logo

मानिसलाई जस्तै रोबोटमाथि पनि कर !

केही समयअघि विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बिल गेट्सले मानिसको रोजगारी खाइरहेको रोबोटमाथि पनि मानिसलाई जस्तै कर लगाउनुपर्ने बताएका थिए । यसले मानिसहरुको रोजगारी सुरक्षित पनि हुने उनको विश्वास रहेको थियो । मानिसहरुले आफ्नो आम्दानीबापतको केही रकम आयकरको रुपमा तिर्नुपर्नेमा रोबोटले भने कुनै पनि कर नतिर्नु अन्याय हुने तर्क विल गेट्सको रहेको थियो ।


रोबोटको आगमनसँगै मानिसहरुको रोजगारी पनि समस्यामा पर्नसक्ने देखिन्छ । मानिसलाई विभिन्न किसिमको सेवा तथा सुविधा प्रदान गर्नुपर्ने र कहिले कुनै समस्या पनि आइपर्नसक्ने भएको कारणले मानिसहरुको सट्टामा रोबोटको प्रयोग बढी हुने खतरा अहिले देखिएको छ । पछिल्लो समय विकास हुँदै गरेको स्वचालित सवारीको कारण अमेरिकामा मात्र करिब ३५ लाख मानिसहरुको रोजगारी गुम्ने भएको छ । यस्तै अन्य क्षेत्रमा पनि यसै किसिमले मानिसहरुको रोजगारी खोसिँदै गएको खण्डमा आगामी दिनमा रोजगारीको हाहाकार हुने सम्भावना देखिएसँगै अहिले ल्याएको योजनाले रोबोटको प्रयोगलाई केही कम गरी मानिसको रोजगारी बचाउन सक्ने देखिन्छ ।


मानिसको रोजगारी जोगाउनको लागि रोबोटमा कर लगाउने निर्णयले भने रोबोटलाई पनि कर तिर्नुपर्ने र मानिसको भन्दा बढी रकम खर्च गर्नुपर्ने अवस्था आएको खण्डमा भने मानिसहरुको रोजगारी बच्ने सम्भावना हुन्छ । कुनै विशेष किसिमको प्राविधिक कामबाहेक अन्य क्षेत्रमा मानिसको रोजगारी उपलब्ध भएको खण्डमा भने मानिसको रोजगारीका साथै समग्र करको नतिजालाई सन्तुलनमा ल्याउन सकिन्छ । रोबोटको संख्यामा लगातार वृद्धि हुँदै जानु र मानिसको रोजगारीमा गिरावट आउनुले एकातर्फ मानिसहको आयकर गुम्ने खतरा हुन्छ भने बेरोजगारीको अर्को भयावह समस्या निम्तिने खतरा हुन्छ । यो समस्याबाट पार पाउनका लागि विश्वका सबै मुलुकहरुले बेलैमा उपयुक्त किसिमको नीति ल्याउनु जरुरी हुन्छ ।


रोबोटमाथि कर लगाउने नीति उपयुक्त रहेको हुँदाहुँदै पनि केही समस्याहरु पनि रहेका छन् । रोबोटलाई काममा लगाउँदा कुनै किसिमको सम्झौता गर्नुपर्दैन र यसलाई काम गरेबापत कुनै तलब पनि दिनुपर्दैन, यसको अर्थ रोबोटको कुनै आम्दानी हुँदैन । जब रोबोटको कुनै आम्दानी हुँदैन भने उसलाई कसरी कर लगाउन मिल्छ ? यो सबैभन्दा ठूलो समस्या हो । त्यसका साथै अन्य केही समस्याहरु पनि रहेका छन् । जसमध्येको एक अर्को समस्या रोबोटको कुनै प्रमोसन हुँदैन र तलबमा पनि वृद्धि हुँदैन । मानिसको तलबमा समयसमयमा वृद्धि भइरहने र त्यसैअनुसारको आर्थिक कारोबार पनि भइरहने भएको कारण आर्थिक व्यवस्था सन्तुलनमा रहन सकेको हो तर रोबोटमा भने यो सम्भव हुँदैन जसले समग्र आर्थिक क्षेत्र नै निष्क्रिय बन्ने खतरा हुन्छ ।


यसका साथै रोबोटमाथि कर लगाउने निर्णय गरिएको खण्डमा यसलाई कसरी परिभाषित गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । मानिसहरुले रोबोट एक मेसिन हो, यसले गर्ने काम पनि अन्य मेसिनहरुले गर्ने काम जस्तै हो । यस्तोमा रोबोटलाई कर लगाउने निर्णय गरिनुले आगामी दिनमा अन्य मेसिनहरुमा पनि कर लगाउनुपर्ने हुन्छ । अहिले सञ्चालनमा रहेका मेसिनहरुले कुनै किसिमको कर तिरेका छैनन् र आगामी दिनमा लगाइने करले समग्र आर्थिक क्षेत्रमा समस्या निम्त्याउन सक्ने देखिन्छ । यो समस्याको पनि समाधान गर्नु आवश्यक हुन्छ ।


अन्त्यमा गेट्सले ल्याएको योजना रोबोटमा रहेका केही समस्याहरुको सामाधान गर्दै अगाडि बढेको खण्डमा उपयुक्त देखिन्छ । रोबोट मानिसहरुको रोजगारी खाँदा मानिसहरुलाई भने बेरोजगारी भत्ता दिएर राख्नु उचित हुँदैन । त्यसैले मानिसको रोजगारीको सुनिश्चित गरी उचित नियमभित्र रहनेगरी रोबोटको प्रयोग गर्नाले आर्थिक विकासमा पनि सहयोग पुग्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...

प्रज्ञाका कुलपति उप्रेतीले आप्mनै ९८५१२२१२.... नम्बर मेरो होइन भनेपछि.....

एउटा सरकारी निकायअन्तर्गतकै संस्थानका जिम्मेवार कर्मचारीबाट गलत कार्य गरेपछि कतिसम्म गिर्न सक्छन् भन्ने...

शिक्षामा बढ्दो व्यापारीकरण

नेपालको शिक्षा प्रणालीमा पछिल्लो चरणमा दिनप्रतिदिन व्यापारीकरण भइरहेको छ । शिक्षालाई अहिले सेवामुखि नभई...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

करको सकसमा सङ्घीयता

‘गाउँ–गाउँमा सिहंदरबार’ को नारा स्थानीय तह निर्वाचनको बेला जोडतोडले उठेको थियो । मुलुकमा अहिले अर्को कहर...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै