logo

चुनावभन्दा लुट्नै सजिलो

रामप्रसाद पुडासैनी,फागुन,

आफ्ना माग पूरा नभएको भन्दै मधेसी मोर्चामा आबद्ध दलहरु स्थानीय निर्वाचनमा जान मानिरहेका छैनन् । निर्वाचनबाट चयन नभए पनि गाउँदेखि केन्द्रसम्म भागबन्डा गरेर खान पाएपछि उनीहरुले निर्वाचनलाई खासै महत्व दिएका छैनन् । मोर्चाले उठाउको मागको बारेमा सरकारमा रहेका दलका नेताहरु मात्र विभाजित भएका होइनन् आम मधेसी जनताप्रति सकारात्मक छैनन् । वास्तविक नेपाली मधेसीलाई भविष्यमा अल्पमतमा पार्ने र भारतबाट आउनेहरुलाई अधिकतम लाभ दिने उद्देश्यले मधेसी मोर्चाहरुले आफ्ना माग उठाएका छन् । त्यस्ता मागमा प्रधानमन्त्रीको कुर्सी जोगाउन माओवादीका अध्यक्ष प्रचण्ड र तत्काल प्रधानमन्त्री पद लिनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन जनाए पनि माओवादी र कांग्रेसभित्रका अधिकांश नेताहरु मधेसीको नाजायज माग सम्बोधन गर्ने पक्षमा छैनन् ।
मोर्चाले अहिले यो वा त्यो मागको नाममा केन्द्रसँग बार्गेनिङ गरेर पैसा जम्मा पार्ने काम गरेको छ भने जिल्ला र गाउँमा पनि मोर्चाआबद्ध दलहरुले विकास निर्माणमा पनि राजनीतिक हिस्सा खोजेर राष्ट्रिय सम्पत्ति दुरुपयोग गरिरहेका छन् । मोर्चाआबद्ध दलहरुको अवस्था तराईमै नाजुक भएको कारण उनीहरु निर्वाचनमा जान मानिरहेका छैनन् । जसरी पनि बार्गेनिङ गरेर खाने मोर्चाआबद्ध दलहरुको शैलीलाई कांग्रेस र माओवादीले ठेगान लगाउन नसकेको कारण अझै अराजकता बढ्ने देखिन्छ । मोर्चाका नेताहरुले विगतमा पनि बार्गेनिङ गरेर महत्वपूर्ण मन्त्रालयहरुको मन्त्री भएकै हुन् । उनीहरुले हैसियतभन्दा धेरै भाग लिएर मन्त्रालयको रकम चरम दुरुपयोग गरेका हुन् । पूर्वाधार विकास, सुरक्षाको जिम्मा भएका, आपूर्ति र वाणिज्यको बारेमा हेर्ने मन्त्रालयहरुलाई मधेसी दलहरुले आफ्नो कब्जामा राखेका थिए र अहिले पनि त्यही प्रयासमा छन् । उनीहरुले विगतदेखि नै मन्त्रालयलाई जनताको काम गर्ने थलोको रुपमा भन्दा पनि लुट गर्ने अखडाको रुपमा प्रयोग गर्दै आएका छन् । उनीहरुले यो क्रमलाई अझै पनि जारी राख्न चाहन्छन् ।
देशमा स्थानीय निर्वाचन भयो भने धेरै काममा सुधार आउनेछ । अहिले अस्तव्यस्त भएको काम सिस्टममा चल्नेछ । विकास निर्माणदेखि सामाजिक सुरक्षाका क्षेत्रमा हुने र भइरहेका लुटतन्त्रलाई नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिले ठूलो भूमिका खेल्ने छन् । विकास निर्माणमा भागशान्ती जय नेपाल भन्ने लुटतन्त्रको नारा अन्त्य हुने छ । अहिले राजनीतिक दलहरुको प्रतिनिधित्वको नाममा अस्तित्वमै नभएका दलका नेताहरुले प्रत्येक जिल्ला विकास समिति, गाउँ र नगरमा भागबन्डा गरेका छन् । विकास निर्माणको नाममा आउने बजेटलाई  दुरुपयोग गर्नकै लागि दलहरुको प्रतिनिधि राख्ने चलन छ । तराईमा मधेसवादी दलहरुले अझ बढी पीडा दिने काम गरेका छन् । उनीहरुको उद्देश्य विकास निर्माण भन्दा लुट्नु नै बढी छ । यदि निर्वाचन भयो भने अहिले लुट्न पल्केकाहरुको पत्तासाफ हुनेछ । मधेसी मोर्चाकै पनि धेरैजसो स्थानमा राज्यको सम्पत्ति सदुपयोग गर्नुपर्छ र लुटतन्त्रलाई अन्त्य गर्नुपर्छ भन्ने नेताहरु चयन हुनेछन् । यसले अहिले बिग्रिएको सिस्टमलाई धेरै सुधार गर्नेछ । तर, यसरी सुधार गर्दा अहिले लुट्न पल्केका नेताहरु बढारिने छन् । त्यही भएर उनीहरु निर्वाचन हुनै दिन हुन्न भनेर लागेका छन् ।
अहिले निर्वाचन हुन दिन्न भनेर लाग्नेहरु मधेसी जनताको पक्षधर होइनन् उनीहरु त मधेसी जनताका जुका हुन् । मधेसीको नाममा लुट्न र चुस्न पल्केकाहरु हुन् । चुनाव भएमा जनप्रतिनिधि आउने छन् र लुटन् पाउने छैनन् । चुनाव भएन भने अहिले विकासको नाममा भागबन्डा गरेर राज्यकोषको बजेट लुटशैलीमा आफ्नो थैलीमा हाल्न पाइएको छ । निर्वाचन भयो भने विकासको नाममा लुट्ने काम बन्द हुने छ । आफ्नो धन्दा नै समाप्त पार्नका लागि मधेसी मोर्चासँग आबद्ध दलहरु मान्दैनन् । त्यही भएर उनीहरु निर्वाचनको विरुद्ध गएका हुन् । यदि मधेसीको अधिकारको लागि उनीहरुले आवाज उठाएको हो भने मधेसबाट उनीहरुको भाषामा मधेस विरोधी भनेर चिनिएका राजनीतिक दल र तिनका नेतारुलाई धपाउने एउटा मात्र उपाए मत हो । मतबाट धपाएकाहरु कम्तीमा पाँच वर्ष टाउको उठाउन सक्तैनन् । तर, त्यो हिम्मत मधेसी मोर्चाका नेताहरुमा छैन ।
मोर्चाको लुटलाई भारतीय पक्षले पनि साथ दिएको छ । भारत नेपालमा अस्थिरता चाहन्छ । अस्थिरता भयो भने विकास हुँदैन । विकास नभएपछि नेपाल समृद्ध हुँदैन । जब समृद्ध हुन सक्तैन त्यतिबेलासम्म नेपालको सत्ता भारतको भर पर्नैपर्छ । भारत नेपाललाई समृद्ध पारेर आफूप्रतिको निर्भरता कम होस् भन्ने पक्षमा छैन । भारतका प्रमुख दलहरु अझै सबै विषयमा नेपालले भारतको साथ र सहयोग लिनुपरोस् र त्यही अनुसारको वातावरण बनोस् भन्ने पक्षमा छ । उसले नेपालको संविधान नै आफूले भने अनुसार संशोधन भएर चलोस् भन्ने चाहन्छ । यसको अर्थ भारतीय चाहनाको संविधानले नेपालमा शासन गरोस् र त्यो सत्तामा जो आए पनि केही फरक पर्दैन भन्ने पक्षमा भारत छ । संविधान नै आफू अनुकूल भएपछि त्यसमा जो नाचे पनि त्यसले नेपालमा अस्थिरता मात्र कायम गर्छ भन्नेमा भारत ढुक्क छ । त्यही भएर उसले नेपालमा अस्थिरता भइरहने गरी शासन चलोस् भनेर संविधान संशोधन गर्न चाहन्छ । त्यसका खेतालाका रुपमा मधेसी मोर्चाका नेताहरु सक्रिय भएर लागेका छन् । उताबाट दाना पानी पाउने भएपछि मोर्चाआबद्ध दलहरुलाई देशको के मतलब । pudasainirp@gmail.com

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...

प्रज्ञाका कुलपति उप्रेतीले आप्mनै ९८५१२२१२.... नम्बर मेरो होइन भनेपछि.....

एउटा सरकारी निकायअन्तर्गतकै संस्थानका जिम्मेवार कर्मचारीबाट गलत कार्य गरेपछि कतिसम्म गिर्न सक्छन् भन्ने...

शिक्षामा बढ्दो व्यापारीकरण

नेपालको शिक्षा प्रणालीमा पछिल्लो चरणमा दिनप्रतिदिन व्यापारीकरण भइरहेको छ । शिक्षालाई अहिले सेवामुखि नभई...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

करको सकसमा सङ्घीयता

‘गाउँ–गाउँमा सिहंदरबार’ को नारा स्थानीय तह निर्वाचनको बेला जोडतोडले उठेको थियो । मुलुकमा अहिले अर्को कहर...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै