logo

भारतीय एजेन्डा सिंहदरबारभित्र प्रवेश

रामप्रसाद पुडासैनी, फागुुन, सधैं भारतीय एजेन्डा बोकेर हिँडेको आरोप लाग्दै आएको र केही घटनामा पुष्टिसमेत भएको बेला मधेसी मोर्चा फेरि पनि भारतको अर्को एजेन्डा बोकेर सिंहदरबारभित्र पसेको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको कुरा पत्याउने हो भने पनि मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन भारतीय मोडलमा गर्न प्रस्ताव गरेको छ । मन्त्री निधिले महेन्द्रनारायण निधिको ९५औं जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित पुरस्कार प्रदान कार्यक्रममा मोर्चाले त्यस्तो प्रस्ताव गरेको र उक्त प्रस्ताव प्रमुख प्रतिपक्ष नेकपा एमालेले मान्न पनि सक्ने वा नसक्ने बारेमा टुंगो लागिनसकेका बताएका थिए ।
तराईकै जिल्लाहरुमा पनि जनताको इच्छाविपरीतको काम गरेर जनताबाट तिरष्कृत हुन थालेको मधेसी मोर्चाले अहिले आफ्नो अस्तित्व जोगाउनका लागि स्थानीय निर्वाचन निर्दलीय तरिकाले गर्नुपर्ने प्रस्ताव राखेको हो । जुन प्रस्ताव भारतीय हो । भारतमा स्थानीय निर्वाचन यस्तै निर्दलीय तरिकाले गर्ने चलन छ । नेपाल र भारतबीच भिन्नता छैन भन्ने देखाउनका लागि मोर्चाले भारतीय एजेन्डालाई जसरी पनि लागू गर्न दबाब दिएको छ । नेपालको संविधानअनुसार निर्दलीय निर्वाचन गर्नु गैरसंवैधानिक हो । यो संविधान जारी गर्ने बेलामा भारतले समर्थन नदिएको कारण यसलाई जसरी पनि असफल पार्न वा संविधानको मूल भावनामाथि प्रहार गर्न भारतबाट नियोजित रुपमा ल्याइएको उक्त प्रस्ताव मानेमा आफूहरु निर्वाचनमा जाने सोचमा रहेको मोर्चाका नेताहरुले बैठकहरुमा बताउँदै आएका छन् । किनकि मोर्चा पनि भारतीय शासक वर्गजस्तै यो संविधानको मूलमर्ममाथि जसरी पनि प्रहार गर्न चाहन्छ ।
मधेसी मोर्चा तराईका जिल्लामा बस्ने पहाडी मूलका नेपालीका लागि मात्र होइन, मधेसी मूलका नेपालीमाझ पनि अलोकप्रिय हुँदै गएको छ । नेपालप्रति भन्दा भारतप्रति अगाध आस्था र भरोसा गर्ने र नेपालमा भारतीयकै एजेन्डा पास गराउने खेलमा निरन्तर लागेका कारण मोर्चाप्रति हिमाल र सम्पूर्ण पहाडमा मात्र होइन, तराईमा पनि वितृष्णा छ । तराईका पहाडी मूलका नेपालीको मात्र होइन, वास्तविक नेपाली मधेसी पनि मोर्चाको क्रियाकलापप्रति अत्यन्त रुष्ट छन् । आफ्नो पक्षमा जनमत नभएको कारण यो वा त्यो बहानामा जसरी पनि आफ्नो अस्तित्व रक्षाका लागि मोर्चाआबद्ध दलहरुले प्रयास जारी राखेका छन् । मधेसका सबै जिल्ला मोर्चाआबद्ध दलहरुकै राम्रो संगठन छैन भने कांग्रेस, एमाले, माओवादी र राप्रपामा पनि मधेसीमूलका धेरै नेताहरु छन् ।
निर्वाचनमा अधिकांश ठाउँमा मधेसीमूलका नेताहरुबीच नै प्रतिस्पर्धा हुने हो । अहिले मधेसका जिल्लाहरुमा मोर्चाको राम्रो जनाधार नभएको बेला हुने निर्वाचन उनीहरुकै लागि प्रत्यूदपादक बन्नेछ । त्यही कारण उनीहरु निर्वाचनको विपक्षमा छन् । आफूहरुलाई मनाउने नाममा प्रमुख दलहरुले अहिलेको संविधानको मूलमर्म अर्थात बहुदलीय व्यवस्थाको केही अंशलाई संशोधन गरेर भारतीय एजेन्डालाई स्थापित गर्न सकिन्छ कि भन्ने सोचमा छन् । मोर्चाआबद्ध दलहरु आफू हारेर पनि भारतीय एजेन्डा जिताउने पक्षमा छन् । उनीहरुलाई नेपालभन्दा पनि भारत प्यारो छ । यदि त्यस्तो थिएन भने गतवर्ष भारतीय योजनाअनुसार भन्सार नाकामा धर्ना दिएर नेपालमा नाकाबन्दी लगाउने थिएनन् । भारतीयहरुले जे योजना बनाए त्यही योजनाअनुसार भन्सार नाकामा बसेर मोर्चाका नेताहरुले नेपालमा नाकाबन्दी गर्न सहयोग गरेकै हुन् ।
मोर्चा राप्रपा पनि निर्दलीय पक्षधर भएको कारण उसलाई पनि आफ्नो एजेन्डामा ल्याउन सकिन्छ र संविधान संशोधन सजिलै गर्न सकिन्छ भन्ने सोचमा छ । निर्दलीय तरिकाले स्थानीय निर्वाचन भयो भने तल्लो तहसम्म दलको प्रभाव घटेर जानेछ र त्यसले जुनसुकै ठाउँमा पनि भाँडभैलो मच्चाउनेछ । त्यही भाँडभैलो मच्चाउने योजना भारतले बनाएको छ र त्यसमा पुतली नाचेको जसरी नाच्ने काम मोर्चाआबद्ध दलहरुले गरिरहेका छन् । नेपाली कांग्रेसका केही नेताहरुले मधेसीलाई मनाउने नाममा एकपटक यस्तो निर्वाचन गरेर हेरौं भन्नेमा समेत पुगेका छन् । यदि प्रजातन्त्रलाई स्वीकार गर्ने हो भने यस्तो मोडलको निर्वाचन नेपालमा कुनै पनि हालतमा स्वीकार गर्नुहुन्न । बहुदलीय व्यवस्थाविपरीतका प्रस्ताव एकपछि अर्को गर्दै स्वीकार गर्दैै जाने हो भने मोर्चाले अब एकपटक राजतन्त्र पनि स्थापना गरौं फेरि पनि राम्रो काम गरेन भने फ्याँकौँला भनेर अर्को प्रस्ताव ल्याउन सक्तछ । तसर्थ प्रजातन्त्रप्रति आस्थावान कसैले पनि निर्दलीय निर्वाचन स्वीकार गर्न मात्र होइन छलफल नै गर्न सक्तैन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै