logo
565 x 90 pixel-01.png

क्याम्पसमा ताला लगाउने होडबाजी

चितवन, माघ २५
नेता उत्पादन गर्ने कारखाना मानिने स्ववियु चुनाव आउन अब २० दिनमात्रै बाँकी छ । मिनी संसदीय चुनावकै रुपमा लिइने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आठ वर्षको अन्तरालमा हुनलाग्दा विद्यार्थी नेताहरु क्याम्पसमा संगठनको उपस्थिति देखाउनका लागि सांस्कृतिक कार्यक्रम गर्नेदेखि तालाबन्दी गर्नेसम्मका काम गर्न थालेका छन् ।


संगठनले क्याम्पसमा रहेका सूचनापाटीमा चुनावी नारा लेख्नथालेका छन् । त्रिविले गत माघ १४ गतेदेखि नै विद्यार्थी भर्ना रोकेको थियो । तर, यहाँका केही क्याम्पसले विद्यार्थीसँग समन्वय गरी भर्नाका लागि समय थप गर्ने आन्तरिक सहमति भएको थियो । संगठनले निश्चित अनुपातमा भर्ना गर्ने कि आफूले सकेजति भर्ना गर्ने भन्ने विषय विवादमा छ । भर्ना विवादकै कारण सप्तगण्डकी क्याम्पस र बालकुमारी कलेज नारायणगढको प्रशासनमा ताला लगाइएको छ । सप्तगण्डकीमा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन, एमालेनिकट विद्यार्थी संगठन र बालकुमारीमा वैद्य माओवादीनिकट विद्यार्थी संगठनले ताला लगाएका छन् । क्याम्पस प्रशासन शाखा, लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने होडबाजी नै चलेको छ ।


‘सत्तामा रहेका पार्टीनिकट विद्यार्थी संगठनले प्रशासनसँग मिलेर फर्जी भर्ना लिन थालेपछि तालाबन्दी गरिएको हो,’ बालकुमारी कलेजका वैद्यनिकट अखिल (क्रान्तिकारी)का इन्चार्ज दीपक पोखरेलले भने, ‘सत्ताको आडमा फर्जी भर्ना हामीलाई मान्य हुनेछैन ।’ ‘माउ पार्टीको प्रतिष्ठासँग जोडिएको हुनाले स्ववियु चुनाव निकै महत्वपूर्ण छ,’ एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष शिव ढकालले भने, ‘चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै उपायहरु अपनाइनेछ ।’ ‘राष्ट्रिय एकता र समृद्धिका लागि संविधानको कार्यान्वयन, शैक्षिक ऋण र गुणस्तरीय शिक्षाको लागि अनेरास्ववियुमा मतदात,’ भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएको ढकालले बताए । विद्यार्थी आफ्नो पक्षमा तान्नका लागि संगठनले विविध कार्यक्रम सार्वजनिक गरिरहँदा सम्बन्धित क्याम्पसले भने आचारसंहिताले नदिने भन्दै कार्यक्रम आयोजनामा रोक लगाउन थालेको छ । अनेरास्ववियु सप्तगण्डकी क्याम्पसले सांस्कृतिक कार्यक्रम राखेकोमा प्रशासनले आचारसंहितविपरीत हुने भन्दै रोक लगाएको थियो । लगत्तै विरोधस्वरुप क्याम्पस परिसरमै कोणसभा आयोजना गरिएको थियो । चितवनमा आठ वर्षअघि भएको विद्यार्थी चुनावमा नौवटा क्याम्पसमा तत्कालीन एमाओवादीनिकट अखिल क्रान्तिकारी र चारवटा क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले चुनाव जितेका थिए ।


नेविसंघ रित्तो भएको थियो । नेविसंघले चुनाव नै बहिष्कार गरेको थियो । विगतको निर्वाचन परिणामलाई विश्लेषण गर्ने हो भने एमाले समर्थित अनेरास्ववियु पहिलो, कांग्रेस समर्थित नेविसंघ दोस्रो र माओवादी समर्थित अखित क्रान्तिकारी तेस्रो स्थानमा थिए । देशभरका ६० वटा आंगिक क्याम्पसमध्ये एमालेसम्बद्ध अनेरास्ववियुले २६ वटामा आफ्नो वर्चश्व कायम गरेको थियो । त्यस्तै कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघले १८ र माओवादीनिकट अखिल क्रान्तिकारीले १५ क्याम्पस जितेको थियो ।


टाँडी क्याम्पसमा तालाबन्दी 
नेकपा एमालेनिकटका विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीले रत्ननगरको सहिद स्मृति बहुमुखी क्याम्पसको प्रशासनमा आज तालाबन्दी गरेको छ । स्ववियु निर्वाचन नजिकिँदै गर्दा गैरविद्यार्थीको भर्ना रोक्नुपर्ने माग गर्दै अनेरास्ववियुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको हो । स्ववियु चुनाव भाँड्ने, गुण्डागर्दी र पैसाको आडमा क्याम्पसमा राजनीति गर्नेलाई भर्ना नलिन माग गर्दै तालाबन्दी गरिएको क्याम्पस कमिटीका अध्यक्ष सरोज तिमिल्सिनाले बताए । गैरविद्यार्थीहरुको भर्ना नरोकेसम्म ताला नखोलिने उनको भनाइ छ ।
                                                                                                     आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागूऔषधविरुद्ध ‘स्टेपिङ अपरेसन’

लागूऔषध दुर्व्यसनीको संख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेसन’ सुरु गरेको छ । पर्वतमा लागूऔषधको समस्या...

सामाजिक सुधारका प्रयास शुरु

विवाह, छेवर तथा काजक्रियाजस्ता कार्यमा सेवन हुने मदिराजन्य पेय पदार्थ न्यूनीकरण गर्न पश्चिमी रसुवाको हाकु...

तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ । सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै