने क्षमता पनि रहेको वताए । यस्तै रेग्मीकै अर्को कृतिआमा, म र पाल्पामा आधारित रहेर डा.नेत्र प्रसाद न्यौपानेले सर्जकमा यस कृतिमा मातृवात्सल्यको भावना वगेको झल्को पाइने वताए । यस्तै गरेर साहित्यकार रेग्मीले आफ्नी छोरी सन्ध्या विदेशमा रहँदा पठाएका चिठी पत्रहरुको सँगालो वचेरालाई आहारा नामक कृतिमाथी साहित्यकार डा.नेत्र एटमले साहितयकार रेग्मीको सदमार्ग निर्देशनले गर्दा नै आज छोरी सन्ध्या सहि मार्गमा हिड्न सफल रहेकी वताउदै तर आफू आफ्ना अभिभावकको सहिमार्ग निर्देशन विना आफ्नै सँघर्षले यो स्थान सम्म आएको वताए । यस्तै सोही कृतिमाथी डा.रजनी ढकालले पनि आफ्नो धारण राखेकी थिइन् भने कवि वामदेव शर्माले अँग्रेजीमा साहित्यकार रेग्मीको वारेमा धारणा राखेका थिए भने कृतिका वारेमा इरोज श्रेष्टले पनि आफ्नो धारण राखेकी थिइन  ।


 यस्तै सोही अवसरमा राजनितिज्ञ तथा वरिष्ठ साहितयकार कमलराज रेग्मीको नाममा स्थापित श्री वुध्द शान्ति कमलराज रेग्मी साहित्य पुरस्कार ( २०७४ ) बाट लामो समयदेखि रेडियो नेपालमा सवै श्रोताको कानमा झुण्डिएको कार्यक्रम साहित्य संसारका संचालक संचारकर्मि तथा साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदान गरियो उक्त पुरस्कारको रासी रु. पचास हजारका साथमा प्रमाण पत्र रहेको थियो । स्मरणिय के छ भने साहित्यकार दाहाल यज्ञनिधि विगत विस वर्षदेखि मृगौला रोगबाट पिडित रहेको् र उनले अहिलेसम्म नियमित औसधी र स्वास्थ्य परिक्षण गराइरहेको कुरा पुरस्कार ग्रहण गर्ने क्रममा साहित्यकार दाहालले वताए । सोही अवसरमा वुद्ध शान्ति फाउण्डेसनको नयाँआजिवन सदस्यवन्ने विभिन्न विशिष्ट व्यक्ति र कृति माथी समिक्षा गर्ने विभिन्न समिक्षकहरुलाई मायाको चिनो समेत प्रदानगएिको थियो । सोही अवसरमा वरिष्ट मुटुरोग विशेशज्ञ डा.प्रकाशराज रेग्मी र डाक्टर दिनेश शिबाकोटीबाट फाउण्डेसनको लागि रु एक लाख रुपैया प्रदान गर्नु भएको थियो । विहान साढे आठ वजे शुरु भएको उक्त कार्यक्रममा दाहाल यज्ञनिधि, किरण पाठक, अरुण कोइराला लगायतका सर्जकले कमलराज रेग्मीले रचना गरेका कविता वाचन गरेर सवैको आत्मा आनन्दित वनाएका थिए । वुद्ध शान्ति फाउण्डेसनको कार्यक्रम नियाल्दाकवि, साहित्यकारहरुको सभा जस्तै लाग्दथ्यो । जे होस् विश्वमा शान्ति फैलाएर भगवानगौतम वुद्धका सन्देशलाई विश्व सामु पु-याउने उद्धेश्य वोकेको यो कार्यक्रम अवश्य पनि फलदायी हुने छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

नयाँ सालमा कलाकारिता कता मोडिएला ?

नयाँ सालको कलाकारिताको यात्राको सम्भाव्यताबारे आँकलन गर्नुभन्दा गत वर्षको नेपालीकलाकारितको बारेमा लेखा जोखा...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेस किन पराजित भयो ?

नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै