logo
565 x 90 pixel-01.png

प्रतिफल दिने योजनाहरुमा लगानी बढाउनुपर्दछ

नीलकण्ठ गौतम रुरु गाउँपालिका गुल्मीका अध्यक्ष हुन् । कम्युनिस्टको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका गौतम गाउँ कमिटी, क्षेत्र कमिटी, जिल्ला कमिटी अञ्चल, कमिटी हुँदै प्रदेश कमिटी सदस्यको यात्रामा रहेका छन् । प्रतिफल प्राप्त हुने क्षेत्रको विकासमा विशेष जोड दिने गौतम तीनै क्षेत्रका विकासका एजेण्डाहरुकै कारण जननिर्वाचित प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् । बोलाइमा भन्दा गराइमा बढी विश्वास राख्ने अध्यक्ष नीलकण्ठ गौतमसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

रुरु गाउँपालिकामा विकासको अवस्था कस्तो छ ?

विकास भन्ने वित्तिकै समष्टिगत विकास भएकोले पहाडी क्षेत्रका गाउँपालिकाहरुमा विकासको अवस्था कमजोर नै छ । रुरु गाउँपालिका पनि विकासमा अगाडि भएको गाउँपालिका होइन । यहाँ पनि विकास निर्माणका आवश्यकता धेरै भएकोले ती आवश्यकतालाई पूरा गर्नेगरी अगाडि बढ्नु अहिलेको मुख्य आवश्यकता हो । 

शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत अन्यको अवस्था कस्तो छ ? 

प्राविधिक शिक्षा अहिलेको आवश्यकता, व्यावसायिक र रोजगारमूलक शिक्षाको अवस्था कमजोर हुँदा शिक्षा क्षेत्रबाट गर्न सकिने प्रगतिहरु गर्न सकेका छैनौँ । त्यसका लागि हामीले नयाँ योजनाहरु बनाएर कार्यान्वयन गर्दैछौँ । केही ठूलो रोग लागेको अवस्थामा गाउँपालिकाबाट बाहिर जानुको विकल्प नभएकोले स्वास्थ्यको अवस्था पनि कमजोर छ । जनतालाई कसरी स्वास्थ्य सेवा दिने भन्ने योजनाहरु निर्माण गरेर वर्तमानलाई गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा एक जना एमबीबीएस डाक्टरसहितको प्रत्येक दुई महिनामा एक दिन सेवा उपलब्ध गराउने अवस्थामा पुगेका छौँ । जसले गर्दा स्थानीयहरुमा स्वास्थ्य क्षेत्रमा केही राहत पनि मिलेको छ । गाउँपालिकामा उपलब्ध भएका सबै औषधिहरु गाउँपालिकाले उपलब्ध गराउने गरेको छ भने गाउँपालिकासँग नभएका औषधिहरु डाक्टरहरुको सल्लाहमा बिरामी स्वयंलाई खरिद गर्न भन्ने गरेका छौँ । सडकको अवस्था मध्यमस्तरको भए पनि सडक स्तरोन्नति, कालोपत्रे, मर्मत सम्भार, नयाँ सडक स्थापनाजस्ता सडकसम्बन्धी धेरै कामहरु गर्न छन् । डाँडाकाँडामा भएका मुहानहरु सुक्दै जाँदा खानेपानीको लागि केही समस्याहरु छन् । खानेपानीमा देखिएका समस्याहरुलाई न्यूनीकरण गर्न हामीले लिफ्टिङबाट खानेपानीको सेवा उपलब्ध गराउने सम्बन्धमा पनि छलफलहरु गरिरहेका छौँ । 

राज्यको अर्थतन्त्रसँग र जनताको जीवनस्तरसँग जोडिएको कृषिक्षेत्रको अवस्था कस्तो छ र कृषिक्षेत्रको विकासमा के कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ? 

परम्परागत कृषि प्रणालीमा आक्रान्त बनेको गाउँपालिकाको प्रमुख सम्भावना पनि कृषि नै हो । जबसम्म उत्पादनमुखी, व्यावसायिक आधुनिक कृषि प्रणालीमा प्रवेश गर्न सक्दैनौँ तबसम्म हामीहरुले केही गर्न सक्छौँ जस्तो लाग्दैन । त्यसका लागि कृषिमा गुरु योजना बनाएर कृषकहरुलाई कृषि पेसाप्रति आकर्षण गर्ने अनुदान र सहुलियत अनुदानजस्ता योजनाहरुको साथ अगाडि बढेका छौँ । विगतमा कृषि क्षेत्रमा गरिएको लगानी त्यति उपयोगी देखिँदैन । तर, अब गरिने लगानी उपलब्धिपूर्ण र दीर्घकालीन हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । कुन हावा पानीमा कस्तो खेती उपयुक्त हुन्छ र कुन खेती कहिले कहाँ कसरी गर्दा उत्पादन बढ्दछ भन्नेजस्ता कुराहरुको विस्तृत अध्यन गरेर कृषि क्षेत्रको विकासमा आवश्यक कदमहरु चलेका छौँ । 

गाउँपालिकाको हावापानीले कस्तो खेतीपाती उपयुक्त होला ?

यहाँ विशेष गरेर क्षेत्रगत रुपमा पकेट क्षेत्र निर्माण गरेर कृषिक्षेत्रको विकास गर्न सकिन्छ । अमिलो जातका फलफूल, आलु, उखु, लिचीजस्ता खेतीहरुको उत्पादन बढी हुनेहुँदा तीनै खेतीहरुलाई व्यावसायिक तथा आधुनिकीकरण शैलीमा परिवर्तन गरेर अगाडि बढेका छौँ । त्यसैगरी गाईभैंसीपालन, बाख्रापालन, कुखुरापालन क्षेत्रमा पनि सम्भावनाहरु भएकोले किसानहरुलाई अनुदान तथा सहुलियतमा बीउबिजन, यान्त्रिक उपकरणलगायतका सेवाहरु उपलब्ध गराएर कृषि पेसाप्रति आकर्षण बढाउँदै लगेका छौँ । मलाई लाग्छ अबको केही वर्षमा कृषि क्षेत्रमा धेरै परिवर्तन आउँछ । 

खेतीयोग्य जमिनमा बाँझोपनको समस्या कत्तिको छ ?

सरदरमा २० प्रतिशत जति खेतीयोग्य जमिनहरु बाँझो रहेका छन् । ती बाँझिएका खेतबारीहरुमा पुनः उत्पादन सुरु गर्न विस्तृत रुपमा योजनाहरुको साथ सके आफैँ खेती गर्ने नसके लिजमा दिन मिल्नेगरी कानुन निर्माण गरेका छौँ । जसले खेती गर्दैन र लिजमा पनि दिँदैन त्यसका लागि छुट्टै प्रावधान राखेर कर बढी लगाउनेजस्ता कामहरु गर्ने गरी अगाडि बढेका छौँ । सर्वसाधारणहरुमा विस्तारै–विस्तारै जमिन बाँझो राख्न हुँदैन भन्ने ज्ञान भरिँदै गएकोले सायद दुई/तीन वर्षभित्र त्यसको पनि समाधान हुन्छ जस्तो लाग्छ । 

कार्य सम्पादनको पहिलो वर्ष सकिएर दोस्रो वर्षको पहिलो चौमासिक पनि सकिएको छ । यो समयावधिमा के कति कामहरु सम्पन्न भए र हुँदैछन् ? 

गत आर्थिक वर्ष अर्थात् कार्य सम्पादनको पहिलो वर्ष गाउँपालिकाको कुल २३ करोड ४८ लाख बजेटमा ९० प्रतिशत जति बजेट खर्च सफल भयौँ भने चालू आवमा २२ करोड कुल बजेटमा हालसम्म करिब ३०/३५ प्रतिशत बजेट खर्च गरिसकेका छौँ भने बाँकी रहेका केही ठूला योजनाहरुका कामहरु चैत मसान्तसम्म सक्नेगरी कार्यसम्पादन गरेका छौँ । चालू आवमा गत आवमा भन्दा धेरै बजेट खर्च गर्ने लक्ष्य पनि छ । बजेटको आकार बढी देखिए पनि पुँजीगततर्फ भन्दा सशर्ततर्फ बढी बजेट हुँदा सशर्त र सामान्य खर्चलाई कम गर्दै पुँजीगत खर्च बढाउने प्रयास गरेका छौँ । बजेट खर्चका क्षेत्रहरुमा कृषि, पूर्वाधार विकास, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रहरुका साना, मध्यम र ठूला योजनाहरुमा कामहरु गरेका छौँ । 

जम्मा पाँच/सात करोड पुँजीगत खर्चमा कस्तो विकासका कामहरु गर्नुहुन्छ ? 

हो, सानो पुँजीगत बजेटले अपेक्षित कार्य सम्पादनहरु गर्न सकिँदैन । त्यसमा पनि अझै सामान्य खर्च भनेर १५/२० प्रतिशत रकम निकासा गर्नुपर्ने बाध्यताले पुँजीगत बजेटको अवस्थालाई झन कमजोर बनाउँछ । मेरो विचारमा रकमले मात्र विकास हुन्छ जस्तो लाग्दैन । जुन योजनाहरुले प्रतिफल दिन सक्दैन त्यस्ता योजनाहरुमा लगानी गर्नु बालुवामा पानी खन्याउनु सरह हो । अर्को बनाइएका योजनाहरुमा जनताको पनि लगानी हुनुपर्छ । राज्य जनताको हो र जनता राज्यका भएकोले राज्य र जनता मिलेर अगाडि बढ्नुपर्छ । 

जनताले त कर तिरिरहेका छन् । अझै फेरि विकास निर्माणमा पनि लगानी गर्नुपर्ने कुरा कत्तिको न्यायोचित होला ?

करले मात्र हुँदैन । कर सबैले तिरेका छन् । राज्य जनताका हरेक मागहरु पूरा गर्न सक्षम भए जनतासँग माग्नुपर्ने अवस्था हुँदैनथ्यो । र राज्यले सहज ढंगबाट जीवनयापन गर्नेगरी जनतालाई सुविधा सम्पन्न बनाउँथ्यो । त्यसो हुन नसक्दा अब राज्य र जनता मिल्नुको विकल्प देखिँदैन । उदाहरण कुनै किसानले एक लाखको कृषि फर्म खोल्ने योजना बनायो । त्यसमा एक लाख नै अनुदानमा लिनको लागि पहल ग-यो तर उक्त एक लाखको योजनामा उसको लगानी कति त ? उसले पनि लगानी गरेर नसकेको र देखिएका समस्याहरु समाधानमा राज्यलाई गुहार्ने हो । आफूले गर्न सक्ने सबै कामहरुमा आफैँ लगानी गर्नेतर्फ जोड दिनुपर्छ । केही विकसित देशहरुमा जस्तो राज्यसँग आम्दानीका स्रोतहरु बढी नहुँदा शतप्रतिशत मागहरु सम्बोधन गर्न सक्ने अवस्था छैन । यो सबैले बुझ्नुपर्ने कुरा पनि हो । नयाँ शैली, नयाँ विचार र नयाँ जनप्रतिनिधि, कर्मचारी अभावलगायतका समस्याहरुलाई नियाल्दै गर्दा अहिले मुलुक संक्रमणकालमा छ । उक्त संक्रमणकालबाट मुक्तिको लागि जनता, जनप्रतिनिधिलगायत सबैको ऐक्यबद्धता जरुरी छ । 

समृद्ध नेपाल निर्माणमा राज्यले लिएको अवधारणामा प्रत्यक्ष जोडिएका स्थानीय तहहरुको विकास जरुरी देखिन्छ । त्यसमा यहाँले कत्तिको सम्भव र असम्भव देख्नुभएको छ ?

मैले बिल्कुल सम्भव देखेको छु । कहाँ–कहाँ कसरी के गर्नुपर्छ भनेर वातावरण बनाउने राज्यको काम हो । र स्थानीय तहले आधारहरु तयार गर्ने र कार्यान्वयन गर्ने हो । समृद्ध नेपाली खुसी नेपाली बनाउनको लागि यो पाँच वर्ष धेरै पनि छ भनेर भन्न कठिन छ । तर त्यो बाटो क्लियर गरेर प्रशस्तै मार्ग बनाएर जान्छ, त्यसमा कुनै शंका गर्नुपर्ने अवस्था छैन ।  (जनमञ्च साप्ताहिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै