logo

विनोद चौधरीको वाईवाईमा लगानी शंकाको घेरामा

काठमाडौं, कुनै पनि एक नेपाली विश्वको धनाढ्यको सूचीमा देखिनु गौरवको कुरा हो । विनोद चौधरीको व्यापार व्यवसाय धेरै देखिए पनि उनको वाईवाई चाउचाउको प्रगति उल्लेख्य मान्न सकिन्छ । उनी युरोपदेखि अफ्रिकासम्म वाईवाईको व्यापार विस्तारको लागि लागिपरेका छन् । एक नेपालीले विदेशमा पैसा लगेर व्यापार व्यवसाय गर्न सरकारको अनुमति लिनुपर्छ कि पर्दैन ? यसमा भने हामी सजक हुनु आवश्यक छ । विनोद चौधरीले भैंसेपाटीबाट वाईवाई थालनी गरे । उनी अहिले सिक्किम हुँदै भारतका विभिन्न स्थानमा कम्पनी खोलेर भुटान हँुदै युरोप तथा अफ्रिकातिर लाग्दैछन् । उनले ती देशहरुमा लगानी गर्न कसरी पैसा लगे ? त्यो जानकारी कसैलाई पनि छैन । कसैले चासो पनि राखेका छैनन् । नेपाली पैसा विदेशमा लैजान चौधरीलाई राष्ट्र बैंकले कसरी अनुमति दिइरहेको छ, राष्ट्र बैंक नै अलमलमा देखिन्छ । चौधरी नेपाली हुन् भने नेपालबाटै पैसा लगेर व्यवसाय गरेको हुनुपर्छ । यदि उनी विदेशी भइसकेको हो भने हामी नेपाली भनेर गौरव गर्न आवश्यक पनि छैन । र, उनको नेपालमा रहेको व्यापार व्यवसाय एक विदेशीले गरेअनुसारको हुनुपर्छ ।
नेपालमा प्रायः सबै निकायका व्यक्तिहरु पैसामा बिक्ने गरेको विविध घटनाक्रमले प्रष्ट हुन्छ । चौधरी ग्रुपले पनि सुरुको सेटिङको भरमा नै सबै कामकुराहरु गरायो । कुनैबेला समस्या पर्ने डरले अहिले चौधरी गु्रपले योजनाबद्ध रुपले काम गरिरहेको सरोकारवालाहरु बताउँछन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी अहिले नेपाली होइनन् । उनी एनआरएन हुन् । तर उनका छोरा निर्वाण चौधरीलाई भने उनले नेपालको जिम्मा दिएका छन् । बाबु विदेशी छोरो नेपाली भएर काम गरिरहेका छन् । यसो हुँदा उनलाई विदेशमा लगानी गर्न पनि सजिलो भएको छ भने नेपालमा लगानी गर्न पनि सजिलो भएको छ । तर विनोद चौधरीले नेपाली नागरिकता त्यागे कि त्यागेनन् ? भन्ने कुरा महत्वपूर्ण हुन्छ । उनले नेपाल आउँदा विदेशीको रुपमा काम गरिरहेका छन् या धनाढ्य एक नेपालीले जसरी हुकुम चलाइरहेका छन् । वा नियम कार्यान्वगन गर्ने निकायका व्यक्तिहरु नै चौधरीको चाकडी गरिरहेका छन् ? यो शंकाको रुपमा हेर्न सकिन्छ ।
चौधरी गु्रपको भावी योजना ः
चौधरी ग्रुपले युरोप र अफ्रिकामा व्यापार विस्तारको तयारी सुरु गरिसकेको छ । सर्वियाबाट उत्पादन सुरु हुनै लागेको छ, यसपछि तयारी चाउचाउ खाने संस्कृति नबसेको युरोपमा पनि फरक संस्कृतिको जग बस्ने विश्वास ग्रुपले गरेको छ । वाईवाई विस्तारमा फरकखालको रणनीति छ । जब कुनै ठाउँमा वाईवाई उत्पादन सुरु हुन्छ, प्रत्येक पाँच सय किलोमिटरमा उसका नयाँ नयाँ फ्याक्ट्री थपिँदै जान्छन् । नेपाल र भारतमा वाईवाई यसरी नै फैलिँदै छ । युरोपमा पनि तयारी चाउचाउको संस्कृति चाँडै बन्ने, वाईवाईको विस्तारै यही लयमा हुने विश्वास चौधरी गु्रपले लिएको छ । त्यसैगरी साउदी अरेबियामा वाईवाई प्लान्ट लगाउन सुरु भएको छ । डिसेम्बरदेखि साउदीबाट पनि वाईवाईको उत्पादन सुरु गर्ने लक्ष्य छ । थाइल्यान्डबाट वाईवाई तीन दशकअघि (२०४१) नेपाल भित्रिएको हो । नेपालमा मात्र हैन, भारतीय बजारमा पनि वाईवाईको बजार द्रुत गतिमा विस्तार भइरहेको छ । एकपछि अर्को प्लान्ट स्थापना गर्ने क्रम चलिरहेको छ । भुटानमा पनि छिट्टै उत्पादन सुरु हुँदैछ । मध्यपूर्व, युरोप, अफ्रिका, ल्याटिन अमेरिकामा प्लान्ट खोलेर वाईवाईलाई संसारभर फैलाउने अभियान छ ।
अहिले नेपाल र भारतबाट वाईवाई उत्पादन हुन्छ । वार्षिक दुई अर्ब ५० करोड प्याकेट वाईवाई बजारमा आउँछ । यो चाउचाउ विश्वका ३० भन्दा बढी मुलुकमा पुग्छ । वाईवाईको विश्व चाउचाउ बजारमा २.५ प्रतिशत हिस्सा पुगिसकेको छ । नेपालमा ५१ प्रतिशत र भारतमा २७ प्रतिशत हिस्सा छ । आगामी चार वर्षभित्र विश्वमा वाईवाईको हिस्सा पाँच प्रतिशत पु¥याउने योजना छ ।
यसका लागि भिजन २०२० अगाडि सारिएको छ । चार वर्षभित्र दशवटा मुलुकमा वाईवाई उत्पादन सुरु हुनेछ । वार्षिक पाँच अर्ब प्याकेट वाईवाई उत्पादन हुनेछ । अर्को ‘भर्जिन मार्केट’ हो, अफ्रिका । अफ्रिकन मुलुकमा चाउचाउको ठूलो बजार सम्भावना रहेको ग्रुपले दखेको छ । दक्षिण अफ्रिकामा चाउचाउ प्लेयर छन् । उत्तरी र पूर्वी अफ्रिकामा अझै प्लेयर छैनन्, बजार पनि ठूलो छ । अफ्रिका प्रवेशका लागि इजिप्ट र केन्यामा रोजाइमा छन् । इजिप्टमा एक्जिस्टिङ कम्पनीसँग सहकार्य गरेर इनअर्गानिक ग्रोथ गर्न खोजिएको छ । केन्यामा प्लान्ट लगाएर पूर्वी अफ्रिकी मुलुकमा वाईवाई पु¥याउने योजना छ । अमेरिकी मुलुकमा वाईवाई पु¥याउन दक्षिण अमेरिकी मुलुकमा प्लान्ट लगाउन खोजिएको छ । मेक्सिको पहिलो रोजाइमा छ । यहाँ प्लान्ट लगाएर उत्तर अमेरिकासम्म वाईवाई निर्यात गर्न सकिन्छ । पेरुमा अर्को प्लान्ट लगाउँदा दक्षिणी अमेरिकी मुलुक समेट्न सकिन्छ । यसका लागि साझेदार खोजी भइरहेको निर्वाणले सुनाए । पोल्यान्ड, रुस, इरान, टर्कीमा पनि काम अगाडि बढिरहेको छ । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...

मानिसलाई जस्तै रोबोटमाथि पनि कर !

केही समयअघि विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बिल गेट्सले मानिसको रोजगारी खाइरहेको रोबोटमाथि पनि...

चुनावभन्दा लुट्नै सजिलो

रामप्रसाद पुडासैनी,फागुन, आफ्ना माग पूरा नभएको भन्दै मधेसी मोर्चामा आबद्ध दलहरु स्थानीय निर्वाचनमा जान...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै