logo
565 x 90 pixel-01.png

विकास निर्माणमा एक हुनुको विकल्प छैन

पाल्पा जिल्लामा १० वटा स्थानीय तहहरुमध्येको एक स्थानीय तह हो रैनादेवी छहरा गाउँपालिका साविकका आठ गाविसहरु सिद्धेश्वर, सोमादी, भुवनपोखरी, छहरा, मुजुङ, जुठापौवा, बल्ढेङगढी र सत्यवतीलाई मिलाएर बनाइएको गाउँपालिकाको १७५.८८ वर्ग किमी क्षेत्रफल रहेको छ । २०६८ सालको जनगणनाअनुसार २६ भन्दा बढी जनसंख्या रहेको गाउँपालिकामा हाल रामबहादुर कार्की निर्वाचित जनप्रतिनिधिको रुपमा अध्यक्षको कार्यभार सम्हालेका छन् । शैक्षिक पेसाबाट राजनीतिमा प्रवेश गरेका कार्कीले २०३६ सालको निर्दल–बहुदलको चुनावदेखि नै राजनीतिमा सङ्घर्षरत रहेका थिए । २०४६/४७ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका कार्की २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका थिए । जिल्ला कार्य समिति सदस्य हुँदै नेकाको १२/१३ औं महाधिवेशनमा तत्कालीन पाल्पा क्षेत्र नं. ३ को क्षेत्रीय सभापति बन्न सफल भएका कार्की हाल पार्टीगत हिसाबले पाल्पा क्षेत्र नं. २ को क्षेत्रीय सभापति हुन् । विकासको एजेण्डा बोकेर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका अध्यक्ष रामबहादुर कार्कीसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

रैनादेवी छहरा गाउँपालिकामा विकासको अवस्था कस्तो छ ?

कमजोर छ । कतिपय वडाहरुलाई नेपालको कर्णाली सँग तुलना गर्न सकिन्छ । पाल्पाका स्थानीय तहहरुमध्ये पछाडि परेको स्थानीय तहको रुपमा पनि चिनिन्छ । जनप्रतिनिधि आउँदाभन्द अगाडि कतिपय वडाहरु जोड्ने मोटर बाटोहरु पनि थिएनन् । अहिले सबै वडाहरुसँग मोटरबाटो जोडिएको छ । केही वडाहरुमा बिजुली बत्ती पुग्न नसक्दा त्यसक्षेत्रका जनता अँध्यारोमा बस्नुपर्ने बाध्यता थियो । अहिले त्यो बाध्यताको अन्त्य भएको छ । शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रहरुमा धेरै समस्याहरु भएको हुँदा क्रमशः ती समस्याहरुलाई समाधान गर्दै जनतालाई राहतको अनुभूति दिलाउने गरी कार्य गरेका छौँ । 

कार्य सम्पादनको गत आर्थिक वर्ष कत्तिको सफल रह्यो ? 

एकदमै सफल र राम्रो रह्यो । अभ्यासको वर्ष भए पनि हामी हाम्रा योजनाहरु सफल रुपमा समयमै सम्पन्न गर्न सक्यौँ त्यो एकदमै खुसीको कुरा हो । गत आवमा ९५ प्रतिशत विकास निर्माण बजेट खर्च गर्न सफल भएको हुँदा उक्त आवलाई सफल नै मान्नुपर्छ । किनकि ९५ प्रतिशत बजेट खर्च बिरलै गाउँपालिकाहरुले गरेका छन् । 

सामान्य बजेट खर्च भएनछ, खर्च हुन नसक्नुको कारण के हुन सक्छ ? 

कुनै पनि काम शतप्रतिशत हुन्छ भन्ने छैन र हुँदा पनि हुँदैन । जहाँसम्म बजेट खर्चमा उपभोक्ताले गाउँपालिकाको स्टमेटअनुसार गर्न नसक्नु नै प्रमुख नै हो । उपभोक्ताहरुले काम सकियो भने पनि स्टमेटअनुसारको काम नहुँदा भुक्तानी दिन नसक्दा उक्त रकम नै बजेट खर्चको तगारो हो । 

गत आवमा के–कस्ता योजनाहरुमा काम भए र चालू आवमा के–के योजनाहरुमा काम हुँदैछन् त ? 

पूर्वाधारको विकास, कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार,लगायत धेरै योजनाहरुमा कामहरु भए भने चालू आवमा पनि तिनै क्षेत्रहरुका योजनाहरुका साथ जनताका आवश्यकता अनुसारका क्षेत्रहरुमा प्राथमिकताको आधार बनाएर कार्य गरिरहेका छौँ । 

समृद्ध गाउँपालिका निर्माण गर्न सक्ने आधार अर्थात् सम्भावनाहरु छन् कि छैनन् ?

तराईको भू–भागसँग जोडिएको गाउँपालिका हुनाले घुमाउरो घण्टौं लाग्ने बाटोभन्दा सिधै तराईको रुपन्देही थोरै समयमा पुग्न जसले गर्दा तराईबाट पहाडको चिसो मौसममा रमाउन चाहनेहरुको संख्या पनि वृद्धि हुँदै गएकोले पर्यटकीय विकासको सम्भावना पनि छ । त्यसको लागि पर्यटकीय स्थलहरुको निर्माण गरेर योजनाबद्ध रुपमा अगाडि बढे पर्यटकीय गन्तव्यको साथसाथै व्यापारिक दृष्टिकोणले यो गाउँपालिकालाई धेरै फाइदा पुग्ने देखिन्छ । साविक बल्डेंगढी गाविस पनि पर्यटकीय हिसाबले रमणीय ठाउँ र भारतको गोरखपुर सम्मको भू–भाग देखिने रैनादेवी मन्दिर पनि यही अवस्थित हुनाले पर्यटन क्षेत्रको प्रवर्द्धनात्मक विकासले आम्दानीका स्रोतहरु बढाउन सकिन्छ । चारैतिर हरियाली र रमणीय वातावरणमा अवस्थित गाउँपालिकाबाट हिमशृङ्खलाको मनोरम दृश्यको पनि अवलोकन गर्न सकिन्छ । वर्षेनी करोडौंको सुन्तला उत्पादन वनजंगल, चुनढुङ्गा, नदीजन्य पदार्थबाट पनि गाउँपालिकाका आम्दानीका स्रोतहरु बढाउन सकिनुका साथै जनताको जीवनस्तर पनि माथि उकास्न सकिने पर्याप्त आधारहरु रहेका छन् । 

सुन्तला खेती व्यवस्थित गर्न र अफ सिजनमा उक्त जमिनलाई उपयोग गर्न सक्ने विकल्प बनाउनुभएको छ ?

अवश्य पनि, सुन्तला खेतीको साथै त्यसको अफ सिजनमा आवश्यक अन्य खेती गर्ने योजनामा गाउँपालिका लागिपरेको छ । सुन्तलाको सिजन र बेसिजनमा पनि सुन्तलाको बगैंचाभित्र मकैलगायतका अन्य सिजनेवल परम्परागत खेतीहरु भए पनि व्यावसायिक कृषिमा जोड दिँदै आम्दानीका स्रोतहरु बढाउने बेमौसमी तरकारी लगायतका खेती गर्न सकिने हुँदा त्यको लागि पनि हामी प्रयासरत छौँ । जस अनुरुप टमाटर खेतीको सुरुआत गरेका छौँ । कृषि क्षेत्रको विकासमा हाम्रो योजना भनेको सुन्तला खेतीलाई आधुनिक शैलीमा परिणत गर्दै मौसमअनुकूल व्यावसायिक र उत्पादन मुखीखेती प्रणाली नै प्रमुख हो । 

खेतीयोग्य जमिनको अवस्था कस्तो छ र उक्त जमिनमा बाँझोपनको समस्या छ कि छैन?

खेतीयोग्य जमिनको अवस्था राम्रै भए पनि बाँझोपनको समस्या भयावह नै छ । दिन/प्रतिदिन खेतीयोग्य जमिनहरु बाँझिने क्रम बढ्दो हुँदा त्यसका लागि ठोस कदम चाल्ने प्रयासमा छौँ । सबै वृद्धवृद्धाहरुमात्र हुँदा उहाँहरुको सोचकै कारणले गर्दा धेरै खेतीहरु बाँझिनबाट बचेका छन् । अहिलेको अवस्थामा अनुमानित १०/१५ प्रतिशत भू–भाग बाँझोपनको समस्या छ । 

बाँझो जमिन उपभोगको लागि गाउँपालिकाका त्यस्ता कुनै ठोस योजनाहरु छैनन् ?

धेरै छलफल गररेका छौं र बाँझो जमिनमा कर लगाएर वा जग्गा जमिन कम हुने र नहुने कृषकलाई बाँझिएको खेतीयोग्य जमिनमा खेती गर्न प्रोत्साहन गरेर कसरी हुन्छ योजना बनाउने क्रममा छौँ । खेतीयोग्य जमिन बाँझिनु भनेको श्रम शक्ति नहुनु प्रमुख हो । त्यसैले कम श्रम लाग्ने र मिहिनेत पनि कम हुने सुनकाउलो (तेजपत्ता) लगायतका आम्दानीका स्रोतहरु बढाउने बिरुवा लगाउन कृषकलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु अगाडि सारेका छौं । खेतीयोग्य जमिन बाँझो नराखेर जति सक्दो उत्पादन र उत्पादकत्व बढाउनु भएकोले सोहीअनुसार योजनाहरु बनाएर अगाडि बढ्ने योजनामा छौँ ।

संघीयतामा विकास निर्माण कत्तिको चुनौतीपूर्ण देख्नुभएको छ ? 

चुनौती त सबै काममा हुन्छन् तर सामाजिक परिवर्तन सहित विकास निर्माण अलि बढी हुन्छ । त्यसमा भौगोलिक बनावटको कारणले पहाडी क्षेत्रमा विकास निर्माणका कार्यहरु सम्पादनमा धेरै समस्याहरु उत्पन्न हुन्छन् । चुनौतीहरुसँग लड्दै अगाडि बढ्न सक्नु नै विकास निर्माणका लागि बाटो पहिल्याउनु हो । त्यस्तै रैनादेवी छहरा गाउँपालिकामा पनि धेरै समस्याहरु थिए । २० औं वर्षसम्म जनप्रतिनिधिविहीन हुँदा समयमै विकासले गति लिन नसकेको अवस्था सबैलाई थाहै भएको कुरा हो । दण्डहीनता, छाडापन अधिक मात्रामा देखिएकोले त्यसलाई समाधान गर्दै एउटा सव्य समाजको निर्माण गर्नु पनि चुनौती नै हो । पहिलो वर्ष योजना कार्यान्वयनमा धेरै समस्याहरु देखिए पनि पहिलेको र अहिलेको योजना कार्यान्वयनमा जनताले धेरै अन्तर भएको महसुस भएको छ । जनप्रतिनिधि आउनुभन्दा पहिले बिल भर्पाई भएका कागजी प्रक्रियाका यथार्थलाई चिरफार गर्दै अगाडि बढ्नु अर्को चुनौती हो । काममा कैफियत भेटिए रकम कट्टा गरेर दिने गरेको हुँदा जुन कारणले जनतामा सकारात्मक सन्देशको प्रवाह हुनुका साथै अर्कोतर्फ सही ढंगले कार्यसम्पादन गर्नु भन्ने संस्कार बस्दै गएको महसुस पनि भएको छ । 

स्वास्थ्यको अवस्था कमजोर छ भन्ने कुरा धेरै गाउँपालिकाहरुले गुनासो गर्दछन्, रैनादेवी छहरामा कस्तो छ ?

सबै वडामा स्वास्थ्य चौकीहरु सञ्चालित छन् । तीन वटा वर्थिङ सेण्टर भएकोमा थप एक वटा सञ्चालनमा ल्याउने तयारीमा छौँ । गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स सञ्चालन भएकोमा उक्त एम्बुलेन्सले धान्न सक्ने अवस्था नदेखिएपछि अर्को एम्बुलेन्स थप्ने तयारीमा छौँ । जनताको सेवा र स्वास्थ्यलाई मध्यनजर गर्दै क्षेत्रगत रुपमा ल्याब राख्ने योजना अगाडि सारेका छौँ । खानेपानी चार वर्षभित्र एक घर एक धाराको अवधारणा अगाडि सारेका छौँ । सडकको कुरा गर्नुपर्दा अहिले सबै वडाहरुमा सडकहरु पुगिसकेको अवस्था भए पनि नालीसहितका चौडा सडकहरु निर्माण गरेर यातायात क्षेत्रमा जनतालाई सहज हुनेगरी क्रमिक रुपमा सडक स्तरोन्नतिका कार्यहरु योजनामा छन् । 

गाउँपालिकामा नीतिनियम निर्माणको अवस्था के छ ? 

शिक्षा सहकारीलगायतका केही क्षेत्रहरुको बारेमा हामी विस्तृत छलफलमा छौँ । उपभोक्ता गठन तथा सञ्चालन कार्यविधि, विपद व्यवस्थापन कार्यविधि, निकाससम्बन्धी कार्यविधि, अनुगमन तथा व्यवस्थापन कार्यविधि, घ वर्गको निर्माण व्यावसायी कार्यविधि, अनाथ बालबालिका तथा पुनस्र्थापना कार्यविधि, फोहर मैला व्यवस्थापन कार्यविधि, न्यायिक निरुपणसम्बन्धी कार्यविधि राजपत्रमै प्रकाशित गरेका छौँ भने त्यसबाहेक आवश्यक नीतिनियमहरु बनाउन गाउँपालिकाले विस्तृत रुपमा छलफलहरु गरिरहेको छ । 

यहाँको कार्यकालमा कस्तो गाउँपालिकाको परिकल्पना गर्नुभएको छ ? 

योजनाहरु त जनतालाई सर्वसम्पन्न बनाऊँ भन्नेछ । तर सीमित स्रोत र साधनका बीच त्यो सबै पूर्ण होला जस्तो पनि लाग्दैन । तर पनि आफ्नो पाँच वर्षे कार्यकालमा सु–शासन युक्त र भ्रष्टाचारमुक्त समाज बनाउने मुख्य योजना हो । त्यसका साथै यहाँका जनताहरु आफ्नै पेसामा आत्म निर्भर भई गाउँपालिकाको आय स्तर बढाउने चाहना छ । कृषि क्षेत्रको विकासबाट धेरै विकास गर्न सक्ने आधारहरु भएको हुँदा कृषि क्षेत्रको विकास गरी नयाँ पुस्तालाई पनि कृषि क्षेत्रमा आकर्षित गरी उत्पादन र उत्पादकत्व बढाउने मुख्य योजना सबैभन्दा महत्वपूर्ण पक्ष हो । असम्भव भन्ने केही पनि छैन र असम्भवलाई सम्भव पार्न ऐक्यबद्धताको आवश्यकता भएको हुँदा सोहीअनुसार विकास निर्माणमा कुनै सम्झौता नगरी अगाडि बढ्नु जसले गर्दा समृद्ध रैनादेवी छहरा बनाउन हामीलाई कुनै समस्या पर्ने छैन ।  (आर्थिक दैनिकबाट)

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै