logo
565 x 90 pixel-01.png

योजनाहरुमा कार्यसम्पादनको अवस्था प्रभावकारी हुनुपर्छ

मधुकृष्ण पन्त छत्रकोट गाउँपालिका गुल्मीका अध्यक्ष हुन् । २०३६ सालमा मालेबाट राजनीतिक यात्रा सुरु गरेका पन्त २०३९ सालमा प्रजातान्त्रिक युवा संघको कार्यसमितिको जिम्मेवारीमा रही राजनीतिक यात्रालाई थप सक्रिय बनाएका थिए । दर्जनभन्दा बढी सामाजिक संघ–संस्थाहरुमा कार्यसमिति अध्यक्ष, सदस्य, सल्लाहकारलगायतका भूमिकामा रही जिम्मेवारी सम्हालेका पन्त शिक्षण पेसाबाट राजनीतिमा आएका बौद्धिक व्यक्तित्वमा रुपमा चिनिन्छन् । एकीकृत माओवादी केन्द्र र नेकपा एमाले दुई पार्टी एकीकरणपछि प्रदेश नं. ५ को प्रदेश कमिटी सदस्यको जिम्मेवारी सम्हालेका पन्त मालेबाट एमाले हुँदै एमालेमा विभिन्न तह तप्कामा रही सामाजिक, राजनैतिक हिसाबले पनि कुसल व्यक्तिको रुपमा चिनिन्छन् । विद्यार्थी कालदेखि नै सामाजिक कामहरुमा बढी अग्रसरता देखाउने पन्तको सामाजिक हिसाबले समाजमा गरिएका कामहरुले नै २०४३ सालमा जनपक्षीय प्रधानको रुपमा सामाजिक काम गर्ने अवसर प्राप्त गरेका थिए । सोही अवसरको सही सदुपयोगले गर्दा पन्तलाई पुनः २०४९ सालको निर्वाचनमा तत्कालीन हर्दिनेटा गाविसको गाविस अध्यक्षमा निर्वाचित हुन सफल भएका थिए । २०४९ सालमा निर्वाचित भएपश्चात् कुसल कार्यशैलीले पुनः २०५४ सालको सोही गाविसमा निर्वाचित जनप्रतिनिधि भई कुसल कार्यसम्पादन गरेका पन्त जनप्रिय जनप्रतिनिधि हुन् । विगतमा गरिएका काम र कामले दिएको सकारात्मक कामको कारण गत वर्षको स्थानीय तहको निर्वाचनमा पनि धेरैको रोजाइका पात्र बन्न सफल भएका थिए । स्पष्ट धारणा राख्ने र जनताका कामलाई सर्वोपरि ठान्ने अध्यक्ष पन्तसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

चालू आर्थिक वर्षको पहिलो चौमासिक पनि सकिएको छ । समग्रमा पहिलो चौमासिक कसरी बित्यो ?

पहिलो चौमासिक चालू आवका लागि छुट्याइएका योजनाहरुलाई प्रक्रियामा जाने समय भएकोले गाउँपालिकाले कार्य सम्पादन गर्ने योजनाहरुलाई प्रक्रियामा लगी योजनाहरुमा धमाधम कामहरु भइरहेका छन् । हालसम्म सानातिना छोटो समयमा सम्पन्न हुने योजना र केही समय लाग्ने ठूला योजना सम्पन्न नभए पनि योजनाको कार्यसम्पादनको अवस्थालाई हेर्दा २०/२५ प्रतिशत भन्दा धेरै काम भएका छन् । 

कार्य सम्पादनको पहिलो आर्थिक वर्षमा के कस्ता योजनाहरुको साथ बित्यो ? 

कार्यसम्पादनको पहिलो वर्ष अभ्यासको वर्ष भए पनि हामीले नीतिनियम निर्माणदेखि योजनाहरु छनौट र कार्यान्वयनमा समय खर्च ग-यौँ । टोलटोलमा बाटो, घर–घरमा पानी, शिक्षामा तीव्र विकास, कृषिमा आधुनिकरण, आर्थिक विकासका लागि आधारहरुको खोजी जस्ता कुराहरु बढी प्राथमिकतामा परेकोले तीनै क्षेत्रहरु फोकसको केन्द्र बने । समग्रमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासलगायतका क्षेत्रहरुमा ८१ प्रतिशत पुँजीगत खर्च गर्न सफल भयौँ । मुख्य कुरा गत आवको देशभरिकै गाउँपालिकाहरुमध्येको सर्वोत्कृष्ट काम भनेको ४० घट्नु भएका सर्वसाधारणहरुको स्वास्थ्य जाँच रह्यो । सायद छत्रकोट गाउँपालिका उक्त कुरामा पहिलो गाउँपालिका पनि हो । 

अन्य गाउँपालिका/नगरपालिकाले ९०/९५ प्रतिशत बजेट खर्च गरिरहँदा छत्रकोटले ८१ प्रतिशत मात्र बजेट खर्च ग¥यो । बाँकी १९ प्रतिशत बजेट खर्च गर्न नसक्नुको कारण के हुन सक्छ ?

अरुको टिप्पणी गर्नुभन्दा पनि हामीले के ग-यौँ र के गर्नुपर्छ भन्ने कुरा बढी मान्यताको विषय भएकोले त्यसैमा आधारित हुनु बढी महत्वपूर्ण हुन्छ जस्तो लाग्छ । स्वास्थ्य जाँच अघिल्लो वर्ष सक्ने भनेर कार्यक्रम राखे पनि दुई वर्षे कार्यक्रम बनाउनुप-यो । जसले उक्त कार्यक्रमको बजेट खर्च गर्न सकिएन । त्यस्तै, सवारी साधन खरिद गर्ने योजना बनाए पनि सवारी साधन खरिद नगर्दा उक्त बजेट खर्च हुन सकेन । कर्मचारी अभाव, नीति नियममा बढी व्यस्तता, अभ्यास गर्नुपर्ने अवस्था जस्ता केही कारणहरुले गर्दा १९ प्रतिशत खर्च हुन सकेन । १९ प्रतिशत खर्च भएन भनेर पछुतो मान्नुपर्ने अवस्था पनि छैन । किनकि पूर्ण बजेट खर्च नभए पनि प्रभावकारी कामहरु भएकोले त्यसैमा बढी सन्तुष्ट छौँ । विगतका वर्षहरुको तुलनामा गत एक वर्षकै कार्यमा आकाश जमिनको फरक देखिएकोले काम हुँदैन, विकास हुँदैन भन्ने अन्योलतामा बस्नुपर्ने अवस्था छैन । बजेटअनुसार प्रभावकारी कार्य सम्पादनमा जनप्रतिनिधि अग्रसर देखिएकोले परिवर्तित रुप देखिन्छ । 

चालू आर्थिक वर्षमा कति बजेटमा के–कस्ता योजनाहरु कार्यान्वयन गर्दै हुनुहुन्छ ? 

चालू आर्थिक वर्षका लागि गाउँपालिकाको कुल बजेट ३५ करोड हो । गाउँपालिकाका धेरै वडाहरुमा पानीको समस्या उच्च रहेकोले गत आर्थिक वर्षमा सडकका कामहरु धेरै गरिए पनि चालू आर्थिक वर्षलाई पानीको वर्षको रुपमा पनि लिएका छौँ । साथै, सडक स्तरोन्नति तथा सुधार र मापदण्ड निर्माण, छत्रकोट चक्रपथ निर्माण, नयाँ सडक निर्माण, उत्पादनमा आधारित कृषि अनुदान, खरको छाना विस्थापित गरी जस्ता पाताको छाना राख्ने अभियानलगायत शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका योजनाहरु बढी प्राथमिकताको सूचीमा राखेर कार्य सम्पादन गरेका छौँ । 

गत आवमा १९ प्रतिशत बजेट खर्च गर्न सक्नुभएन । भने चालू आवमा गत आवको भन्दा झण्डै नौ/दश करोड बजेट बढी छ । के चालू आवमा उक्त बजेट खर्च गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?

गत आवभन्दा चालू आवमा धेरै अन्तर आएको छ । गत आवमा विशेष गरेर विधिको शासन पद्धतिले केही अल्झाए पनि चालू आवमा सोही पद्धतिमा कार्यसम्पादनको प्रक्रिया अगाडि बढिसकेकोले हामी शतप्रतिशत बजेट खर्च गर्न सक्नेगरी कार्य सम्पादन गरेका छौँ । कथमकदाचित शतप्रतिशत बजेट खर्च गर्न सकिएन भने ९४ प्रतिशतभन्दा बढी खर्च गर्न सक्नेकुरामा निश्चिन्त रहन सक्ने अवस्था छ । 

९४ प्रतिशत बजेट खर्च गर्न सक्ने आधारहरु के के छन् त ? 

मुख्य कुरा चालू आवमा हामीलाई आवश्यक कर्मचारीको संख्यामा पनि वृद्धि भएको छ भने, गरेर सिक्ने अवस्था पनि छैन । किनकि पहिलो वर्षको कार्यसम्पादनले हामीलाई कहाँ, के, कसरी गर्ने जस्ता कुराहरुमा धेरै विज्ञ बनाएको छ । त्यसैगरी नीतिनियम, कार्यविधि निर्माणको अवस्था पनि मजबुत भएकोले उक्त कार्यमा समय खर्चिनुपर्ने अवस्था छैन । समग्रमा, गत आवमा प्रारम्भिक चरणका धेरै कामहरु भएकोले उक्त चरणमा अल्झिन नपर्ने हुँदा बजेट खर्चको अवस्था सुखमय हुने कुरामा विश्वस्त छौँ । 

समृद्ध गाउँपालिका निर्माणको लागि गाउँपालिकामा के कस्ता सम्भावनाहरु छन् ?

जनताको जीवनस्तर उकास्ने र समृद्ध गाउँपालिका निर्माण गर्ने मुख्य आधार भनेको कृषि नै हो । आय आर्जनका स्रोतहरु जति धेरै भयो उति छिटो विकास हुने भए पनि सम्पन्न गरिएका योजनाहरुमा कार्यसम्पादनको अवस्था प्रभावकारी हुनु उत्तिकै जरुरी छ । गाउँपालिकाको सवालमा शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकासका साथै निर्यातमुखी कृषि प्रणाली समृद्ध गाउँपालिका निर्माणको मुख्य आधार हो । जसका लागि कृषि पकेट क्षेत्र निर्माण गर्ने, किसानहरुलाई कृषि पेसामा बढी भन्दा बढी सहभागिता गराउने, उपादकत्व बढाउने गरी कृषि पेसा अवलम्बन गर्ने, मौसमअनुसार र हावापानीले सुट गर्ने खेतीपाती गर्ने जस्ता विभिन्न योजनाहरुमा कार्यहरु भएका छन् । 

धेरै जसो पहाडी भेगका स्थानीय तहहरुमा खेतीयोग्य जमिनमा बाँझोपनको समस्या बढी छ भन्ने सुनिन्छ, छत्रकोटमा खेतीयोग्य जमिनमा बाँझोपनको समस्या कत्तिको छ ? 

हो, विशेष गरेर लागतको हिसाबले उत्पादनको अवस्था कमजोर हुँदा खेतीयोग्य जमिनमा बाँझोपनको समस्या बढ्दै गएको हो । भएभरको सम्पत्तिमा खेती गर्दा पनि खान नपुगेपछि त्यसको विकल्प खोजिनु स्वाभाविक नै हो । तर अब त्यसरी समृद्ध नेपाल निर्माण गर्न सकिँदैन । त्यसको लागि जहाँ जे खेती गर्दा उपयुक्त हुन्छ र उक्त खेतीमा उत्पादन बढाउन के गर्न सकिन्छ भन्ने कुरामा ध्यान पुग्नु अहिलेको प्रमुख आवश्यकता हो । गाउँपालिकामा पनि त्यस्ता समस्याहरु धेरै छन् । त्यसको लागि हामीले कृषि क्षेत्रका विज्ञहरुसँग छलफल गर्दै कृषकहरुलाई बढी भन्दा बढी कृषि पेसामा आवद्ध गराउन विभिन्न प्रोत्साहनहरुका कार्यक्रमहरुका साथ अगाडि बढेका छौँ । 

अन्त्यमा, संघीयतामा विकास निर्माण कत्तिको चुनौतीपूर्ण देख्नुभएको छ ?

चुनौती त सबै क्षेत्रमा हुन्छन् । तर पनि चुनौतीहरुको सामना गर्न सक्नु नै सबैभन्दा उपलब्धिपूर्ण कुरा हो । लामो समयसम्म जनप्रतिनिधिविहीन हुँदा विकास निर्माण अवश्य पनि पछाडि परेको हो । पछाडि छोडिएको विकासलाई अगाडि ल्याउनु पक्कै पनि सहजचाहिँ छैन । संघीय ढाँचाबाट विकासको एजेण्डालाई समृद्ध नेपाल निर्माणको प्रमुख मार्ग बनाइएकोले त्यसका लागि दीर्घकालीन महत्व राख्ने योजनाहरुमा कार्यसम्पादन गर्नु अहिलेको आवश्यकता र समयको माग हो । विशेष गरेर उत्पादनमूलक क्षेत्रहरुमा गरिएको विकासले राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने भएकोले व्यावसायिक निर्यातमुखी कृषि, उद्योग कलकारखाना, पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रहरुको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने देखिन्छ । हामीकहाँ सम्भावनाहरु धेरै छन् । भएका तिनै सम्भावनाहरुको प्रभावकारी रुपमा दृढ संकल्पका साथ कार्यान्वयनमा ल्याउनु नै चुनौतीलाई छलेर विकासको मूल फुटाउनु हो । (जनमञ्च साप्ताहिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै